एनआरएनए जापानले काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको शौचालय बनाउन सघाउने

टोकियो, ३० भदौ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार विकासका लागि जापानस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सघाउने भएको छ । नयाँ कार्यसमिति बनेसँगै बसेको संघको पहिलो बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको विकासअन्तर्गत तत्कालका लागि सार्वजनिक शौचालय निर्माणमा सघाउने भएको हो । नवगठित पदाधिकारीको बैठकले विमानस्थलका जीर्ण र अपुग भएका स्थानमा शौचालय बनाउन […]

अष्ट्रेलियाबाट छाप्रोमा गुजारा चलाइरहेका लिम्बुको परिवारलाई सहयोग

तेह्रथुम, ३० भदौ । कमजोर आर्थिक अवस्थाका कारण छाप्रोमा जीवन गुजारा गर्दै आएका तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङका गंगाबहादुर लिम्बूको परिवारलाई अष्टे«लियाबाट सहयोग भएको छ । लिम्बूको बारेमा विभिन्न सञ्चार माध्यमबाट समाचार प्रशारण भएपछि अष्ट्रेलियास्थित किराँत याक्थुङ चुम्लुङ नामक संस्थाले राहत संकलन अभियन चलाएको थियो । कलाकार यासेली योङहाङको सक्रियतामा सो संस्थाले चलाएको अभियानमा संकलित ५० […]

यसरी सास्ती पार्इरहेका छन् कोरियामा रहेका नेपाली कृषि मजदुर

दक्षिण कोरिया । लमजुङका रमेश न्यौपाने (२१) हरेक बिहान छ बजे उठ्छन् । निन्द्रामै नास्ता खान्छन् किनकी साढे ६ बजेसम्म काममा गइसक्नु पर्छ । काममा गएपछि १२ बजे खाना खाने फुर्सद हुन्छ र साँझ ७ बजेसम्म लगातार काम गर्छन् उनी खेन्गिदोस्थित प्लाष्टिकको घरभित्र लगाइएको तरकारीको एक परिकार (सान्छु) कम्पनीमा कार्यरत छन् । न्यौपाने भन्छन्, “नेपालमा […]

एमबिबिएस पढ्न बंगलादेश पुर्याइएका २ सय विद्यार्थी अलपत्र

काठमाडौं, २६ भदाै । एमबिबिएस अध्ययन गर्न बंगलादेश गएका झन्डै दुई सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अलपत्र विद्यार्थीको उद्धारका लागि समन्वय गरिदिन भन्दै बंगलादेशस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखालाई पत्र पठाएको छ । नेपालबाट मेडिकल शिक्षा अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थीहरू बंगलादेश जाने गरेका छन् । […]

सागर आलेका फ्यानले विदेशबाट लेखेकाे एउटा भावुक पत्र जसले सबैलार्इ रुवायाे

प्रिय सागर, तिमी सागर हैनौ महासागर हौ । अब तिमिले नेपाली म्युजिक इन्डस्ट्रीमा यस्तो सुनामी ल्याउनु जस्ले सँसारै हल्लावस् अनि दुनियाँ तिम्रो औंलामा नाचोस् । तिमी नेपाल आइडलको स्टेज छोडेर गए पनि तिमी सदा–सर्बदा मेरो मनको स्टेजमा नाचिरहने छौ,, गाइरहने छौ । हिजो स्टेजबाट तिमी बाहिरिए पछि मैले आफ्नो सेल्फलार्इ कन्ट्रोल गर्न सकिन अनि म […]

एनआरएन बेल्जियमको अध्यक्षमा लोक दाहाल विजयी

बेल्जियम,। गैर आवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन । एनआरएनए बेल्जियमको २०१७–२०१९ दुई बर्षे कार्यकालका लागि सेप्टेम्बर ३ मा निर्वाचन भएको थियो । आफ्नो प्रतिस्पर्धी सन्तोष श्रेष्ठ (सुवास) लाई २ सय ४२ मतले पछि पार्दै दाहाल बिजय भएका हुन । विजय दाहालले ११ सय ८३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी […]

१७ वर्षदेखि साउदी अरबको जेलमा सन्तबहादुर । परिवारमा यस्तो विजाेग

पर्वत, २३ भदौ । पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका छन । उनले भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहेका छन् । स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको […]

नेपालमै रेल पुर्याउने चिनकाे प्रतिबद्धता

काठमाडाै‌, २३ भदाै । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनदेखि नेपालसम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन्। ‘सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्मै पुर्‍याउनेछ,’ चीनको ६ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा प्रधानमन्त्री लीले राखेको धारणा उद्धृत गर्दै सहभागी एक सदस्यले भने, ‘नेपालमा रेल पुर्‍याउने विषयमा राजनीतिक तवरबाट नभई भूगोलको […]

बस बिसौनीको छाना खस्दा ९ जनाको मृत्यु

नयाँ दिल्ली, १८ भदौ । दक्षिण भारतमा बस विसौनीको छाना बिहीबार खस्दा र कम्तीमा नौ जनाको मृत्यु भएको छ भने घटनामा केयौँ अन्य व्यक्ति फसेको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलबाट ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । तामिलनाडुको राजधानी चेन्नइबाट ५१० किलोमिटर दक्षिणपश्चिममा अवस्थित कोइम्वातुर शहरको सोमानुर क्षेत्रको बस टर्मिनलमा रहेको […]

ह्वाइट हाउस छाेड्दा अाेेबामाले ट्रम्पलार्इ छाेडेकाे चर्चित गाेप्य पत्र

काठमाडाैं । बाराक अाेबामा अमेरिकाकाे दुर्इ पटक राष्ट्रपति भए । लगातार दुर्इ कार्यकाल राष्ट्रपति भएका अाेबामाले अाफ्नाे परिपक्व छवि स्थापित गरे । उनी पछि अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प अाएका छन् । ट्रम्पकाे व्यवहारबाट अहिले धेरै अमेरिकी विद्वानहरु डराइरहेका छन कि उनले अमेरिकाकाे कस्ताे छवि बनाउँछन भनेर । उग्र साेचका ट्रम्पका धेरै निर्णयहरु विवादमा अाइसकेका छन् […]