भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र भारतीय निर्माण कम्पनी एआईपिएल आफैंले सम्झौता रद्द गरेका छन् । कम्पनीको तर्फबाट बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै उक्त सडक निर्माणको सम्झौता रद्द गरेको घोषणा गरिएको हो । निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दा पनि तोकिएको समयमा निर्माण सम्पन्न नगरेको […]
ननस्टप विशेष
पत्रकार रोकालाई गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार
काठमाडौं २६ पुस । प्रेस सेन्टर नेपाल, काठमाडौं शाखाले स्थापना गरेको गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार टेक बहादुर रोका (टेनिस) पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल काठमाडौं शाखाको तत्कालिन अध्यक्ष रहेका शर्माको २०७६ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो । उनको नाममा काठमाडौं शाखाले पुरस्कार स्थापना गरी अधिवेशनमा पत्रकारिता क्षेत्रमा सक्रिय […]
रवि लामिछाने धरौटीमा रिहा
कास्की । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार सो धरौटी माग गरेसँगै लामिछाने धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला […]
पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत
पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुरले स्थापना गरेको छुट्टाछुट्टै पत्रकारिता पुरस्कारबाट उनीहरू पुरस्कृत भएका हुन् । बिहीबार पाँचौँ जिल्ला अधिवेशनको अवसर पारेर दाहाललाई ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार- २०८०’ प्रदान गरिएको छ भने पोखरेलले ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार-२०८०’ पाएका छन्। पुरस्कृत हुने दाहाल […]
अखिल क्रान्तिकारीमा नेतृत्वको रोचक भिडन्त
काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेर हद कायम हुने भएपछि अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार बाहिरिएका छन् । यससँगै संगठनमा उपमहासचिवभन्दा माथिल्लो तहमा रहेका कोही पनि उम्मेदवार बन्न नपाउने भएका छन् । अखिल क्रान्तिकारीमा अब उपमहासचिव तह र त्यसभन्दा तल्लो वरीयतामा रहेका विद्यार्थी नेताहरू मात्र अध्यक्ष तथा अन्य […]
एसईईको खुल्यो आवेदन फारम(हेर्नुस् सूचना)
एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना सम्मको समय सीमा दिएर परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार आवेदन फारम खोलेको हो । नियमित विद्यार्थीका साथै बैकल्पिक र खुला विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत परीक्षा आवेदन फारम भर्न एकै समय दिइएको छ । विद्यार्थीहरुले जन्म दर्ता, विद्यालय पोशाकमा हालसालै खिचेको फोटो […]
भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन
भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको निधन भएको हो । इन्डिया मेडिकल इन्स्टिच्युट(एम्स) नयाँ दिल्लीमा उपचारका क्रममा सिंहको निधन भएको भारतीय अनलाइन अमर उजालाले जनाएको छ । सिंह सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री रहेका थिए ।
हेपिएका शिक्षकबाट स्वाभिमानी विद्यार्थी खोज्यौं
******************* -हेपिएका शिक्षकबाट- स्वाभिमानी विद्यार्थी खोज्यौं। -कमजोर शिक्षकबाट- मेधावी विद्यार्थी खोज्यौं। -बिषयगत र कक्षागत शिक्षक बिना- उच्च गुणस्तर खोज्यौं। -आधारभूत सञ्चालन खर्च नपुग्दै- स्मार्ट विद्यालय खोज्यौं। -राष्ट्रिय चुनौती र समस्याको- अन्तर्राष्ट्रिय समाधान खोज्यौं। -चुनौती र स्रोतको प्राथमिकता नतोकि- भकारीमा नाम्लो लगाउन खोज्यौं। -टुप्पा र फेदका दुई प्रधानको- रहर र कहर नबुझि विधायन खोज्यौं। *** -हिजोलाई […]
ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न
काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । कक्षा ९ सम्मका (जुनियर) विद्यार्थीका लागि आयोजित फाइनल खेलमा कीर्तिपुरको मेगस स्कुलले रेडियन्ट पब्लिक स्कुल, नागर्जुनलाई ४२–२९ को अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गर्यो। रेडियन्ट पब्लिक स्कुल दोस्रो स्थानमा सीमित रह्यो। यस तहमा […]
ईप्सन भक्तपुरको अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न
भक्तपुर । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरको आयोजनमा अन्तर विद्यालय फुटसलवप्रतियोगिता मंसिर २० र २१ गते हेल्थ्ली फुटसलमा सम्पन्न भएको छ । ईप्सनमा आवद्ध १० वटा सदस्य विद्यालयहरु बीच माध्यमिक र आधारभूत गरी दुई तहको छात्र फुटसलमा माध्यमिक तह तर्फ प्रथम स्थान ग्लोबल एकेडेमी, द्धितीय स्थान मदरल्याण्ड स्कुल, तृतीय स्थान ईडेन गार्डेन र […]










