ग्याङ फाइटमा खुकुरी र बन्चरो प्रहार हुँदा १ को मृत्यु चार गम्भीर घाइते

विराटनगर, १२ भदौ । माेरङकाे बेलवारीमा ग्याङ फाइटमा खुकुरी र बन्चराे प्रहारबाट एक जनाएकाे मृत्यु भएकाे छ भने चार जना गम्भीर घाइते भएका छन् । बेलबारी नगरपालिका– ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो दुइ समूहबीच अघिल्लाे दिनकाे भनाभनलाइ लिएर एक समूहले खुकुरी र बन्चराे प्रहार गरी अर्काे समूहलाइ क्षतविक्षत बनाएकाे हाे । जिल्ला प्रहरी कार्यालय […]

काठमाडौंमा कोरोना संक्रमणले रेकर्ड ब्रेक गर्यो, थपिए ८८५ संक्रमित

काठमाडौं, १० भदाै । राजधानी उपत्यकामा काेराेना संक्रमणले भयावह रुप लिएकाे छ । बुधवार उपत्यकामा अहिलेसम्मकै धेरै काेराेना संक्रमित थपिएका छन् । देशभर ८८५ संक्रमित थपिएकाेमा उपत्यकामा मात्र ३०१ जना भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित भेटिएका छन् । त्यस्तै बुधबार ललितपुरमा ४७ र भक्तपुरका […]

किनेको २ वर्ष नबित्दै गाडी मर्मतमा ६३ लाख खर्च गर्ने प्रदेशसभाका सबै फाइल अख्तियारको छानविनमा

बुटवल, १० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश ५ को प्रदेशसभामा भएको अनियमितताको अनुसन्धान सुरु गरेको छ । गाडी मर्मतका लागि ६० लाख भन्दा बढी खर्च गरेको भेटिएपछि त्यसका बारेमा आयोगमा उजुरी परेको थियो । आयोगले उजुरी आएपछि त्यसको अनुसन्धान थालेको हो । प्रदेश सभा सचिवालयले गाडी मर्मतमा गरेको ६० लाख रुपैयाँ भन्दा बढी […]

५१ नेपाली सेना र ८ जना टेलिकमका कर्मचारीसहित बाँकेमा भेटिए ७३ नयाँ संक्रमित

नेपालगञ्ज, १० भदाै । बाँकेमा काेराेनाकाे बुधवार ७३ जना काेराेना संक्रमित थपिएका छन् । थप हुनेमा ५१ जना नेपाली सेना र ८ जना नेपाल टेलिकमका कर्मचारी छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार बाँकेकाे काेहाेलपुरमा बढी संक्रमित भेटिएका छन् । कार्यालयका अनुसार काेहाेलपुरमा ५१ जना संक्रमित भेटिएका छन् भने नेपालगञ्जमा २२ जना भेटिएका छन् । […]

राजधानीमा जारी कर्फ्यू एक साता थप लम्ब्याइने

काठमाडौं, ९ भदौ । राजधानीमा जारी कर्फ्यू एक हप्ता थपिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज […]

सुदूरपश्चिमका तीन प्रयोगशालामा परिक्षण गर्दा १२९ जना कोरोना संक्रमित भेटिए

धनगढी, ९ भदाै । पछिल्लाे २४ घन्टामा सुदूरपश्चिममा १२९ जना काेराेना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा १ सय २९ जनामा संक्रमण पुष्टि भएको हो। जसअनुसार कैलालीका ३०, डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८/८ र डडेल्धुराका दुई जना संक्रमित भेटिएका […]

उपत्यकाका सबै स्थानीय तह १५ गतेसम्मका लागि बन्द हुने

काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरु भदौ १५ गतेसम्मका लागि बन्द हुने भएका छन् । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । राजधानीका तीन वटै जिल्लामा कोरोनाको महामारी फैलिँदै गएकाले यसअघि भदौ ९ गतेसम्म बन्द गर्ने निर्णय गरिएको थियो । उपत्यका […]

‘मास मिडिया, वैकल्पिक मिडिया र जनपक्षीय धार’ विषयक वेव अन्तरक्रिया सम्पन्न

काठमाडौँ, ८ भदौ, २०७७ । मास मिडिया, वैकल्पिक मिडिया र जनपक्षीय धार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फ्रिडम फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे)ले आइतबार वेव प्रविधिमा सो कार्यक्रमको सम्पन्न गरेको हो । कार्यक्रममा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल (आहुती) र वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर प्रमुख वक्ताको रुपमा रहेका थिए । वेव अन्तरक्रिया कार्यक्रममा देश […]

बाढी पहिरोमा परी मृत्यु हुनेका परिवारलाइ प्रतिपरिवार २ लाख राहत दिइने

काठमाडौं, ५ भदौ । बाढी पहिरोमा मृत्यु हुनेका परिवारले २ लाख रुपैंया राहत पाउने भएका छन् । सरकारले मृतकका परिवारलाइ राहत  प्रदान गर्ने निर्णय गरेको हाे। बिहीबार बसेको मन्त्रीपरिषद्को निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले धनजनको क्षति भई खानबस्न समेत समस्या रहेका परिवारलाई त्यसका लागि २० हजार रुपैंयाको दरले […]

राजनीतिक संवादमा विद्रोही नेपाल कम्युनिस्ट पार्टी

पाल्पा । पाल्पाका राजनीतिक दलहरुले विद्रोही नेपाल कम्युनिस्ट पार्टीसँग छलफल गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र जिल्लाका अन्य राजनीतिक दलको सहभागितामा उक्त छलफल भएको हो । शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि समेत प्रतिबन्ध लगाइएको विद्रोही नेकपासँग नेपाली कांग्रेस पाल्पा, राष्टिय जनमोर्चा पाल्पा र राष्टिय प्रजातन्त्र पार्टी पाल्पाका नेताहरुले जिल्लाका राजनीतिक समस्या र […]