काठमाडौं, २० असाेज । राजधानीकाे एक गाेप्य जुवा अखडामा प्रहरीले छापा मारे लगत्तै जुवा खेलिरहेका २ जना व्यक्तिकाे ४ तला माथिबाट हामफालेर भाग्न खाेज्दा मृत्यु भएकाे छ । काठमाडाैंकाे मुलपानी स्थित एक ‘भीआईपी जुवा अखडमा शुक्रबार राति प्रहरीले छापा मारेको र साे क्रममा दुर्इ जना व्यक्ति ४ तलामाथिबाटै हामफालेकाे र उनीहरुकाे उपचारकाे क्रममा मृत्यु भएकाे […]
ननस्टप विशेष
जनकपुर अाइपुग्याे भारतीय रेल
जनकपुरधाम, १९ असाेज । रेल ब्रोडगेज रेलमार्गबाट बिहीबार जनकपुरसम्म आइपुगेको छ। भारतीय राजदूत मञ्जीवसिंह पुरीले जनकपुरबाट कनकपट्टीसम्म १० किलोमिटर रेल यात्रा गरे। राजदूत पुरीले रेलको चालक कक्षमा बसेर भारतीय विदेश मन्त्रालयका अधिकारीसँगै रेलमार्ग निरीक्षण गरेका थिए। भारत सरकारको आर्थिक सहयोगमा रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा राजदूत पुरीले निरीक्षण गरेका हुन्। रेलमार्ग तयार भइसके पनि […]
डिल्ली रावतको नेतृत्वमा क्रान्तिकारी पत्रकार संगठनले बुझायो सञ्चारमन्त्रीलार्इ ९ बुँदे मागपत्र
काठमाडाैं, १६ असोज । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मिडिया क्षेत्रका समस्या समाधान गर्न दवाव नपुगेकाे बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालका प्रतिनिधिहरुसँग कुराकानी गर्दै मन्त्री बास्काेटाले दवाव विना काम नहुने स्थिति बनेकाे भन्दै पत्रकारहरुले नै अाफ्ना समस्याका बारेमा बाेल्नुपर्ने बताए । उनले पत्रकारहरु विकेन्द्रित रुपमा कुरामात्र गर्नु भन्दा सबै क्षेत्रबाट दवाव […]
क्रान्तिकारी पत्रकार संगठनमा डिल्ली रावत अध्यक्ष, स्थापित मिडियाका सम्पादक तथा सक्रिय पत्रकारहरु कमिटिमा
काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन, नेपालको केन्द्रीय अध्यक्षमा डिल्लीराज रावत निर्वाचत भएका छन् । बिहीबार काठमाडौमा बसेको केन्द्रीय समितिको बैठकले रावतलाई अध्यक्षमा निर्वाचित गरेको हो । बैठकले अन्य पदाधिकारीहरु पनि निर्वाचित गरेको छ । बैठकबाट निर्वाचित भएका सबै पत्रकारहरु सक्रिय पत्रकारहरु छन । साथै प्राय सबै जना नेपाल पत्रकार महासंघका विभिन्न संरचनामा काम गरिसकेका पत्रकार […]
भारतीय नागरिकलाई मार्ने हेलिकोप्टरलाई यसरी झुन्डयाएर सजाय दिइयो
हुम्ला, ९ असोज । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट पुर्याइएको छ। मनाङको ‘९ एन-एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो। २९ साउनमा हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको […]
मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय, सरकारले गठन गरेको थिङ्क ट्याकं समूहमा को को परे
काठमाडौँ, ६ असोज । सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो । ऊर्जा तथा यातायात क्षेत्रको आयोजना कार्यान्वयनका लागि अमेरिका सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत नेपाल सरकारलाई ५० अर्ब सहयोग उपलब्ध गराएको छ । बैठकले काठमाडौँको लप्सेफेदीदेखि धादिङको […]
भुकम्पमा परेर मृत्यु भएको भनि काजकिरिया समेत गरिसकेका व्यक्ति पोखरामा जिवितै भेटिए
पाेखरा, ५ असाेज । २०७२ सालकाे महाभूकम्पमा परेर मृत्यु भएकाे खबरपछि काजकिरिया समेत गरिसकेका व्यक्ति जीवीतै फेला परेका छन् । सुन्दा पनि अनाैठाे लाग्ने याे खबर अछामकाे हाे । अछामका जीवन बुढा २०७२ सालमा भुकम्प गएका बेला काठमाडाैंमा थिए र उनी काठमाडाैंमै भुकम्पमा परेर मृत्यु भएकाे खबर अछाम पुगेकाे थियाे । उनका अाफन्तले त्याे खबरपछि […]
पोखरामा डुंगा दुर्घटना हुँदा पाँच जना वेपत्ता चारको जिवितै उद्धार
काठमाडाैं, २३ भदाै । बेगनास तालमा डुंगा दुर्घटनामा परेकाे छ । दुर्घटनामा परी डुङ्गामा सवार पाँच जना व्यक्ति वेपत्ता भएका छन् । पोखरा लेखनाथ नगरपालिकामा रहेकाे बेगनास तालमा पल्टिएकाे डुङ्गामा दुई महिला र तीन बालबालिका रहेकाे थाहा हुन अाएकाे छ । डुंगामा ९ जना सवार रहेकाे तर दुई महिला र दुई पुरुषको उद्धार गरिएको बताइएकाे […]
बिमस्टेक शिखर सम्मेलन सम्पन्न, १८ बुँदे घोषणापत्र जारी
काठमाडाैं, १६ भदाै । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको सम्मेलन सम्पन्न भएसँगै नेपालले अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ। बिमस्टेकको अध्यक्षता नेपालले २०१४ देखि गर्दै आएको थियो । सम्मेलन समापन गर्दै प्रधानमन्त्री केपी ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका […]
विमस्टेकको चौथो शिखर सम्मेलन आजबाट सुरु
काठमाडौँ, १४ भदाै । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन अाजबाट सुरु हुने भएकाे छ । सम्मेलनका लागि प्रायः सबै देशका प्रमुख तथा प्रतिनिधि नेपाल आइपुगेका छन् । विदेश सचिव स्तरीय बैठकपछि विदेशमन्त्री स्तरीय बैठकले शिखर सम्मेलनमा प्रस्तुत गरिने सहमतिका विषयवस्तु तथा एजेण्डाहरु तयार गरिसकेकाे बताइएकाे छ । […]











