काठमाडौं । मानव अधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ । केही दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका वरिष्ठ वामपन्थी नेता तथा नागरिक समाजकाे अान्दाेलनमा शिखर पुरुषकाे स्थान बनाएका तुलाधरको आइतबार दिउँसो निधन भएको हो । अन्नपूर्ण न्यूरो अस्पतालबाट तुलाधरलाई नर्भिकमा रिफर गरिएको थियो । तुलाधरलार्इ मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो । ७८ वर्षीय तुलाधरको पौने […]
ननस्टप विशेष
अमेरिकामा नोभेम्बरमा मध्यावधि चुनाव हुँदै, ट्रम्पलार्इ बहुमत जोगाउन धौ धौ
काठमाडौँ । अमेरिकामा यही नोभेम्बर ६ मा मध्यावधि चुनाव हुँदैछ । प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति चुनाव हुन लागेको हो । हाल दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ । त्यही बहुमतमा जोगाउन कसरतमा छ, ट्रम्पको रिपब्लिकन पार्टी । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र चुनावी मत सर्वेक्षणमा रिपब्लिकन पार्टीले फेरि दुवै सदनमा बहुमत ल्याउन सक्ने […]
किन हटाइए केशव स्थापित प्रदेश मन्त्रीबाट ? यस्तो छ संवैधानिक व्यवस्था
काठमाडौँ, १६ कार्तिक । राजनीतिमा पद र शक्ति कति राेचक र घृणित हुन्छन भन्ने कुरा बेलाबेलामा देखिने घटनाक्रमबाट मानिसहरु अनुभूत गर्छन । प्रदेश ३ का भाैतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितकाे बर्खास्ती पनि त्यस्तै हुन पुगेकाे छ । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापित पदबाट हटाइएपछि उनी फेरि चर्चामा […]
प्रहरीका ठूला हाकिमको विभिन्न खानीमा गोप्य लगानी
काभ्रे, १७ कार्तिक । प्रहरी नियमावली २०७१ को धारा ९६ अनुसार प्रहरी अधिकारीले कुनै पनि व्यापार व्यवसायमा लगानी गर्न वा कम्पनी खडा गर्न पाउँदैनन् । यस्तै, परिच्छेद ८ ले पनि कुनै नाफामूलक संस्थामा बस्ने वा नाफा हुने व्यापार व्यवसायमा लगानी गर्न नपाइने स्पष्ट उल्लेख गरेको छ । यसका बाबजुद धेरै उच्च प्रहरी अधिकारीले आफ्नै वा […]
अहिलेसम्मकै लामो गोही नेपालमा भेटियो, मूर्तीखोलामा भेटिएको गोही हेर्नेको घुइचो
उदयपुर । उदयपुरमा माछा मार्ने क्रममा गोही भेटिएको छ। मंगलबार बेलका नगरपालिका ३ स्थित मूर्ति खोलामा गोही भेटिएको हो। स्थानीयहरुले माछा मार्ने क्रममा ५ फिट ३ इन्च लम्बाई र दुई फिटको गोही भेटिएको हो। स्थानीयहरुले माछा मार्ने क्रममा गोही भेटिएपछि इलाका प्रहरी कार्यालयलाई उनीहरुले जानकारी दिएको हो। इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नविन सिंहले […]
कोटेश्वरको ट्राफिक जाम हटाउन यसरी बनाइदैछ वैकल्पिक मार्ग
काठमाडौँ । कोटेश्वर जडीबुटी क्षेत्रमा सवारीको चापका सास्ती भोगिरहेका उपत्यकावासीलाई राहत दिने गरी निर्माण गरिएको हनुमन्ते करिडोर सडक कालोपत्रे गरिएको छ । पहिलो चरणमा जडीबुटीको पुलदेखि आँखा अस्पताल हुँदै हनुमन्ते करिडोरसम्मको सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । त्यस्तै दोस्रो चरणमा हनुमन्ते तथा मनोहरा नदीको दोभानदेखि बालकुमारीसम्मको सडक निर्माण कार्य पनि अघि बढाइएको छ […]
अायाेगले अन्याय गरेकाे भन्दै सत्तारुढ दलकाे दादागिरी विरुद्ध ऋषि कट्टेल सर्वाेच्चमा जाने
काठमाडौ, ९ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सरकारकाे दादागिरीका विरुद्ध अदालतमा न्याय माग्न जाने बताएका छन । अाफ्नाे पार्टीसँग मिल्दाे जुल्दाे नाम जबरजस्त राखेर निर्वाचन अायाेगमा सरकारी पार्टीले दल दर्ता गरेपछि त्यसका विरुद्ध कट्टेल लामाे समयदेखि विराेध गर्दै अाएका थिए । उनले अायाेगमा उजुरी पनि हालेका थिए । तर, निर्वाचन अायाेगले सरकारी […]
गुण्डागर्दीमा सांसद सिंह ! क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनेर मरणासन्न हुनेगरी कुटपिट
जाजरकोट, २८ असोज । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको एक क्याम्पसका प्रमुखमाथि प्रदेश सभाका सांसदकै मिलेमतोमा हातपात भएको छ । जनताको मत लिएर निर्वाचित भएका सांसद यसरी आफ्ना नातागोता, आफन्त तथा आफू पक्षका मान्छेहरुलाई जागिर लगाउने, उनीहरुको व्यवसायमा सहयोग पुर्याउन अनेक हतकन्डा अपनाउने र त्यो पूरा नहुँदा नागरिकमाथि हातपातसम्मै उत्रन थालेपछि त्यस क्षेत्रमा उनको आलोचना भएको […]
पहिलो पटक राजनीतिक हस्तक्षेपबारे प्रधानसेनापतिले बोले यस्तो, के सेना सक्रिय हुन लागेको हो ?
काठमाडौं, २६ असाेज । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना माथिको हस्तक्षेप कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । लोकतान्त्रिकरणको नाममा नेपाली सेनामाथि ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजिएको भन्दै उनले त्यो स्वीकार्य नहुने बताएका हुन्। प्रधानसेनापति भएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर बिहीबार थापाले भने, ‘लोकतान्त्रिकरणको नाममा सेनामाथि हुने कुनै पनि प्रकारका माइक्रो म्यानेजमेन्ट स्वीकार्य हुँदैन ।’ थापाले […]
निर्मला हत्यामा प्रहरीतिरै सोझिएको छानविन प्रतिवेदन सार्वजनिक, एसपी बिष्ट किन थिए सुरुदेखि उदास ?
काठमाडौं, २१ असाेज । निर्मला पन्तकाे बलात्कारपछि गरिएकाे हत्या प्रकरण अनुसन्धान गर्न गठित छानविन समितिकाे प्रतिवेदन सार्वजनिक भएकाे छ । गृह मन्त्रालयले पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रतिवेदन आइतबार वेवसाइटमार्फत् सार्वजनिक गरेको हो। अाइतबार सार्वजनिक गरिएकाे प्रतिवेदनमा प्रहरीले चरम लापरबाही गरेको निष्कर्ष निकालिएकाे छ। निर्मलाका हत्यारा नभेटिनुमा प्रहरीले चरम लापरबाही गरेको निष्कर्ष प्रतिवेदनले एसपी डिल्लीराज बिष्टसहित […]











