पहाडी जिल्ला बझाङमा क्षेत्रीय भलिबल प्रतियोगिता हुने

काठमाडौँ, २ असाेज । सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा भलिवल खेलकाे बृहत प्रतियाेगिता हुने भएकाे छ । जिल्लाका समाजसेवी तथा शिक्षिक स्व. आनन्द ब. सिंह, हर्क ब. कुँवर, नरेन्द्र ब. सिंहको सम्झनामा ANH स्मृति क्लबले महान चाड वडा दसैँ तथा तिहारको अवसर पारेर खुल्ला भलिबल प्रतियोगिता अायाेजना गरेकाे हाे । याे प्रतियाेगिता जिल्लाको बुलुङ नगरपालिका- ४ […]

नेपाली क्रिकेटमा अर्को सफलता । हङकङलार्इ ५ विकेटले पराजित गर्दै नेपाल बन्यो च्याम्पियन

काठमाडाैं, १ असाेज । नेपाली क्रिकेटमा अर्काे सफलता हात परेकाे छ । नेपाली अन्डर १९ टाेलीले बलियाे मानिएकाे हङकङलार्इ पाँच विकेटले पराजित गरेकाे छ । यससँगै नेपाल एसिसी यु–१९ पूर्वी क्षेत्र छनोट अन्तर्गत च्याम्पियन बनेको छ। हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर भेटायो। तेस्रो ओभरको पहिलो बलमै आसिफ सेखलाई करनदीप […]

झापा ११ ए डिभिजनमा परेपछि पूर्वमा छुट्टै उत्साह

बिर्तामोड, १ असोज । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले झापा ११ लाई ए डिभिजन क्लबको मान्यता दिएसँगै झापाली खेलप्रेमी उत्साहित बनेका छन् । राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको झापा ११ले पाएको यो सफलतापछि सरोकार राख्नेहरुबीच भेटघाट र टेलिफोनमार्फत बधाई तथा शुभकामना समेत साटासाट भइरहेको छ । झापा ११लाई अगुवाई गरिरहेकाहरु […]

ओपनर सन्दिप र आसिफ चम्केपछि मलेसियामाथि नेपालकाे फराकिलो जीत

काठमाडाैं । नेपालले मलेसियामाथि फराकिलाे जित निकालेकाे छ । यससँगै नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाली ओपनरद्वय सन्दिप सुनार र आसिफ सेख चम्केपछि फराकिलो जीत निकाल्न सफल भएकाे हाे । नेपालकाे जितमा ओपनरद्वय सन्दिप र आसिफले १ सय २५ रनको साझेदारी गरेका थिए । जसबाट नेपालले १० […]

यू–१८ फुटबल टोलीको बिदाइ

काठमाडौँ, ३० भदौ । साफ यू–१८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन भुटान जान लागेको नेपाली यू–१८ फुटबल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बिदाइ गरेको छ । यू–१८ फुटबल टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ललितपुरको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्पलेक्समा नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरे । टोली शनिबार दिउँसो भुटानतर्फ प्रस्थान गर्दैछ […]

पोखरालाई खेलकुदको शहरका रूपमा विकास गरिने

पोखरा, ३० भदौ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरका रूपमा विकास गर्न मन्त्रालयले बजेट विनियोजन गर्न लागेको बताएका छन् । सहारा क्लब पोखराको १९औँं वार्षिकोत्सव तथा १०औँं अधिवेशनको उद्घाटन गर्दै उनले खेलकुद शहर बनेपछि पोखरा दक्षिण एशियामै खेलकुद हबका रूपमा विकास हुने विश्वास व्यक्त गरे । सचिव दाहालले निजी क्षेत्रसँग […]

भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ, २८ भदौ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाउँदै ५० रन मात्र बनायो । एकाउन्न रनको विजयी लक्ष्य नेपालले ८.३ ओभरमा प्राप्त ग¥यो । नेपालका लागि आसिफ शेखले […]

फुटबलका किरण र व्याडमिन्टनकी नङसल वर्षका उत्कृष्ट खेलाडी

काठमाडाैं, २६ भदौ । राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरणकुमार लिम्बु वर्षको उत्कृष्ट पुरुष तथा व्याडमिन्टनकी नङसलदेवी तामाङ वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएका छन् । मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन गोलरक्षक लिम्बूको भूमिका महत्वपूर्ण थियो । त्यतिबेला उनले सेमिफाइनलमा दुईवटा पेनाल्टी जोगाएका थिए भने फिलिपिन्समा भएको एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँगको खेलमा उनले […]

नेपालद्वारा थाइल्याण्ड २५५ रनले पराजित

काठमाडौँ, २६ भदौ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो । टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनायो । नेपालका […]

भारोत्तोलन एकेडमी निर्माणको काम दु्रत गतिमा हुँदै

नेपालगञ्ज, २६ भदौ । सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको ‘वेटलिफ्टिङ फिटनेस एकेडमी सेन्टर’ भवनको निर्माण कार्य दु्रत गतिमा भइरहेको छ । नेपालगञ्जमा एक वर्षपछि आयोजना हुने आठाँै राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत दृष्टिगत गरी सो सेन्टर भवनको निर्माणलाई तीव्रता दिइएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीमबहादुर ओलीले […]