एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलको पहिलो हाफमा लिग लिडर बार्सिलोनाका लिओनल मेस्सीले भेलेन्सिया विरुद्ध पहिलो हाफमा गरेको प्रहारले स्पष्ट रुपमा गोललाइन पार गर्यो तर पनि गोल दिइएन्। मेस्सीले प्रहार गरेको गोलले लाइन पार गरेपछि भ्यालेन्सियाका गोलरक्षकले बल समातेका थिए। तर, डी बक्स बाहिर रहेका रेफ्रीले उक्त कुराको चाल पाएनन् […]
खेलकुद
नेमारकाे गाेलले पीएसजीकाे अर्काे जित
नेमार र एडिशन काभानीले गोल गरेपछि फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले आइतबार राति भएको खेलमा मोनाकोलाई २–१ ले पराजित गरेको छ। अवे मैदानमा भएको खेलको १९ औं मिनेटमा काभानीले पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। यो सिजनमा उनको यो २३ औं गोल हो। त्यस्तै, ५२ औं मिनेटमा पाएको पेनाल्टीबाट नेमारले पिएसजीका लागि थप गोल […]
युरोपियन गोल्डेन बुट चाैथाेपटक पनि मेसीले नै जिते
काठमाडौं । लियाेनल मेसीले अर्काे महत्वपूर्ण सफलता हात पारेका छन् । स्पेनिश फुटबल क्लब बार्सिलाेनाबाट व्यवसायिक फुटबल खेल्दै अाएका अर्जेन्टिनी स्टार मेसीले युराेपियन गोल्डेन (सू अवार्ड) प्राप्त गरेका छन् । २०१६/१७ काे सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै सबैभन्दा बढी गाेल गरेका मेसीलाई शुक्रबार गोल्डेन बुट अवार्ड दिइएको हो । मेसीले यस सिजन ३७ गोल गरेका गरेका […]
आइसिसी महिला टी–२० विश्वकपमा मलेसियालार्इ पराजित गर्दै नेपालकाे पहिलाे जित
काठमाडाैं, ८ मंसिर । नेदरल्याण्डमा आगामी जुनमा हुने ग्लोबल क्वालिफयर्सका लागि भएकाे छनाैट खेलमा नेपालले पहिलाे जित हासिल गरेकाे छ । नेपालले मलेसियालार्इ पराजित गर्दै महिला टी–ट्वान्टी विश्वकपमा चाैथाे स्थानमा उभिन सफल भएकाे छ । आइसिसी महिला टी–टन्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ। मलेसियालाई नेपालले ३३ रनले पराजित गरेकाे हाे । […]
सताक्षी गोल्डकपमा मनाङ मर्स्याङ्दीद्वारा रुपन्देही-११ पराजित
काठमाडाैं । रुपन्देही–११ दोस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम एक मिनेट सम्हालिन नसक्दा रुपन्देही-११ प्रतियाेगिताबाट बाहिरिनु परेकाे हाे । मनाङ मस्र्याङ्दीले रुपन्देहीलाई टाइब्रेकरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा रुपन्देहीले खेलको ६ मिनेटमै अग्रता लिएको थियो । तर, खेल सकिन ६ मिनेटअघि मनाङले बराबरी गोल फर्कायो । टाइब्रेकरमा रुपन्देहीका रजिन धिमालको […]
आइसिसी टी–२० विश्वकपमा वर्षाका कारण नेपाल अङ्क बाँड्न बाध्य
काठमाडाैं । आइसिसी टी–२० महिला विश्वकपअन्तर्गत एसियन छनोटमा सोमबार खेल वर्षा बाधक बनेपछि नेपाल थाइल्यान्डसँग अंक बाँडेको छ । बैंककस्थित टेडथाई क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनायो । प्रत्युत्तरमा नेपालले ३.४ ओभरमा १० रन जोड्दा वर्षा भएपछि खेल बराबरीमा टुंगियो । लगातार दुईघन्टा वर्षा […]
अफगानिस्तान यू–१९ एसिया कपको च्याम्पियन
काठमाडाैं । अफगानिस्तान यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । मलेसियाको किन्रारा ओभल मैदानमा आइतबार अफगानिस्तानले पाकिस्तानमाथि १ सय ८५ रनको फराकिलो अन्तरले जित निकाल्दै उपाधि जितेको हो । अफगानिस्तान पहिलोपटक फाइनलमा प्रवेश गरेको थियो । यसअघि तीनै संस्करणमा अफगानिस्तान सेमिफाइनलमा पुगेको थियो । २ सय ४९ रनको लक्ष्य पछ्याएको पाकिस्तान ६३ […]
कंकेश्वरी एकायन कराते सम्पन्न
मंसिर ४ ,काठमाडौँ / नेपाल एकायन कराते संघ कंकेश्वरी शाखाको आयोजनामा तेस्रो कंकेश्वरी खुल्ला अन्तर विद्यालय एकायन कराते प्रतियोेगिता मंसीर २ गते सम्पन्न भयो । विशेष अतिथि पुर्व सभासद प्रभा देवी बज्राचार्यले पानसमा बत्ती वाली उद््घाटन गर्न भएको थियो भने कार्यक्रमको समापनमा विजयी खेलाडीहरुलाई नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोल, सल्लाहकार आनन्द बहादुर […]
बार्सिलोना र रियल मड्रिडलाई भ्यालेन्सियाकाे कडा चुनौती
एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै भ्यालेन्सियाले बार्सिलोना र रियल मड्रिडलाई चुनौती थपेको छ। जितसँगै दोस्रो स्थानको भ्यालेन्सियाको १२ खेलबाट ३० अंक भएको छ। शीर्षस्थानको बार्सिलोना उ भन्दा ४ स्थान मात्रै माथि छ भने रियल मड्रिड भ्यालेन्सिया भन्दा ६ अंकले पछि परेको छ। लगातार आठौं जित निकाल्ने क्रममा […]
एशियाकपकाे सेमिफाइनलमा नेपाल छनाैट हुँदा भारत बाहिरियाे
काठमाडाैं । मलेसियामा जारी यू-१९ एसियाकपमा भर्खरै सम्पन्न खेलमा बंगलादेशले भारतलार्इ पराजित गरेसँगै नेपाल प्रतियोगिताकाे सेमिफाइनलमा प्रबेश गरेको छ। समूह ए बाट बंगलादेश र नेपाल सेमिफाइनलमा प्रवेश गरेका हुन् भने भारत तेस्रो स्थानमा रहँदै समूह चरणबाटै बाहिरिएको छ। बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेसँगै नेपाल समूह ‘ए’ को उपविजेता बन्दै नेपाल पहिलोपटक सेमिफाइनलमा प्रबेश गरेको […]