ब्यबसायिक बक्सिङ्ग प्रतियोगितामा नेपाल बिजयी ( फोटो फिचर सहित )

 

  जेष्ठ २७ ,काठमाडौँ / ” चम्प अफ द च्याम्पियन ” एक दिने ब्याबसायिक बक्सिङ्ग प्रतियोगिता नेपालले जीत हासिल गरेको छ । प्रतियोगितामा मुख्य आकर्षण नेपालको तर्फ बाट मनोहर बस्नेत ( म्याक्स ) भारतको तर्फबाट अर्शदिप भुल्लार बीचको रहेको थियो ।
ललितपुरको त्रिभुवन आर्मी अफिशर्स क्लवमा शनिबार भएको पहिलो प्रतियोगितामा लाइट वेट ६१ केजी समुहमा काठमाडौँ बात शनिल शाही र चितवन का आकाश सुबेदी बीच प्रतिषपर्धामा शाहीले नकआउटमा बिजयी हासिल गरेका थियो । दोश्रो त्रिभुवन आर्मी क्लवका नरेश देवान र अर्घाखाचीमा यादव थापा बीच भएको प्रतिष्पर्धामा आर्मीका देवानले जीत हासिल गरेका थिए । तेश्रो ६६ के जी समुहमा त्रिभुवन आर्मी क्लवबात सुरेश नेपाली कास्कीबाट सबिन गुरुङ बीच भएको प्रतिस्पर्धामा आर्मीका नेपालीले जीत हासिल गरेका थिए । चौथो त्रिभुवन आर्मी क्लवबात दान बहादुर दर्लामी र ललितपुरको अनुज भण्डारी बीच भएको प्रतिस्पर्धामा आर्मीका दर्लामीले जितहासिल गरेका थिए । अन्तिम पाचौ ७९ के जी समूह लाइट हेभी वेटमा नेपालको तर्फ बाट मनोहर बस्नेत ( म्याक्स ) भारतको तर्फबाट अर्शदिप भुल्लार बीच भएको प्रतिष्पर्धामा नेपालका बस्नेतले जीत हासिल गरेका थिए ।

प्रतियोगितामा प्रमुख अतिथि प्रतिनिधिसभा सदश्य पम्फा भुषाल र अतिथिमा प्रदेशसभा राजकाजी महर्जन लगाएत रहनु भएको थियो । यस किसिमका ब्याबसायिक खेल प्रतियोगिता स्वागत योग्य रहेको र अझै गुणस्तरीय बनाउदै अन्तरराष्ट्रिय क्षेत्र सम्म लान सके देशको नाम उच्च रहनसक्ने प्रतिनिधिसभा सदश्य भुषालले बताउनु भयो ।
वल्ड बक्सिङ्ग काउन्सिल र नेपाल प्रफेसनल कमिसनको सहआयोजनामा म्याक्स बक्सिङ्ग प्रमोसनको आयोजनामा सो प्रतियोगिता भएको थियो । आयोजक सस्थाका अध्यक्ष मनोहर बस्नेतले , पहिलो पटक भएको यस किसिमको ब्याबसायिक बक्सिङ्ग खेल प्रतियोगिताले खेलाडी प्रति हौसला र नेपाली खेलाडीहरुलाई अन्तर्राष्टिय क्षेत्रमा समेत ब्याबसायिक रुपमा पर्तिस्थापित गर्नसकिने बताउनू भयो । 

Loading...