फुटवलकाे भाइरल ज्वरोले सताउँदैछ । बजार गन्जीमय भएका छन् । सामाजिक संजालमा फुटुसेसन छाएको छ । मझ्यौला र तारे होटललाई महादशैं नै लागिसक्यो । ब्रान्डेड टीभी र मिडिया हौंसेका छन् । मदिरा रुस–टुर विज्ञापित मात्रै हैन् टेबुल दवाव दिइरहेको छ । बजारको उर्दी छ–यो फुटवल मौषम हो, यसवेला अन्य बातमार्नु मुर्खता हो’ । एकाथरी तन्नेरीहरुलाई देख्दा देश… विदेशी दुश्मनसंग युद्द मैदानमा छ झै लाग्छ । प्रतक्षयुद्दमा हारेपनि साना र कमजोर देशले शक्तिशाली मुलुकलाई खेलमा हराईदिन सक्छन् । आउनुस म पनि जनयुद्दको मचानवाट फुटवले कथा कहन्छु ।
अर्जेन्टनी तरुणी ईभा पोरेनसंग १० जुलाई २०१० अर्थात ८ वर्ष पहिला लामो च्याटसबांद भएको थियो । उनी चाको प््रान्तको रेसिस्टेन्सिअ शहरकी बासिन्दा हुँन । अन्यभन्दा दक्षिण अमेरिकी युवतीहरु पmरासिला हुन्छन् । भाषा समस्या गुगल अनुवादले हल गरिदिएकै छ । आपूm अझै अर्र्जेिन्टना समर्थन भएको सुनाँई । खेलका लय हुन्छन् नै । राम्रो खेलले मात्रै हैन् भावनाले पनि सो नजदिकता हो । म्याराडोनाप्रतिको लगाव, सम्राज्यवाद विरोधी उनकाे छवि, दुईटै पाखुरी.. एउटामा चेग्वेभारा र अर्कामा फिडेल क्यास्त्रोको ट्याटुले आफू प्रभावित हुँ ।
अरु नेपाली पनि अर्जेन्टिना भनेपछि हुरुक्कै हुन्छन् भन्दा पनि ईभाले गोर्खाली प्रति गरेको घृणाले मलाई रन्थनायो । खेल्न नपाउनेलाई त यस्तो लाग्या छ भने खेल्ने देशवासीहरुले कसरी लिएका छन् होला ! परिपक्क उमेर, विवेकसम्मत भावना र देश र दुनियाबारे नजरिया फेरिन होला भनेर ईभासँग पुरानै प्रसङ्ग उठाएको थिएँ । आखिर दशकपछि पनि उनको सोच भने टसमसाएनछ ।
ईभा अजेन्टिनी हुँन्, साइमन अन्धराष्ट्रवादी स्कटिस, भिखारी यादव सिराहाका मजदुर । प्रसङ्ग फुटवल भए पनि पात्रका रुपमा यिनैमा विषय केन्द्रित रहन्छ ।
”म्यारोडोना, मेस्सीकी देशवाशी इभाः बेलायत भन्दा १४ हजार किलोमिटर टाढा हाम्रो मुख्य भूभागसँगै रहेको पश्चिमाले फाेकलैण्ड र हामीहरुले इस्लास म्यानभिनास द्वीप भन्ने २ हजार ३ सय ७१ जनसंख्या र १२ हजार १ सय ७३ माइल क्षेत्रफलको द्धिपलाई अग्रेजहरुले –२ अप्रिल १९८२मा बलजफती कब्जा गरे । घमासन युद्ध भयो । अमेरिका र अन्य शेष दुनियासँग हाम्रो कुनै वैरभाब थिएन्, नकि गोर्खालीसँग । योभन्दा पहिला हामीले गोर्खाली सुनेकै थिएनाै ।
जब उनीहरु इल्यास म्यान भिनासमा आए, बर्बर मानवझै मानिस छप्काउन थाले तब मात्र बेलायतले भाडाका हत्यारा राखेको छ भन्ने चाल पायौें । हाम्रो कुनै नेपालसँग दुश्मनी थिएन् र छैन् पनि । तर, तिमीहरुका नागरिकबाट हाम्रा नागरिक मारिए । म स्वयम टुहुरी भए । मेरो राष्ट्रमाथि तिम्रो जातिको आक्रमणमा भयो । बुझ्यौ…. म टुहुरी मध्य कि एक हुँ । म कसरी तिमीलाई,
नेपालीलाई, गोर्खालीलाई सम्मान गर्न सक्छु ! अर्जेण्टिनाको फ्यान भनेर पत्याउन सक्छु ! के तिमीहरु भाडामा अर्काे देशको लागि लडदैनौ त ! हाम्रा चेले विश्वमुक्तिका गीत गाउँदै विश्व नागरिक बन्दै क्यूवाको मुक्ति लडेको र बोलिभियामा मृत्यूवरण गरेको विर्यौ ! तर तिमीहरु शक्तिशालीका एसाल्ट बनेर हामी माथि झम्र्टौ ….. । तिमीहरु हत्यारा हौ, हत्यारा…. ।”
म्यारोडोना र चेको फ्यान मसँग कुनै जवाफ थिएन् । युनियन ज्याक मेरो झण्डा थिएन् । त्यसले मेरो राष्ट्रियताको प्रतिनिधित्व गर्दैनथ्यो । तर मेरा भाईबन्धु युनियन ज्याकलाई सलाम ठोक्दै अर्काको अस्मितामाथि धावा बोल्दै वीर गोर्खाली कहलिन्थे । १० वर्षपहिला अर्जेन्टिनाले म्याच हा¥यो । म्यारोडोनाले चमत्कार देखाउन सकेनन्, अब मेस्सीले के कसो गर्लान् ..थाहा छैन् । उन्का नाममा धेरै नेपालीले लगाएका बाजी र जर्सी के हुँने हो ? मलाई भने ठूलो चोट ईभाको च्याट संवादले पु¥यायो ।
भनीँ –त्यो इतिहासमा लाग्दै गरेको मेरो जातिप्रतिको दाग हो ।
हिजो मात्रै साईमनसँग नेपालबारे, ईभाका भनाईबारे, भिखारी र विश्व फूटबलबारे लामो कुराकानी भए । साइमन –उपनिवेशकाल पछाडि बेलायतको साम्राज्यवादी नीतिको इभाको विरोध जायज मात्रै हैन् आवश्यक पनि हो । जहाँसम्म गोर्खालीको प्रश्न छ बेलायतमै बहादुरीताको प्रशंसा र योगदानको कदर गर्ने ठूलो संख्या छ । तर.. मात्र पैसाका लागि लड्ने जाति भनेर सोच्ने पनि कम छैनन् । मेरो सोचमा त शासक जातिले आफ्ना बिरोध गर्नसक्ने जनजातिलाई पैसामै लड्न उत्प्रेरित गरेर आफुू निवार्ध शासक हुन सकिन्छ, अझ शक्तिशालीको आर्शिर्वाद पनि पाईरहन्छ भन्ने मानसिकताले गोर्खा रेजिमेण्टको सुरु भएको हुनसक्छ् । साम्राज्यवादको अहिलेको र पहिलाको रुप फरक छन् । अहिले त झन को, कसकाे लागि, कसरी लडेको छ कसकाे उपयोग को, कसरी भएको छ भन्नै सकिँदैन्, अब खुकुरी र बहादुरी शब्द एकै रहेनन् ।’
आज भिखारीलाई ज्यादै चढ्यो, मात्तिएको छ । फुटवल बात मार्न थाल्यो । भिखारीलाई भनि – म तिम्रा, म्यारोडना, मेस्सी, ईभा र विश्वकपबारे कथा लेख्छु । मैथली मिस्कट टुटेफुटेको शब्द लड्खडाउदै भन्यो – अहाँ तो पत्रकार छैन् ! हामीहरुको के कथा भैलिन्छ । लेखिलेउ ठूला मान्छेका कथा. फुटवालवाका कथा । के छै, हम्नीका कथामा ।
मजुर न हो, मजुर । देशी मजुर । परदेश कमाउन आईलिएको छु । कमाउछु, साँझ थकित भईलिन्छ । केही पिई लिन्छु त कस्को बापको कमाई खाई लिन्छु र आहाँ लेखु– भिखारी खुव पिईलिन्छ र राजनीति बड्बडउँछ । यो करेज जलिरहेको दिलको बात लेख्न् सक्छ ! तपाईले लेखेर दुनियामा के भईलिन्छ.? हँ । के भिखारी हजारीमल हुँदैछ ! महाजन, मुखिया भैलिन्छ के !
अन्य मजदुरलाई भने त्यसको कुनै चासो छैन् । दिनभरीको थकान साँझ मेटिरहेका छन् । कुराकाकुरा जतिपनि छन् । कहिले राजनीति, कहिले कहिले जातपात, देशी, पहाडिया, फोरम, एमाले, काग्रेस र माओवादी सबैको जनमपत्री खोल्छन् । भट्टीमा के छैन् –पाहाड छ, मधेश छ, देश छ, बिदेश छ । साहित्य, संस्कृति र आन्दोलन समग्रमा राजनीति छ । गरिखानेको दिनको थकानलाई कोही कोदोको रससगैँ, कोही निगार थप्दै दिलदिमागका बात उरालिरहेका छन् ।
बजार भाउ बढयो, सवै जोगी कानै चिरिएका भन्दै नेता पार्टीलाई सराप्छन् । जिन्दगी महगो र काल सस्तो भएको भन्छन् । रौसेका बेला कुरा कहाँकहाँबाट हाउँछ,आँउछ । विषय सिलसिलेवार छैन्, न त केन्द्रित नै । जस्ले जे जान्दछ र बोल्न मन लाग्छ ऊ स्वतन्त्र छ । यो मधुशाला आखिर एकप्रकारको हाईडल पार्क हो । साच्चै भूईमान्छे कोदाको रसमा झूमेर आपुूm वाचेँको यूगको मर्म कहन्छन् । आप्mनै ससांरमा रमेको छ –विजुलीपानीघाटको मजदुरपग्तीँ
हो…सधैभन्दा भिखारी आज हौँसेंको छ. या त खुशीले, या दुखमा । कोदो खुव तन्काई रहेछ । ठेकदार राम प्रकाश र पण्डित सियाराम उस्का कुरा रोक्न सक्दैनन् । ऊ दार्शनिक र राजनीतिज्ञ भएर कडाकडा बात मारिरहेछ ..आज । राजमिस्त्री फेरन भिखारीलाई डाँट्दै भन्छ –आँहा यहसब राजनीति वाजनीति बात ना करुँ । कवीरको दोहा फतफताउदै भन्छ –’भूखापेट न होय भजन गोपाला, ले ..ले अपनी कण्ठी माला“ । कमाउ, खाउ, पिउ । वचलखुचल और अपन घर भेजु बस् ।
आज नन्कौ र अलि हुसेन पनि एउटै थालमा पाग्रां र खुटको सितनमा कोदो घुट्काई रहेछन् । हलाल होकी झटका गोस होस् ! हुसेनलाई कुनै मतलव छैन् । नन्कौलाई पनि ’’मिलिक्ष्य“सगं एउटै थालीमा खान कुनै अचरच छैन् । तर, सियाराम भने जातीपातीको कुरा उठाउन चुक्दैन् । भिखारी भन्छ– मजुरका का जात !, का धरम !. का फुटवलवा…सब केहुका एकही रागरोग एक ही पिडा । आहाँ बुझै छी । तव, लरखराउदै सियाराम आप्mनो बाटो नाप्छ ।
काठमाण्डुको भिमसेनगोला मजदुरमण्डी मध्यको एक हो । बिहानै यहाँ मजदुर किनबेचको बजार लाग्छ । जातजाती, भाषा, क्षेत्रको कुनै अर्थ रहँदैन्, । मजदुरजातीको यस बजारमा ठेकदार दिनभरीको लागी मान्छे किन्न आईपुग्छन् । मजदुरहरु खरिदारको बाटो कुरी रहेका हुन्छन् । सधैंझै साँझ मजदुर खाजा पसलमा आज पनि भिखारी यादवको महिफल जमेको छ । सबै आप्mनै रगंमा रमेका, जमेका छन् । यहाँ रेडियु, र ठिटौलीले लगाएका जर्सी र पत्रिकाका कुनै अर्थ छैन् । चाहे त्यो दरभगांबाट आएको नन्कौलाई होस् यात सितामणीबाट आएको पण्डित सियारामलाई ।
अलि हुसेन र भिखारी मिथिलाञ्चलका हुन् । भिखारी म्याटिक पास छ पढे लेखेको मान्छे । रामेछापका सिकर्मी नैन सिह परियार हुन् या इलामका बोरिगं मास्टर सोहन सुब्बा । सबैको जमघट दुःखसुख र सपना साटासाटको थलो बनेको छ, मजदुर खाजापसल । एकैपटक म्यानपावरलाई रकम बुझाउन नसकेर काठमाण्डौ रहनु परेकोमा सबैले पहिला त दुःख मानेका तर अव मेहनतीलाई विदेश जान पर्दैन् पाखुरी बजारेपछि यहीँ कमाउन सकिन्छ भन्ने विश्वास छ । भिखारी भन्छ–क्या बात कहिछी फुटवलवा… हामीले पनि खुव खेल्यो… जव नन्की रहे न, अभि ओ मेस्सी ओ नोमारका पानी पियाउन सक्छु….
ईभाले विष्वकपमा अर्जे्ण्टिनाको सर्मथनलाई फकल्याडसगं जोडेर सोच्न बाध्य पारिन् भने भिखारीले मान्छेका कथाब्यथा पेश गरे । उनले अझ अन्तराष्ट्रियबाद र जातिय घेरामाथी उठेर सोच्न प्रेरित गरे । उत्पिडनकारी देशका नागरिकको पनि आप्mनै शासक प्रतिको घृणा र अन्तराष्ट्रिय दायित्वबारे अत्यन्तै सजग साईमन थिए । इभा, साइमन, भिखारी र मेरो जाति समकालीन वैश्विक समाज हो… । अब भने म सोच्दैछु –कस्को जर्सी लगाएर हुर्रै भनौंै ! कि मौन बसेर मुर्ख लामबन्दीमा लागौं !