महालक्ष्मी नगरपालिका वडा नं ९ को आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत सामाजिक कार्यक्रमअनुसार तेस्रो वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगिता शुक्रबार लामाटारमा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठले गरेका छन्। वडा अध्यक्ष जयकृष्ण बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जन, बागमती प्रदेशका पूर्व प्रदेशसभा […]
खेलकुद
टी-२० विश्वकप २०२६ को ट्रफी टुर नेपालमा पनि
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको छ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी-२० विश्वकपको ट्रफी नेपालमा समेत ल्याइने भएको हो। आइसिसीकाअनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिनेछ। ट्रफीलाई आइसिसी पुरुष टी–२० […]
हर्षल पाठक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । क्याले मंगलबार पाठकलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पाठक भारतीय क्रिकेट प्रशिक्षक हुन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका प्रशिक्षक पाठक नेपाली महिला टिमको पहिलो विदेशी प्रशिक्षक बनेका छन् । यसअघि नेपाली महिला टिमले विदेशी […]
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उचाल्यो दोस्रो सिजनको एनपीएल उपाधि
काठमाडौं । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो । फाइनलमा सुदूरपश्चिमले […]
भक्तपुरमा सर्वाधिक प्रतिस्पर्धी रहेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । शहीद स्मृति खेलमैदानमा बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले प्रतियोगिता उद्घाटन गरेका छन् । नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा दत्तात्रयबाट सुरु भएको हजारौं विद्यार्थी सम्मिलित र्याली गोल्मढी, नासमना, भार्वाचो बसपार्क, जनज्योति पुस्तकालय परिसर हुँदै सहिदस्मृति खेलमैदानमा पुगेपछि सभामा परिणत भएको […]
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । […]
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै छन्। काठमाण्डु करण केसीको कप्तानीमा मैदानमा हुनेछ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको टिम हो । अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका दुई टिमले इलिमिनेटरमा भेट पक्का गरेका हुन् । मङ्गलबार पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरिसकेको छ । विराटनगर […]
विराटनगरविरुद्ध बिनोदको अर्धशतकमा सुदूरपश्चिम फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर बोल्ट्सविरुद्ध सहज जित निकाल्दै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगर १४ ओभर १ बलमा ७८ रनमै सीमित भयो । सुदूरपश्चिले ७७ रनको सहज जित निकाल्यो । […]
फाइनलका लागि आज पुन: आमनेसामने हुँदै सुदूरपश्चिम र विराटनगर
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायर आज मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा हुँदैछ । खेल अपराह्न ४ बजे सुरु हुनेछ । विजेता टोली सोझै मङ्सिर २७ गते हुने फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत पुनः फाइनल पुग्ने अवसर पाउनेछ। दोस्रो क्वालिफायर काठमाडौँ गुर्खाज र […]
फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक, कुन देश कुन समूहमा परे?
काठमाडौँ । सन् २०२६ को जुनदेखि सुरू हुने फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक भएको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फुटबलका लागि शुक्रबार ड्र निकालिएको हो। यसपटकको विश्वकपमा पहिलो पटक ४८ देशले सहभागिता जनाउँदै छन्। ४८ मध्ये ६ टोलीको भने टुंगो लाग्न बाँकी नै छ। प्लेअफ खेलबाट ती टोलीको टुंगो लाग्नेछ। १२ वटा समूहमध्ये समूह ‘ए’, […]











