तरकारी खेतीबाट वार्षिक १० लाख बचत

सर्लाही । सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् । उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारीखेती गर्ने किसानहरूसमेत बढिरहेका छन् । जिल्लाको लालबन्दी, हरिवन, बाग्मती, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा ठुलो क्षेत्रफलमा, आलु, गोलभेँडा, बोडी, भिन्डी, […]

सहकारी दर्ता अभिलेखिकरणका लागि सफ्टवेयर प्रणाली सञ्चालन

ललितपुर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणमुखी सहकारीहरूको दर्ता अभिलेखिकरणका लागि स्वचालित अनलाइन सफ्टवेयर प्रणाली सुरु गरेको छ। बुधबार आयोजित सार्वजनिक कार्यक्रममा सहकारीका सञ्चालक वा व्यवस्थापन तहको भौतिक उपस्थिति बिना नै अनलाइनमार्फत दर्ता अभिलेखिकरण गर्ने प्रक्रिया औपचारिक रूपमा कार्यान्वयन गरिएको घोषणा गरियो। कार्यक्रममा प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारीहरूलाई कर्जा सूचना केन्द्रको सदस्य […]

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक

chandra dhakal

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक भएको बताएका छन्  ।  “औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने नारा सहित ११औं राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलवार विभागमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले एकै प्रकारको कामका लागि पनि धेरै प्रकारका सरकारी […]

भक्तपुरका उत्कृष्ट तीन उद्यमीलाई सम्मान

भक्तपुर । उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरले एघारौँ उद्योग दिवसको अवसरमा ‘प्रभावशाली तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ । दत्तात्रयमा आयोजित कार्यक्रममा जी.के. पोल्ट्री फार्मका सञ्चालक शिशिर किसी, गुण सेरामिक्सका गुणलक्ष्मी अवाल र महालक्ष्मी पाउँ उद्योगका रामकृष्ण ध्वोजु श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको छ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले सम्मानित उद्योगीहरुलाई […]

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ […]

पानी पनि नक्कली

काठमाडौं । बजारमा नक्कली खानेपानी खुलेआम बिक्री हुन थालेपछि सार्वजनिक स्वास्थ्य नै जोखिममा परेको छ। बजारमा विभिन्न कम्पनीको ट्रेडमार्क अनाधिकृत प्रयोग गरेर जारको पानी बेचिरहेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरी परिसर, काठमाडौंले सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई कम गुणस्तरको पानीमा अन्य कम्पनीको ट्रेडमार्क टाँसी बिक्री गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ। […]

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेर २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको हो । यसअघि सुन बिहीबार तोलामा २ लाख ४३ हजार रुपैयाँ रहेको थियो । यस्तै चाँदीको मूल्य समेत घटेको छ । बिहीबार तोलामा ३ हजार १८५ […]

बागमती प्रदेश सरकारको चालु पुँजीगत खर्च चिन्ताजनक

काठमाडौ । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनासम्म पुँजीगत खर्च उल्लेख्य रूपमा बढाउन नसकेको देखिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार हालसम्म कुल बजेटको सात दशमलव २७ प्रतिशत मात्र खर्च भएको छ। चालु आव २०८२/८३ का लागि प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ […]

४.९८ अंकले घट्यो सेयर बजार, ८ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो । आजको कमीसँगै नेप्से परिसूचक २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोडको भयो । ७७ कम्पनीको मूल्य […]

तोलामा ३ हजार ८ सय घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । छ दिनमा सुनको भाउ करिब ११ हजार […]