बजेटले नवउदारवाद र विकृत पुँजीवादलाई प्रश्रय दिएको पूर्व अर्थमन्त्री शर्माको टिप्पणी

काठमाडौ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट यथार्थपरक नभएको आरोप लगाउँदै गम्भीर समिक्षा गरेका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा आयोजित ‘बजेटः अ होलिस्टिक डिस्कोर्स’ कार्यक्रममा बोल्दै शर्माले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने कुरा गरेपनि रुग्ण उद्योग संचालनको पहल नगरेको बताए । जलविद्युतमा ४० खर्ब रुपैयाँ डुबिसकेको भन्दै उनले […]

राइड सेयरिङसम्बन्धी विवादले सार्वजनिक यातायात ठप्प, के हो माग

काठमाडौ । राइड सेयरिङसम्बन्धी विवादले यातायात व्यवसायी आन्दोलित भएका छन् । सोमबारदेखि देशभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा अनिश्चितकालीन यातायात बन्द सुरु भएको हो। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार समितिको निर्णय अनुसार सार्वजनिक सवारी ग्यारेजमै थन्किएका छन्। यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले […]

सार्वजनिक संस्थान : वित्तीय सबै नाफामा, अरु किन घाटामा !

काठमाडौं । नेपालमा  ४५ वटा सार्वजनिक संस्थानहरू सञ्चालित छन्। सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा चलेका छन् भने १५ वटा अझै घाटामा रहेको सरकारी तथ्य सार्वजनिक भएको छ । यसमा पनि ५ वटा अस्तित्वमा मात्रै छन्। अर्थ मन्त्रालयले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ सार्वजनिक गर्दै सो कुराको जानकारी दिएको हो । संस्थानसम्बन्धि प्रतिवेदनअनुसार २ ओटा […]

आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक

काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरेका छन् । उनले नेपालको संविधानको धारा ११९ बमोजिम आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहे अनुरुप बजेट सार्वजनिक गरेका हुन् । बजेट १९ खर्ब […]

युवामा सीप विकास गर्न भक्तपुरमा श्रृङ्गार सम्बन्धी तालिम सम्पन्न

Youth eco nepal

भक्तपुर, ११ जेठ । युथ इको नेपाल (Youth Echo Nepal) को आयोजना र मतिना स्टुडियो (Matina Studio) को सह-आयोजनामा श्रृङ्गार सम्बन्धी एकदिने आधारभूत तालिम सम्पन्न भएको छ । भक्तपुरको मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा सम्पन्न सो तालिममा १८ वर्ष देखि ३० वर्ष सम्मका २७ जना युवा महिलाहरूले तालिम लिएका छन् । Bridal Makeup, Party Makeup तथा […]

ज्वेलर्समा प्रहरीको छापा, अवैध गरगहना र नगद बरामद

काभ्रेपलाञ्चोक, जेठ ७ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–७, परिवार नियोजन चोकस्थित ‘मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टर’ मा प्रहरीले छापा मारी अवैध रूपमा प्रयोग भईरहेका सुन–चाँदीका गरगहना र लाखौं रुपैयाँ बरामद गरेको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेको टोलीले जेठ ७ गते बिहान ११:०० बजे उक्त ज्वेलर्समा छापा मारेको […]

को हुन् नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर पौडेल

काठमाडौ । नेपाल राष्ट्र बैंकले नयाँ नेतृत्व पाएको छ। सरकारले अर्थशास्त्री डा. विश्वनाथ पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पाँच वर्षका लागि गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो। पौडेलको नाम अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिबाट सिफारिस गरिएको तीन व्यक्तिमध्ये एक हो। सोमबार बसेको सिफारिस समितिको […]

औषधि पसल अनुगमन गर्न पुगेका कर्मचारी नै कुटिए

सञ्जय मिश्रा, रौतहट । रौतहटमा  औषधि पसल अनुगमन गर्न गएका औषधी ब्यवस्था बिभाग बिरगंजका कर्मचारीमाथि कुटपिट भएको छ । भारतीय सीमासँग जोडिएको जिल्लाको राजपुर नगरपालिका–४ स्थित औषधि पसल अनुगमन गर्न गएका विभागका कर्मचारीमाथि स्थानीय महिला र गाउँलेहरुले कुटपिट गरेका हुन् । बिभागमा दर्ता नगरी औषधि पसल चलाएको, प्रतिबंधित औषधि समेत बिक्री गरेको उजुरीको आधारमा औषधि […]

पुनर्निर्माणमा भक्तपुर मोडल, इस्टिमेटभन्दा ३ करोड कममा लक्ष्मीनरसिंहलाई पुनर्जीवन

भक्तपुर । भक्तपुर नगरपालिकाले लागत इस्टिमेट भन्दा करिब ३ करोड कम खर्चमा ऐतिहासिक एवं पुरातात्त्विक सम्पदा लक्ष्मीनरसिंह मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको छ । २०७८ मंसिरमा पुनर्निर्माण शुरु भएको भक्तपुर-४ त: मारी क्षेत्रको गःहिटीस्थित सो मन्दिर नगरपालिकाका जनप्रतिनिधिले ३ वर्ष पूरा गरेको अवसर पारेर मंगलबार उद्घाटन समेत गरिएको छ । मन्दिरको कुल लागत इष्टमेट रु. ७ […]

कालोपत्रेको विपक्षमा मन्त्री भण्डारी

काठमाडौं, ६ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरण मैत्री विकास निर्माणको आवश्यकतामा जोड दिएका छन् । ‘कालोपत्रे होइन सेतो पत्रे गरौँ’ भन्ने नाराका साथ नेपाल सिमेन्ट उत्पादक संघद्वारा काठमाडौंमा आयोजित “सिमेन्ट कन्क्लेभ” कार्यक्रममा बोल्दै उनले सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउनु पर्ने बताए । मन्त्री भण्डारीले नेपालको कच्चा पदार्थमा आधारित विकास निर्माण […]