काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ १६ हजार ७ सय रुपैयाँ घटेको छ । गत बिहीबार ३ लाख २ हजा ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १ सय रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८२० रुपैयाँमा झरेको छ । गत बिहीबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।







