काठमाडौं, ६ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरण मैत्री विकास निर्माणको आवश्यकतामा जोड दिएका छन् । ‘कालोपत्रे होइन सेतो पत्रे गरौँ’ भन्ने नाराका साथ नेपाल सिमेन्ट उत्पादक संघद्वारा काठमाडौंमा आयोजित “सिमेन्ट कन्क्लेभ” कार्यक्रममा बोल्दै उनले सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउनु पर्ने बताए । मन्त्री भण्डारीले नेपालको कच्चा पदार्थमा आधारित विकास निर्माण […]
अर्थ/वाणिज्य
प्रधानमन्त्री ओलीसँग लस एण्ड ड्यामेज फण्डका कार्यकारी निर्देशकको भेट
काठमाडौँ, ४ जेठ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको हानीनोक्सानी कोष (लस एण्ड ड्यामेज फण्ड) का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिता जनाएकामा धन्यवाद दिँदै वातावरण र हिमालको रक्षा हुन नसके मानवीय जीवन असुरक्षित हुने बताएका छन्। उनले ठूला धनी […]
धुलिखेलमा ज्यान गुमाउने ईश्वरपुरका परियार रहेका पुष्टि,प्राधिकरणप्रति सांसद चौधरीको आक्रोश
काभ्रे । शनिबार करिब साढे ११ बजे काभ्रेको धुलिखेल ७ संजिवनी चोकस्थित बिजुलीको पोलमा चढी काम गरिरहेका बेला करेन्ट लागि ज्यान गुमाएका मजदुरको पहिचान खुलेको छ । ज्यान गुमाउने मजदुर सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान स्थायी घर भएका २८ वर्षिय उपेस परियार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं डिएसपी मिनबहादुर […]
घिमिरेको नेतृत्वमा निर्यात व्यवसायी महासंघ नेपाल
काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भई आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशनबाट गोविन्द प्रसाद घिमिरे महासंघको अध्यक्षमा निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा देवानन्द सरावगी, वस्तुगत उपाध्यक्षमा किरण कुमार डंगोल, एसोसिएट उपाध्यक्षमा शान्ता बास्कोटा निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा शिव प्रसाद भट्ट, […]
भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टले आईपिओ जारी गर्ने
भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ स्थित डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालिले आफ्नो स्वामित्वलाई पब्लिक गर्ने तयारी गरेको छ । रिसोर्टलाई प्रालिबाट पब्लिक कम्पनी बनाउन र आईपिओ जारी गर्न तयारी गरिएको हो । त्यसका लागि रिसोर्ट र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म […]
आज देखि कुलेखानी-कलंकी-हुमाने सडक पूर्णरूपमा बन्द
काठमाडौं, २ जेठ । आज देखि कुलेखानी-कलंकी-हुमाने सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। सो खण्डमा कालोपत्रे हुने भए पछि आज देखी बैशाख २० गतेसम्म पुर्ण रूपमा बन्द गर्न लागिएको हो । नेपाल प्रहरीका अनुसार १९ दिनसम्म साे सडक खण्ड पुर्ण रूपमा बन्द हुने भएकाले अब हेटौंडा-काठमाडौं, काठमाडौं-हेटौंडा यात्रा गर्नु पर्ने सवारी […]
न्यूनतम पारिश्रमिक पुनरावलोकनको माग
काठमाडौँ, जेठ १ । नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनले श्रमिकहरूको न्यूनतम पारिश्रमिक आर्थिक वर्ष ०८२/८३ को बजेटमै समेट्न माग गरेको छ। काठमाडौँको रिपोर्टर्स क्लबमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा यूनियनले सरकारलाई श्रमिकका हक र हितप्रति संवेदनशील हुन आग्रह गर्यो। अध्यक्ष प्रेम बहादुर कार्कीले जारी विज्ञप्तिमा न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया कानुनअनुसार समयमा नहुँदा श्रमिकहरू मर्कामा परेको जनाउँदै, […]
मेरिटोक्रेसी मान्छु, मेरो गभर्नर नियुक्त गर्दिन : प्रधानमन्त्री ओली
काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा योग्यताक्रमको आधारमा क्षमतावान व्यक्ति नियुक्त गरिने स्पष्ट पारेका छन्। पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत निकटता होइन, मेरिटोक्रेसीलाई प्राथमिकता दिने बताएका हुन्। उनले भने, “राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। […]
माओवादी नेतृत्वको महाभारत बन्यो बेरुजु नै नभएको देशकै एकमात्र पालिका
काभ्रे । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये काभ्रेको महाभारत गाउँपालिका बेरुजु नभएको एकमात्र पालिका बन्न सफल भएको छ । गत आर्थिक वर्षमा पनि शून्य बेरुजु रहेको महाभारतले त्यसलाई निरन्तरता दिदैँ शून्य बेरुजु कायम गर्न सफल भएको हो । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले महाभारत गाउँपालिकामा बेरुजु नै नभएको पुष्टि भएको हो । आर्थिक बर्ष ०८०/०८१ […]
पहिलोपटक ट्र्याक्टर पुगेपछि फूलमालाले स्वागत, स्थानीयले ट्र्याक्टरसंग खिचाए फोटो
दिर्घ बहादुर शाही, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका-६ को केन्द्र नर्कुमा पहिलो पटक ट्र्याक्टर पुगेपछि स्थानीयवासीहरू हर्षित भएका छन्। प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट विनियोजित रकममा निर्माण गरिएको ट्र्याकमार्ग केही महिनामै सञ्चालनमा आएसँगै पहिलो ट्र्याक्टर नर्कु पुगेको हो। हाल सञ्चालनमा रहेको गाउँपालिकाको केन्द्र नर्कुबाट करिब तीन किलोमिटर दूरीमा पर्ने प्रस्तावित केन्द्र तलि नर्कुसम्म […]











