काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७०० र चाँदीको मूल्य ५ रुपैयाँ घटेको हो । जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम […]
अर्थ/वाणिज्य
भक्तपुरमा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ नपली सिर्जनानगरस्थित सन्तति आधारभूत विद्यालयको प्रांगणमा शुक्रबार भनपा–१ महिला समूहको आयोजनामा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम सम्पन्न भयो। तालिममा भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विकासका लागि आधारभूत सीपको तालिम सञ्चालन गर्ने मान्यताअनुरूप तालिमबाट सिकेको सीप टोल समुदायको निम्ति प्रयोग गर्नुपर्ने बताउँदै, ख्वप […]
कृषकको आम्दानीमा सुधार ल्याएको मन्त्री अधिकारीको दावी
ललितपुर । नेपालले दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माणको प्रतिबद्धता लिएको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बताएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एफएओ नेपाल तथा साझेदार संस्थाहरूको संयुक्त आयोजनामा मंगलबार ललितपुरमा आयोजित “पारिवारिक खेती र समावेशी ग्रामीण रूपान्तरण : जलवायु परिवर्तनको सन्दर्भमा दिगो विकासका लागि नवप्रवर्तन” विषयक अन्तर–क्षेत्रीय संवाद कार्यक्रममा […]
तोलामा १३०० रुपैयाँ घट्यो सुनको मूल्य
काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ३१५ […]
सानिमाको नाफा १ वर्षमा साढे २ अर्ब, प्रति सेयर कति?
काठमाडौ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२४ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १८ करोडबाट बढेर ६ […]
महालक्ष्मी विकास बैंकको पौने ३ करोड रकम हिनामिना, शाखा प्रबन्धकसहित चार कर्मचारी पक्राउ
काठमाडौँ । महालक्ष्मी विकास बैंकको शाखा कार्यालय गोकुलेश्वर दार्चुलाको झन्डै पौने तीन करोड रकम हिनामिना गरेको आरोपमा शाखा प्रबन्धकसहित चार जना कर्मचारी पक्राउ परेका छन्। महालक्ष्मी विकास बैंकको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरका शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही, कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त, नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउद र ग्राहक सहायता कक्षमा […]
जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ८१ अर्ब बढी शुल्क, कसको कति?
काठमाडौं । गत आर्थिक वर्षको असारसम्ममा जीवन बिमा कम्पनीहरुले १ खर्ब ८१ अर्ब ४२ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीहरुले उक्त रकम बराबरको बिमा शुल्क संकलन गरेको बिमा प्राधिकरणले जानकारी दिएको छ । असारसम्म बिमा कम्पनीहरुले १ खर्ब ३७ अर्ब ७३ करोड रुपैयाँ नवीकरण बिमा शुल्क र ४० […]
अग्नी साकोस पीडितलाई उजुरी गर्न ७ दिने सूचना सार्वजनिक
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित मुद्दामा जिल्ला प्रहरी कार्यालय धुलिखेलले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। जारी सूचनामा उल्लेख गरिएअनुसार, सहकारीका बचतकर्ताहरूले विभिन्न मितिमा नगद रकम जम्मा गरेपश्चात संस्थाका पदाधिकारीहरूमाथि ठगी अभियोगमा अनुसन्धान अगाडि बढाइएको छ। यस सम्बन्धमा जाहेरी समेत दर्ता भइसकेको र केही […]
आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । बुधबार तोलामा २ हजार […]
स्वस्तिकले सर्वसाधारण लगानीकर्ताका लागि यसै महिना आईपीओ खोल्ने
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी साउन ३० गतेदेखि सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने घोषणा गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ बाँडफाँड सम्पन्न भइसकेको थियो, र अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई अवसर दिइँदैछ। लघुवित्तले जारी पूँजीको ४० प्रतिशत, अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको २ […]










