कालीमाटी तरकारी–फलफूल बजारमा आजको मूल्य दर

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी, फलफूल तथा हरितपदार्थको थोक मूल्य दर सार्वजनिक गरेको छ। समितिद्वारा जारी मूल्यसूची अनुसार गोलभेँडादेखि साइताका विशेष च्याउ र मसला वर्गका सामग्रीसम्मका मूल्यमा फरक देखिएको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ भने भारतीय ठूलो गोलभेँडाको मूल्य १०० रुपैयाँ […]

राष्ट्र बैङ्कले माग्यो एआई मार्गदर्शनमा सुझाव

NRB

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एआई मार्गदर्शन  तयार गरि आम सरोकारवालाको सुझाव मागेको छ । नेपाल राष्ट्र बैङ्कले आफुले तयार गरेको एआई मार्गदर्शनको मस्यौदा आफ्नो वेभ साडटबाट सार्वजनिक गर्दै आम सरोकारवालाको सुझाव माग गरेको छ  । www.nrb.org.np\category\notices मा राखिएको उक्त मार्गदर्शन उपर कुनै राय सुझाव भएमा पुष १५ भित्र लिखित रुपमा नेपाल राष्ट्र बैङ्कको इमेल […]

यस्तो छ आज लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको […]

नेपाल राष्ट्र बैंकको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ। समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाएर ५.७५ […]

डिजेल/मट्टितेलको मूल्य घट्यो, आजदेखि कति ?

काठमाडौँ । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ। निगम सञ्चालक समितिको बैठकले घटाएको सो मूल्य आजदेखि लागू भएको छ । निगमका अनुसार मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ । निगमले […]

चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन पनि बढ्यो

काठमाडौं । आइतबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । करिब साढे १ महिनाअघिको रेकर्ड आज तोडिएको हो । एकैदिन चाँदी तोलामा १४५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३४९० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३३४५ रुपैयाँ थियो । यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड […]

सिन्धुलीमा कजारियाको नयाँ शोरूम

सिन्धुली । प्रिमियम टाइल ब्रान्ड कजारियाले सिन्धुलीको आदर्शनगर–६ (पुरानो बुधबार हाट) मा नयाँ अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सद्वारा सञ्चालित यो शोरूमले स्थानीय स्तरमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्ने लक्ष्य राखेको छ। सञ्चालक करिराम शाह तथा कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले रिबन काटेर शोरुम उद्घाटन गरे । डिलर शाहले कजारियासँगको […]

हजारको नोट छाप्ने जिम्मा चीनिया ठेकेदारलाई

NRB

काठमाडौ । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका ४३ करोड थान नयाँ नोट छपाइको काम चीनको चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन लाई दिने निर्णय गरेको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोटका लागि आवश्यक कागज, डिजाइन, छपाइ र आपूर्तिका लागि झिकिएको अन्तर्राष्ट्रिय टेन्डरको मूल्यांकनपछि उक्त कम्पनीलाई ठेक्का स्वीकृत गरिएको हो। राष्ट्र बैंकले एक […]

क्रिप्टो कारोबारी सेफ समातिए

काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो । कारोबार गर्न […]

तरकारी खेतीबाट वार्षिक १० लाख बचत

सर्लाही । सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् । उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारीखेती गर्ने किसानहरूसमेत बढिरहेका छन् । जिल्लाको लालबन्दी, हरिवन, बाग्मती, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा ठुलो क्षेत्रफलमा, आलु, गोलभेँडा, बोडी, भिन्डी, […]