नेप्से ३० अंकले घट्यो, ८ अर्ब माथिको शेयर कारोबार

काठमाडौं, २८ पुस । केही दिन यता लगातार बढिरहेको शेयर बजारमा बुधबार ‘करेक्सन ’ देखिएको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव ५१ अंकले घटेर १८ सय ३ दशमलव ३२ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च देखिएको छ । बुधबार शेयर कारोबार रकम ८ अर्ब माथि पुगेको छ । […]

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्र हुने विश्व बैकको प्रक्षेपण

काठमाडौ, २८ पुस । विश्व बैंकले सन् २०२२ मा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) अर्थात आर्थिक वृद्धिदर ३.९ प्रतिशतमै सीमित हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोम तीव्र फैलन थालेकाले आर्थिक वृद्धिदर संकुचन हुने बैंकले प्रक्षेपण गरेको हो । यता, नेपाल सरकारले भने सात प्रतिशत वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्य तोकेको छ […]

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार

काठमाडौं, २७ पुस । नेपाली बजारमा मंगलबार सुन तथा दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल तोलामा ३ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो सुन दिन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको […]

नेप्सेको सीईओका लागि तीन जनाको नाम छनोट

काठमाडौं, २६ पुस। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत ९सीईओ० छनोटका लागि तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा राखिएको छ । यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । पाँचमध्येबाट छनोट समितिले सोमबार रमेश भण्डारी, कृष्णबहादुर कार्की र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको छ । पाँच जनाको सुचीमा परेका प्रविन […]

सुनको मूल्य घट्यो

काठमाडौं, २६ पुस । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । गत शुक्रबारदेखि प्रति तोला ९१ हजार ६ सय रुपैयाँमास्थिर रहेको छापावाल सुनको मूल्य सोमबार ९१ हजार तीन सय रुपैयाँमा झरेको छ । यस्तै सोमबारका लागि तेजावी सुनको मूल्य ९० हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले […]

ह्वासिन सिमेन्टको परीक्षण उत्पादन सुरु

धादिङ । धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा निर्माण भएको ह्वासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ । उद्योग परिसरमा विहान पौने दश वजदेखि भव्य रुपमा औपचारिक कार्यक्रमको आयोजना गरि उद्योगको ‘क्लिन मेसिन फायर’ गरेर उत्पादन थालनी गरिएको हो । सो समारोहमा ह्वासिन सिमेन्टका चिनियाँ प्रतिनिधि, चिनियाँँ लगानीमै निर्मित होङसी सिमेन्ट कम्पनीका प्रतिनिधि, विभिन्न […]

ट्याक्सी भाडा बढ्यो, अब कति पर्छ ?

पुस २४,काठमाडौं । वाग्मती प्रदेश क्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीको भाडा बढेको छ ।  भाडा निर्धारण÷समायोजन तथा विद्युतीय माध्यमबाट भाडा    भुुक्तानी नियमावली   २०७८’   बमोजिम   माघ   १ गतेदेखि   लागूू   हुुनेगरी नेपाल  गुणस्तर  तथा  नापतौल  विभागले छ  हजार  ८७  ट्याक्सीको  मिटर  भाडा समायोजन   तथा निर्धारण  गरिएको  हो। नयाँ भाडादर अनुसार […]

कोरोना संक्रमणका बेला उड्डयन प्राधिकरणले कमायो मुनाफा

काठमाडौं । कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा असर प¥यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर पर्‍यो । पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र होटल क्षेत्र प्रताडित भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने मुनामा कमाएको छ । प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदनअनुसार आब (२०७७÷७८ मा प्राधिकरणको आय विमानस्थल […]

निगम सुधार उन्मुख , बाइडवडी नियेमित उडान पछी न्यारोवडी छिटै उडाउने तैयारी

पुष १५,काठमाडौँ। नेपाल वायु सेवा निगमको बाइडवडी विमानले नियेमित उडान सुरु गरेको छ। २८ डिसेम्बर २०२१ मा काठमाडौं–नारिता  नियमित उडानको तयारी गर्ने क्रममा विमानमा प्राविधिक समस्या देखिए पछी रोकिएको थियो ।  श्रीलंकाबाट आवश्यक पार्टपूर्जा भित्र्याई निगमकै दक्ष इन्जिनियरिङ्ग टिमबाट मर्मत गरी ३० डिसेम्बर २०२१ को दिउँसो २ बजे विमानलाई उडानयोग्य बनाई सोही विमानबाट हाल काठमाडौं […]

नेप्सेमा ६९ दशमलव ७७ अंकको उच्च गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९ दशमलव ७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आइतबार भने नेप्से ७१ दशमलव २० अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो […]