इन्दिराको जीवनमा आधारित फिल्म ‘इन्दिरा धिमे मैचा’

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति‌ले पहिलो महिला धिमेवादक इन्दिरा लाछिमस्युको जीवनमा आधारित फिल्म *‘इन्दिरा धिमे मैचा’*को उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख प्रजापतिले ३ दशकअघि महिलाले धिमे, धाँ जस्ता बाजा बजाउन त के, छुनसम्म नहुने परम्पराविरुद्ध इन्दिराले उठाएको कदमलाई ऐतिहासिक र क्रान्तिकारी बताए। उनका अनुसार, इन्दिराको संघर्षले महिलालाई सांस्कृतिक सन्देशसहित सशक्त बनाएको छ। […]

एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न पाइने

  काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएमबाट रकम झिक्ने सिमा घटाएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ लाई संशोधन गर्दै एटीएमबाट झिक्न मिल्ने रकमको सिमा घटाएको हो ।  अब एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न पाइने भएको छ । यस अघि एक पटकमा २५ हजार रुपैयाँ झिक्न सकिन्थ्यो । यसैगरी, एक […]

प्रभु महालक्ष्मीको ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीले संस्थापक समूहको ४४ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । इन्स्योरेन्सले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको उक्त सेयर बिक्रीमा राखेको जनाएको छ । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो सेयर बिक्रीमा राखेको छ । उक्त सेयर […]

बजारमा तरलता बढेपछि ९० अर्ब तान्दै राष्ट्र बैंक

Governor Nepal Rastra Bank

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

दण्डहीनता अन्त्य गर्न निजी क्षेत्रको आग्रह

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको वताएका छन्  । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसंगको भेटमा अर्थमन्त्री खनालले उक्त प्रतिवद्दता जाहेर गरेका हुन्  । सरकारले पुर्ननिर्माणका लागि […]

दुई दिनमा बाढीबाट दश करोड बढी क्षति

काठमाडौं । असोज १७ र १८ गते आएको अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कट्टान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मीटर तटबन्ध कटान भएको छ । जसले गर्दा १० करोड क्षति पुर्याएको भौतिक पूर्वाधार मन्त्रालयको प्रारम्भिक अनुमान छ । सोको प्रारम्भिक विवरण देहाय बमोजिम रहेको छ : १. कन्काई नदीले गौरीगञ्ज २ […]

सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० पुग्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुन तोलामा २ लाख २३ हजार २०० पुगेको छ। जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन आइतबार प्रति १० ग्राम भने १ लाख ९१ हजार ३६० रुपैयाँ पुगेको छ । यसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार भने सुन तोलामा २ लाख […]

उदय साकोसको २९ औं साधारणसभा सम्पन्न

भक्तपुर । भक्तपुर-८ लिवालीस्थित उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं साधारणसभा शनिबार सम्पन्न भएको छ। यसपटक पहिलोपटक कुनै विशेष अतिथि विना सदस्यमैत्री माहोलमा सभा सम्पन्न गरिएको हो। कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले सदस्यहरूले खाइखाइ जम्मा गरेको बचत रकम आपसी सहयोगमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै सहकारीलाई केवल वित्तीय संस्था मात्र नभई […]

बढेको बढ्यै सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन तोलाको २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको […]

नेप्सेमा कर्मचारीको आन्दोलन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरूले प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिका अध्यक्षको राजीनामा माग्दै आन्दोलन थालेका छन्। मंगलबारदेखि सुरु भएको आन्दोलन अझ तीव्र बनेको छ। कर्मचारी संघले बुधबार विज्ञप्ति जारी गर्दै सीईओ चुडामणी चापागाई र अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गरेको छ। कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर काम गर्ने, सीईओको कार्यकक्षमा […]