यी हुन् शिक्षा दिवसको अवसरमा पुरस्कृत भएका उत्कृष्ट विद्यालय र क्याम्पसहरु

काठमाडौं । सरकारले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गरेको छ । आइतवार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित भव्य समारोहकाबीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उत्कृष्ट विद्यालयहरुलाई शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद सहित पुरस्कृत गरेका हुन् । माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई) तर्फ सामुदायिक विद्यालयहरुमा उत्कृष्ट नतिजा हासिल […]

शिक्षक विज्ञापन अदालतले खारेज गर्ने संभावना, अन्तिम फैसला भदौ २४ गते हुने

काठमाडौं । शिक्षक विज्ञापन खारेजीको मुद्दाको अन्तिम फैसला भदौ २४ गते हुने भएको छ । आइतवार दुवै तर्फको बहस सकिएको छ । बहस सकिएपनि फैसला लेख्न ढिलाइ भएको र फैसला भदौ २४ गते सुनाइने अदालतले जनाएको हो । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले दायर गरेको मुद्दामा आइतबार दुवैतर्फबाट बहस भएको थियो । बहस सकिएपछि सर्वोच्चका […]

प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक हुन शुरु, हेर्नुहोस् बैतडी र दार्चुलाको नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो । बुधवार बैतडी र दार्चुला जिल्लाको नतिजा प्रकाशित गरिएको छ । गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले […]

शिक्षक नेतामाथि सामाजिक सञ्जालमा गालीः २४ घण्टे अल्टिमेटम दिएर विदेश सयर गर्न लाज लाग्दैन ?

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई शिक्षकको माग पुरा गर्न २४ घण्टे अल्टिमेटम दियो । पछि २२ घण्टामै वार्तामा बोलाएको भन्दै शिक्षा मन्त्रालयसँग वार्ता भयो र सहमति भयो विगतका सहमति कार्यान्वयन गर्ने । त्यसको केही दिनपछि शिक्षक महासंघका अध्यक्ष, महासचिव लगायतको टोली शिक्षा मन्त्रालयको कोटामा चाइना टुरमा निस्कियो । यो घटनाको सामाजिक सञ्जालमा विरोध शुरु […]

लाइसेन्स परीक्षाको प्रवेशपत्र सच्याउने आयोगले दियो अन्तिम मौका

भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र सच्याउन पुनः मौका प्रदान गरेको छ । मंगलवार एउटा सूचना जारी गर्दै आयोगले भाद्र २० गतेसम्म प्रवेशपत्र सच्याउन सकिने जनाएको हो । आयोगले भाद्र ६ गते अनलाइनमा प्रवेशपत्र सार्वजनिक गर्दै त्यसमा त्रुटि भए सच्याउनका लागि ३ दिने म्याद दिएको थियो । आयोगले प्रदेश नम्बर १ र […]

नेपालगञ्जमा गोली चल्यो

नेपालगन्ज, १६ भदौ । चोरी मुद्दाका प्रतिवादीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले सोमबार प्रतिवादी नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो। कार्यालयका प्रहरी निरीक्षक सन्तोष रोकाले दिएको जानकारी अनुसार खुट्टामा गोली लागी घाइते भएका न्यौपानेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। ‘नेपाल–भारत सिमास्थित जमुनाहामा […]

विज्ञापन खारेजीको मुद्दामा शिक्षक आयोगलाई अदालतमा झिकाउन आदेश

काठमाडौं । शिक्षक विज्ञापन खारेजीको मुद्दामा सर्वोच्च अदालतले शिक्षक सेवा आयोगका उच्च अधिकारीलाई अदालतमा झिकाउन आदेश जारी गरेको छ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले दायर गरेको मुद्दामा आइतबार दुवैतर्फबाट बहस भएको थियो । बहस पछि सर्वोच्चका न्यायधीश हरिकृष्ण कार्कीको एकल इजलाशले आयोगको उच्च अधिकारीलाई अदालतमा झिकाएर मात्रै अनितम फैसलागर्ने आदेश जारी गरेको हिस्टुनका अध्यक्ष […]

शैक्षिक विकामा समुदायको चासो बढ्दै

बाँके, १६ भदौ । खजुरा गाउँपालिका–४ एफगाउँ मन्दिर टोलकी गौरी सुनार ४६ वर्षकी भइन् । विद्यालय कहिल्यै नगएकी उनले बाल्यकालमा शिक्षा हासिल गर्ने अवसर पनि पाइनन् । विहेपछि घरव्यवहार, छोराछोरीको जिम्मेवारीले झनै उनलाई बाँधेर राख्यो । गाउँमा चलेको साक्षर अभियानले उनलाई पनि आकर्षण ग¥यो । उनी आफ्नो नाम लेख्न र लेखेको कुरा पढ्न सक्ने भएपछि […]

विज्ञानलाई विद्यालय तहदेखि जोडिने

काठमाडौं । सरकारले विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने भएको छ । प्रदेश र स्थानीय तहमा विज्ञान दिवस मनाउने तयारी भएको जनाइएको हो । दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट विभिन्न कार्यक्रम आयोजना गरी साताव्यापीरुपमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले […]

गाडीका ब्याट्री चोरी गर्ने गिरोह पक्राउ

भक्तपुर, १५ भदौ । चोरिएका ब्याट्री ओसारपसार गर्ने दुई गाडी, चोरिएका १८४ थान मोटरका ब्याट्रीसहित प्रहरीले चार जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त जगातिले उक्त चोरी गिरोहमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ घर भई हाल मध्यपुरथिमिको राधेराधे बस्ने २२ वर्षीय […]