घोडाघोडी, १६ भदौ । कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न वडाका बासिन्दालाई कान्द्रा नदीमा पुल नहुँदा समस्या भएको छ । नदीमा पुल नहुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी र सुत्केरीलाई आवत–जावत गर्न कठिन भएको हो । उक्त नदीमा पुल नहुँदा वर्षात्को समयमा स्वास्थ्य सेवा लिन, दैनिक उपभोग्य सामान खरीददेखि लिएर नगरपालिका तथा प्रशासन कार्यालय आउनसमेत समस्या हुने गरेको घोडाघोडी […]
Author: Desk Nonstop
उपनिर्वाचनका लागि आयोगद्वारा दल दर्ता आह्वान
काठमाडौँ, १६ भदौ । निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भाग लिएका दलहरुले […]
अब सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरिने
काठमाडौँ, १६ भदौ । सरकारले छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने तयारी गरेको छ । स्थानीय स्रोतसाधन, ज्ञान, सीप र प्रविधिको प्रयोगमार्फत लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी रोजगारी र उत्पादकत्व अभिवृद्धि गर्न सहायता पु¥याउने उद्देश्यले सरकारले ग्राम स्थापनाको तयारी […]
देशमा भित्रियो नौ खर्ब रेमिट्यान्स
काठमाडौँ, १६ भदौ । आर्थिक वर्ष २०७५÷०७६ मा झण्डै रु नौ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको ‘देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति’मा विप्रेषण आप्रवाह रु आठ खर्ब ७९ अर्ब २७ करोड पुगेको उल्लेख छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा विप्रेषण आप्रवाह १६।५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक […]
टेलिकमको शेयर सर्वसाधारणलाई बिक्रीको तयारी
काठमाडौँ, १६ भदौ । सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप शेयर जनतालाई दिने तयारी गरिएको हो । कम्पनीको शेयर संरचनाअनुसार ९१।५२ प्रतिशत संस्थापक शेयर अर्थात् नेपाल सरकारको रहेको छ भने ८।४८ […]
माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने
काठमाडौँ, १६ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिए । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ […]
धितोपत्र बजार ः दोहोरो अङ्कको गिरावट कायमै
काठमाडौँ, १६ भदौ । आइतबार दोहोरो अङ्कले आरोलो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४।४५ बिन्दुले घटेर एक हजार १७०।३४ मा पुगेको छ । आज नेप्से १।२२ प्रतिशतले घट्यो । यस्तै सेन्सेटिभ परिसूचक २।९८ अर्थात १।१५ प्रतिशतले ओरालो लागी २५६।३१ […]
सभापति देउवाद्वारा तीजको शुभकामना
काठमाडौँ, १६ भदौ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन । उहाँले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान र गौरव भएको बताउनुभएको छ […]
पशुपतिमा व्यवस्थित तीज, २ बजेसम्म चार लाख भक्तजन
काठमाडौँ, १६ भदौ । पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव […]
सुविधा भएकै ठाउँमा मात्र स्वास्थ्य सेवा
जाजरकोट, १६ भदौ । भौगोलिक रूपमा जाजरकोट सानो भए पनि पहाडी भू–बनोटका कारण यहाँका बासिन्दालाई सहजरूपमा स्वास्थ्य सेवा पाउन कठिन भएको छ ।जिल्लालाई सात स्थानीय तहमा विभाजन गरे पनि जाजरकोटवासीको स्वास्थ्य सेवामा पहुँच भने अति न्यून छ । जिल्लामा ५० शय्याको एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य चौकी छन् । त्यस्तै […]











