प्रदेश नं १ मा तीन दिन संविधान दिवस मनाइने

विराटनगर, १६ भदौ । प्रदेश नं १ को सरकारले संविधान दिवस भव्य र व्यापक जनसहभागितासहित तीन दिन मनाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा आज बसेको बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरुपमा संविधान दिवस मनाउने निर्णय गरेको छ । संविधान दिवसका उपलक्षमा प्रदेशका १४ जिल्लाका सदरमुकाम […]

नेपाल, भारतबीचको सम्बन्धमा महान्यायधिवक्ताको जोड

दमक, १६ भदौ । महान्यायधिवक्ता अग्नि खरेलले नेपाल भारतबीच ऐतिहासिक तथा धार्मिक सुमधुर सम्बन्ध रहेको बताएका छन । झापाको गौरादह नगरपालिका–५ को स्कूलचौन माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले नेपाल भारतबीच ऐतिहासिक, सामाजिक, धार्मिक, भौगोलिक र सांस्कृतिक रूपमा एकापसमा नजिकको सम्बन्ध रहेकाले आपसी सद्भाव कायम राख्न आवश्यक रहेकोमा जोड दिए । सो विद्यालयको नयाँ […]

महिलाहरु उत्पादनशील क्षेत्रमा लाग्नुपर्छ : मन्त्री पुन

गलकोट, १६ भदौ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले महिलाहरु उत्पादनशील क्षेत्रमा जोडिनुपर्ने बताएका छन । बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडा संरक्षण समाजले आज आयोजना गरेको तीज महोत्सवमा मन्त्री पुनले आमाहरुलाई शिक्षित बनाएर उत्पादनमा जोड्न प्रदेश सरकारले पहल गरिरहेको बताउँदै उत्पादनशील क्षेत्रमा नजोडिएसम्म आर्थिक विकास नहुने बताए । उहाँले गण्डकी प्रदेश सरकारले सुत्केरीको […]

टेक्सासमा बन्दूक आक्रमण गर्ने ३६ बर्षीय यूवक रहेको प्रहरीद्वारा पुष्टि

ह्युस्टन, संयुक्त राज्य अमेरिका, १६ भदौ । शनिबार सात जनाको मृत्यु हुनेगरी गरिएको आक्रमणमा गोली चलाउने व्यक्ति ओडिसा शहरका ३६ बर्षीय सेथ आरोन अटोर भएको संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यअन्तर्गत ओडेसा प्रहरी विभागले बताएको छ । सोमबार दिइएको जानकारी अनुसार आक्रमण के उद्देश्यबाट प्रेरित थियो भन्नेबारे अनुसन्धान जारी रहेकोले थप विवरणपछि सार्वजनिक गरिने प्रहरीले बताएको […]

हेल्मेट नलगाउनेलाई पेट्रोल नदिइने

भद्रपुर, १६ भदौ । झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो । मेचीनगरमा रहेका आधादर्जन बढी पेट्रोल पम्पले मोटरसाइकलका चालकले हेल्मेट नलगाई पेट्रोल भर्न आएमा नदिई फर्काउने गरेका छन् […]

तीन थान भरुवा बन्दुक बरामद

विराटनगर, १६ भदौ । प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका–५ स्थित नमूना सामुदायिक वनभित्र बेवारिसे अवस्थामा तीन थान भरूवा बन्दुक फेला पारेको छ । प्रहरी चौकी गछियाबाट खटिएको टोलीले आज उक्त सामुदायिक वनभित्र सो बन्दुक फेला पारेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार खिउँजुले स्थानीयले बन्दुक रहेको जानकारी गराएपछि टोली परिचालन गरी बरामद गरिएको बताए । […]

बस दुर्घटनामा पन्ध्र घाइते

तुलसीपुर, १६ भदौ । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा पन्ध्र जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार प्यूठानको स्वर्गद्वारीबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु २ ख ६२६९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत गढवा गाउँपालिका–१ जुरौनीमा दुर्घटना भएको हो । अनियन्त्रित भई दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम […]

देवदास स्मृति पत्रकारिता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत

चरिकोट, १६ भदौ । देवदास स्मृति पत्रकारिता पुरस्कारबाट दोलखाका दुई पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासङ्घ शाखाका संस्थापक अध्यक्ष स्व देवदास श्रेष्ठको नाममा स्थापना गरिएको सो पुरस्कारबाट पत्रकार रमेश खतिवडा र निता राउत पुरस्कृत हुनुभएको हो । महासङ्घले आज देवदासको स्मृतिमा कार्यक्रम गरी जनही रु दश हजारसहित पुरस्कृत गरेको हो । सम्मानित […]

पशु मार्नेलाई कारवाहीको माग

काठमाडौँ, १६ भदौ । पशुको जिउने अधिकारका लागि वकालत गरिरहेको स्नेहाज केयर तथा नेपाल भेटेरीनरी एशोशिएशनले हिन्दूहरुको आस्थाको पशु गार्ई र कुकुरलाई वर्वरतापूर्वक मार्ने अपराधीमाथि हदै सम्मको कारवाही गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा कुकुरलाई सामूहिकरुपमा वर्वरतापूर्वक मारिएको तथा नेपालगन्जबाट दैलेख लैजानेक्रममा गाईलाई सुर्खेतको कटकुवा जङ्गलमा […]

कर्मचारीको हस्ताक्षर अभियान, क्यान्सर अस्पतालमा पदाधिकारी प्रवेश निषेध

भक्तपुर, १६ भदौ । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद रोग निवारण संस्थाका अनियमितताको आरोपी पदाधिकारीलाई अस्पताल प्रवेश निषेध गरेका छन् । देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो । अस्पतालमा आज […]