एक वर्षमा साढे १७ अर्बको बिजुली निर्यात, नेपाल बन्यो खुद निर्यातकर्ता

काठमाडौँ। गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बङ्गलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको छ । नेपालले गत वर्ष वैदेशिक बजारमा विद्युत् निर्यात बढाउँदा एक वर्षमै साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो । नेपाल विद्युत् प्राधिकरणले आव २०८१/०८२ को अवधिमा भारतमा करिब १७ […]

शिक्षक बढुवा तीन तरिकाबाट गर्ने प्रस्ताव शिक्षा समितिबाट पारित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट तीन तरिकाबाट शिक्षकहरूको बढुवा गर्ने प्रस्ताव पारित भएको छ । बिहीबार सिंहदरबारस्थित समिति सचिवालयमा बसेको बैठकले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले गरेको प्रस्ताव पारित गरेको हो । समिति बैठकमा मन्त्रालयका सचिव चूडामणि पौडेलले पेस गरेको आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनबाट बढुवा […]

एनआरएनएको विवादसम्बन्धी मुद्दा लगातार दोस्रो पटक ‘हेर्न नमिल्ने’मा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवादसम्बन्धी ६ वटा मुद्दा हेर्न बिहीबार पनि हेर्न नमिल्नेमा परेको छ । न्यायाधीशत्रय टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल र मेघराज पोखरेको पूर्ण इजलासमा पेसी तोकिएका ती मुद्दा ‘हेर्न नमिल्ने’मा परेको हो । बिहीबारसहित एनआरएनएको विवादसम्बन्धी मुद्दा पूर्ण इजलासमा लगातार दुई पटक हेर्न नमिल्नेमा परेको हो। यसअघि साउन १५ गते पनि […]

ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु, एकजना पक्राउ

काठमाडौं । केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ । प्रहरीकाअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन् । सोही क्रममा बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए । अहिले मृतक किशोरीको केटा साथीलाई […]

आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । बुधबार तोलामा २ हजार […]

ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भयो : भारत

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे बापत भारतीय सामानमा लगाइएको करमा २५ प्रतिशत वृद्धि गरेका छन् । सो बुद्धिसँगै भारतीय सामान माथिको करको दायरा ५० प्रतिशत भएको छ । ट्रम्पको सो निर्णय २१ दिनपछि लागु हुनेछ । भारतीय विदेश मन्त्रालयले यो निर्णयमा प्रतिक्रिया जनाउँदै करको निर्णय न्यायिक नभएको जनाएको छ । […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी […]

प्रधानमन्त्री ओली र वाइपाका कार्यकारी निर्देशक इर्साहीबीच भेटवार्ता

काठमाडौं । तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्धनसम्बन्धी निकायको विश्व संघ (वाइपा) का कार्यकारी निर्देशक इजमाइल इर्साहीले शिष्टाचार भेट गरेका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरूबीच आज साइडलाइन भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले आजै तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभसँग भेट गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले […]

साढे ११ करोड ठगी आरोपमा पक्राउ परेका सिप्रबी सेक्युरेटिजका महाप्रबन्धकविरुद्ध ३ दिन म्याद थप

काठमाडौं । साढे ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा शेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरेटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवविरुद्ध तीन दिन म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौका एसपी कुलदीप चन्दले तीन दिन म्याद थप भएको बताए । बुधबार बिहान उनी आफैं परिसरको कार्यालय भद्रकालीमा आएपछि नियन्त्रणमा लिइएको थियो । प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मीता […]

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले साउन २३ गते (शुक्रबार) दिनको एक बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । प्रवक्ता मनिष झाका अनुुसार बैठक बोलाउने निर्णय भएपनि एजेण्डाहरु भने तय भइसकेको छैन । केन्द्रीय समिति बैठकमा छलफलका लागि एजेन्डाहरू बुधबार साँभसम्म […]