काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ घटेको छ। मंगलबार तोलामा तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार […]
Author: ननस्टप संवाददाता
प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै संसदमा विपक्षीको विरोध कायमै
काठमाडौँ । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा पनि उनीहरुले विगतमा जस्तै प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन सभामुखबाट रुलिङको माग गरे । नेकपाका गोपाल शर्माले प्रधानमन्त्रीले नै गैरजिम्मेवार अभिव्यक्ति दिने गर्दा मन्त्रीहरूले समेत त्यस्ता अभिव्यक्तिहरूमा प्रतिस्पर्धा गर्न थालेको बताए । ‘गैरजिम्मेवार अभिव्यक्ति दिने प्रतिस्पर्धा […]
अल्जेरियामाथि ३–० को जित, मेसीले गरे ह्याट्रिक
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेसी नायक बने। उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे र टोलीलाई सहज जित दिलाए। सुरुआती चरणमा अफसाइडका कारण उनको एक गोल खारेज भएको थियो। […]
आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा आउँदै
काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजदेखि पाँच सय रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। गभर्नर विश्वनाथ पौडेल को हस्ताक्षर रहेका नयाँ नोट साविककै आकार र रङमा जारी गरिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याइएको हो। नेपाली नोटको नम्बरिङ प्रणालीमा क, […]
तेस्रो बागमती प्रदेश खेलकुद आजदेखि, ३ हजारभन्दा बढीको सहभागिता
हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ आजदेखि सुरु हुँदैछ। हेटौंडा उपमहानगरपालिका–६ स्थित केन्द्रीय खेलकुद प्रतिष्ठान गौरीटारमा बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा प्रतियोगिताको औपचारिक उद्घाटन हुन लागेको हो। यसअघि जेठ २४ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको भए पनि आन्तरिक तयारीका कारण प्रतियोगितालाई असारको पहिलो सातासम्म सारिएको परिषद्ले जनाएको छ। प्रतियोगिताअन्तर्गत एथलेटिक्स विधाका खेलहरू […]
जनयुद्धको इतिहास जोगाउन रुकुम–रोल्पामा सातौँ संयुक्त गुरिल्ला म्याराथन सुरु
रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका र रोल्पाको थबाङ गाउँपालिकाको साझेदारीमा सातौँ अल्ट्रा संयुक्त गुरिल्ला म्याराथन प्रतियोगिता बुधबार बिहान सुरु भएको छ। प्रतियोगिता बिहान ७ बजेर २० मिनेटमा भूमे गाउँपालिका–६ महतबाट औपचारिक रूपमा शुभारम्भ गरिएको हो। तत्कालीन माओवादीले २०५२ देखि २०६२ सालसम्म सञ्चालन गरेको दशवर्षे जनयुद्धका क्रममा छापामारहरूले प्रयोग गरेको ऐतिहासिक पदमार्गको संरक्षण गर्दै युद्ध पर्यटन […]
रास्वपाको प्रदेश सभापतिमा तीन सांसद पराजित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांसद रहेका तीन जना प्रदेश सभापतिको प्रतिस्पर्धामा पराजित भएका छन् । नुवाकोट–२ बाट प्रतिनिधि सभा सदस्य बनेका डा. अच्युत्तम लामिछाने, नवलपुर–१ बाट निर्वाचित राजन गौतम र कञ्चनपुर–१ बाट सांसद बनेका जनकसिंह धामी पार्टीको प्रदेशको मूल नेतृत्वमा पराजित भएका हुन् । लामिछाने बागमती, गौतम गण्डकी र धामी सुदूरपश्चिम सभापतिमा […]
राहदानी विभागका महानिर्देशक अर्याल त्रिपुरेश्वरबाट पक्राउ
काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको आयोगका एक जना उच्च अधिकृतले बताए । विभागको ३०१ नम्बर कोठाबाट उनलाई नियन्त्रणमा लिएको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।
संसद बैठकमा हर्कले उठाए विटौरीदेखि रौतहट र माइतीघरसम्मका मुद्दा
काठमाडौँ । श्रम संस्कृतिका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति अविलम्ब हटाउनुपर्ने र उक्त अभिव्यक्ति हटाउनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले रौतहटमा भारतले उच्च बाँध बाँधेर लालबकैया र वाग्मतीको बहाव रोकेको भन्ने विषय बाहिर आएको भन्दै यसबारे सत्यतथ्य सरकारले सार्वजनिक गर्नुपर्ने बताए । ‘भारतको भूभाग हामीले […]
जवाफका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न प्रतिपक्षी सांसदको माग
काठमाडौँ । नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको प्रतिपक्षी सांसदहरू उठेर विरोध गरेका थिए । प्रतिपक्षी सांसदहरूले विरोध गरेपछि सभामुख डीपी अर्यालले नेकपाका सांसद हमाललाई बोल्न समय दिएका थिए । सभामुखले समय दिएपछि हमालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूहरूको […]










