रूस–युक्रेन युद्धविरामका लागि युरोपेली नेताहरूले राखेका पाँच सर्त

काठमाडौँ । युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित भेटवार्ताको स्वागत गरेका छन्। ट्रम्प र पुटिनबीच पाँच दिनपछि अलास्कामा भेटवार्ता हुने तय भएपछि युरोपेली नेताहरूले त्यसको स्वागत गरेका हुन्। फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, बेलायत, फिनल्याण्ड र युरोपेली संघका नेताहरूले शनिबार संयुक्त विज्ञप्ती जारी गरेर युक्रेनमा जारी युद्ध अन्त्यका लागि कुटनीतिक […]

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्विप

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले साउन २७ गतेको बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् । मुख्यमन्त्री बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा […]

आज देशका यी स्थानमा हुनेछ वर्षा

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम […]

बाढी–पहिरोका कारण देशभर ९ सडक पूर्ण अवरुद्ध, १३५ स्थानमा एकतर्फी सञ्चालन

काठमाडौँ । अविरल वर्षापछिको बाढी र पहिरोका कारण देशका ९ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १३५ स्थानमा एकतर्फी मात्र सञ्चालनमा छन् । सडक विभागका अनुसार कोशी, तमोर र भेरी करिडोरका साथै अरनिको र सिद्धार्थ राजमार्गजस्ता मुख्य सडकहरू बाढी–पहिरोले क्षतविक्षत् हुँदा यातायात ठप्प भएको छ । विभिन्न स्थानमा पहिरो पन्छाउने र डाइभर्सन निर्माण […]

गाजा क्षेत्र कब्जा गर्न खोजेको इजरायललाई पाँच मुस्लिम देशको चेतावनी

काठमाडौँ । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा क्षेत्र ‘कब्जा’ गर्ने योजनालाई अनुमति दिएपछि मुस्लिम बाहुल्य राष्ट्रहरूले विरोध जनाएका छन् । गाजामा जारी युद्धका दौरान इजरायलले कब्जाको रणनीति बनाएपछि मुस्लिम बाहुल्य राष्ट्रहरूले विरोध जनाएका हुन् । साउदी अरब, पाकिस्तान, कतार, कुवेत, टर्कीसहित कयौँ देशहरू र इस्लामिक सहयोग संगठन (ओआईसी)ले इजरायलको पछिल्लो कदमलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भनेका छन् […]

कैलाली कारागारमा झडप, एकको मृत्यु, ५० जना घाइते

धनगढी । कैलाली जिल्ला कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए । शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो । झडपका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती […]

चक्रे मिलनसहित १९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। यसअघि थप सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। पक्राउ परेका ४७ जनामध्ये १९ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच […]

धादिङको जरेखेतमा रूखसहितको पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् । […]

उत्तराखण्ड बाढीमा १७ जना नेपाली परेको आशंका छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्ड क्षेत्रमा गत साउन २० गते आएको बाढीमा नेपालका १७ जना परेको आशंका व्यक्त गरेका छन्। हाल तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बाढीमा परेका नेपालीहरूको उद्धारका लागि कूटनीतिक पहल भइरहेको बताएका हुन्। ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी […]

भदौ दोस्रो साताबाट आन्दोलन गर्ने शिक्षक महासङ्घको निर्णय

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौँमा बसेको महासङ्घको बैठकले पूर्व सहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने […]