विराटनगर । झापामा गाउँलेले रुखमा बाधेका व्यक्ति मृत भेटिएका छन् । मंगलबार राति करिब साढे १० बजे झापा गाउँपालिका- १ लसुनामा आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत भेटिएका हुन् । अत्याधिक मदिरा सेवन गरेका सोरेनलाई मंगलबार राति स्थानीयले आँपको रुखमा बाँधेका थिए । बुधबार बिहान करिब ४ बजे उनी बाँधेकै […]
Author: ननस्टप संवाददाता
इजरायलले गाजा कब्जाको प्रयास गरे अमेरिकाले अवरोध नगर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा कब्जा गर्ने योजनामा अवरोध नगर्ने बताएका छन् । सन् २०२३ मा अक्टोबरमा इजरायलले गाजामा सैन्य आक्रमण सुरु गरेपछि अमेरिकाले लगातार सैन्य सहयोग गरिरहेको छ । अहिले गाजाको ८६ प्रतिशत जमिन आफ्नो कब्जामा लिइसकेको जनाइएको छ । अहिले नै समस्यामा रहेको गाजाबासीहरु लगातारको बमबारीका कारण […]
प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० […]
आजको मौसम – कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्र केछ ?
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। […]
सप्तरीमा मदिरा तस्करसंगको झडपमा प्रहरीले गोली चलायो, एक जनाको मृत्यु
सप्तरी । सप्तरीमा मदिरा नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगड गाउँपालिका वडा नम्बर–२ निवासी ३५ वर्षीय लालु यादव रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ । मदिरा भण्डार गरिएको ठाउँमा गएराति सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले चलाएको गोलीबाट यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी […]
सङ्कल्प प्रस्ताव कार्यान्वयनमा लैजाने बागमतीका मुख्यमन्त्री बानियाँको पहिलो निर्णय
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त भएका छन् । उनले अजै पद तथा गोपनियताको सपथसमेत ग्रहण गरिसकेका छन् । सपथ ग्रहणपछि बानियाँले संसद्ले पारित गरेको सङ्कल्प प्रस्तावलाई ग्रहण गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेका छन् । उनले गत असार २३ गतेको प्रदेशसभा बैठकले पारित गरेको सङ्कल्प प्रस्तावलाई ग्रहण गरेर कार्यान्वयनमा […]
पार्टी फुटको हल्ला निराधार, भ्रष्टाचार र कुशासनविरुद्ध संघर्ष जारी छ – महासचिव कञ्चन
काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बस्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्ला निराधार भएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत जानकारी दिए । पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै कञ्चनले संसदवादी राजनैतिक पार्टीहरुमा गम्भीर समस्या देखिन थालेको […]
‘कुलिङ अफ पिरियड’ छेडखानी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
काठमाडौँ । ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् । असार २३ गते प्रतिनिधिसभा बैठकबाट छानबिन समिति बनेको थियो । समितिलाई पहिला २१ […]
बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त
मकवानपुर । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बागमतीका […]
दुर्गा प्रसाईंलाई छाड्ने आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने
काठमाडौं । दुई फरक मुद्दा खेपिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश […]











