काठमाडौँ। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न सरकार, निर्वाचन आयोग र सबै राजनीतिक दल गम्भीर रूपमा लाग्नुपर्नेमा अधिकांश दलका नेताहरू एकमत देखिएका छन्। सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा सहभागी नेताहरूले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सरकारको भूमिकालाई निर्णायक बताए। छलफलमा नेताहरूले सरकार आफैँ निर्वाचनको मिति सार्न […]
Author: ननस्टप संवाददाता
देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली र पोखरेल
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्। एमालेको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन्। अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल पनि देउवालाई भेट्न पुगेका छन्। अहिले अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको नेकपा […]
नवयुवालाई नेतृत्व र प्रतिनिधित्वको अग्रपंक्तिमा ल्याउन हरिबोल गजुरेलको आह्वान
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले पार्टीको आन्तरिक संकट समाधान गर्न र नयाँपुस्ताको आकांक्षालाई सम्बोधन गर्न आह्वान गरेका छन् । जेनजी आन्दोलनलाई केन्द्रमा राख्दै उनले कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न एक ‘संक्रमणकालीन विशेष नीति’ को प्रस्ताव गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अबको आवश्यकता केवल संगठनात्मक पुनर्संरचना मात्र नभई नेपाली विशेषतासहितको […]
अन्तरिम सरकारलाई निर्वाचनका कानुन संशोधन गर्ने म्यान्डेट छैन: देव गुरुङ
काठमाडौँ । पूर्वमन्त्री तथा नेकपाका नेता देव गुरुङले वर्तमान अन्तरिम सरकारलाई निर्वाचनसम्बन्धी कानुन संशोधन गर्ने कुनै संवैधानिक वा राजनीतिक म्यान्डेट नभएको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अन्तरिम सरकारले निरन्तर निर्वाचनसम्बन्धी कानुन संशोधन गर्नु आफैंमा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचनमाथि गम्भीर आशंका पैदा गर्ने कार्य भएको बताएका छन्। उनले लोकतन्त्रमा अन्तरिम सरकारको दायरा स्पष्ट […]
माइतिघरबाट निकोलस भुसाल, रविकिरण हमालसहित आधा दर्जन पक्राउ
काठमाडौँ । प्रहरीले जेनजी अभियन्ता निकोलस भुसाल, रविकिरण हमाल लगायतआधा दर्जनलाई पक्राउ गरेको छ । माइतीघरमा मिराज ढुङ्गाना नेतृत्वको समूहले गरेको प्रदर्शनबाट उमीहरु पक्राउ परेका हुन् । काठमाडौँ प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायतका अभियन्ताहरू पक्राउ परेका प्रहरीले जनाएकाे छ […]
सुन र चाँदीको मूल्य अहिलेसम्मकै उच्च
काठमाडौं । सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो । यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा […]
मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति, माइतीघरमा सुरक्षा कडा
काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा साे समूह आइपुगेको र आफूहरूले अनुमति नदिने बताएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिए । सीडीओ पौडेलले सोमबार जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र […]
बयान दिन्न, गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा अन्तर्वार्ताका क्रममा ओलीले आफूले यसअघि नै पटकपटक बयान दिन जान्नँ भनेको र यसमा आफू अडिग रहेको बताएका हुन्। प्रधानमन्त्री र आयोगका अध्यक्षले पहिल्यै निष्कर्ष सुनाएका कारण बयानको औचित्य नहुने ओलीले बताएका छन्। ‘आयोगले छानबिन […]
दक्षिण अफ्रिका : रक्सी पसलभित्र चल्यो अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु
काठमाडौँ । दक्षिण अफ्रिकाको जोहन्सबर्ग नजिकैको एउटा सहरमा अन्धाधुन्ध गोली चलेको छ। बेकर्सडाल टाउनसिपमा रहेको एउटा रक्सी पसलभित्रै छिरेर एक समूहले गोली चलाउँदा ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। आइतबार मध्यराति १ बजे एउटा गाडीमा आएका बन्दुकधारीहरूले मदिरा पिउँदै बसेका व्यक्तिहरूमाथि गोली चलाएका थिए। घटनामा १० जना घाइते भएका छन्। गोली चलेपछि […]
गगन थापाको दावी : भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उक्त दिनलाई नेपालको इतिहासकै अकल्पनीय र दुःखद् ‘कालो दिन’ का रूपमा चित्रित गरे। भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी पुस्ता सडकमा उत्रँदा भएको घटनामा धेरै युवाले ज्यान गुमाउनु परेको […]











