भक्तपुर । भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ। जिल्लाभित्रका चारवटै स्थानीय तहमा रहेका लक्षित उमेर समूहका सबै बालबालिकालाई आवश्यक सम्पूर्ण खोप लगाइएको पुष्टि भएपछि शनिबार एक विशेष कार्यक्रमकाबीच भक्तपुरलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो। कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र […]
Author: Nonstop Khabar
पर्यटकीय गन्तव्यस्थल फिक्कल (फोटो फिचर)
सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका नै समृद्ध पर्यटकीय गन्तव्यको रूपमा तीब्र गतिले अघि बढिरहेको छ। विगतमा ओझेलमा परेका प्राकृतिक, सांस्कृतिक र भौगोलिक विशेषता बोकेका स्थानहरूलाई स्थानीय सरकारको पहलमा प्रवर्द्धन गरिएसँगै फिक्कलले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न सफल भएको हो । महाभारत श्रृङ्खलामा अवस्थित २,३८६ मिटर उचाइमा रहेको फिक्कल चुचुरो सिन्धुलीको सबैभन्दा अग्लो शिखर […]
गृहजिल्ला पुगेर प्रधानमन्त्रीले भने-सम्पत्तिसंगै जाँदैन
झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन्। नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाममा स्थापना भएको १० शैय्याको आधारभुत अस्पतालले दैनिक चार सय जनालाई सेवा दिनेछ। प्रधानमन्त्री ओलीले जग्गा दान दिएर अस्पताल निर्माण सम्भव भएको उल्लेख गर्दै मृत्युपछि कसैले केही साथ लैजान नसक्ने […]
बौद्ध विहारमा हवाई आक्रमणमा हुँदा २३ को हताहती
काठमाडौं । म्यानमारको सागिङ क्षेत्रमा बिहीबार राति भएको एक बौद्ध विहारमा भएको हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ । उक्त आक्रमण लिन टा लु गाउँमा रहेको एउटा गुम्बामा भएको थियो, जहाँ नजिकैका गाउँहरूबाट १५० भन्दा बढी मानिस आश्रय लिन आएका थिए। आक्रमणमा ३० जना घाइते भएका छन् जसमध्ये १० जनाको अवस्था गम्भीर छ । […]
आजको मौसम- देशैभर पानी पर्ने
काठमाडौं, २८ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भाग साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ। देशका पहाडी भू-भागका एक […]
पहिलो खेलमा नेपालको भुटानविरुद्ध फराकिलो जित
काठमाडौं । नेपालले पहिलो खेलमा भुटानविरुद्ध ६–१ को फराकिलो जित निकालेको छ। नेपाली यू–२० महिला राष्ट्रिय फुटबल टिमले साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेको हो । नेपालका लागि पुर्णिमा राईले मात्रै ४ गोल गरेकी थिइन् भने अर्की स्टार खेलाडी सेनु परियारले २ गोलसहित नेपालले कुल ६ गोल हानेको हो । नेपालको जितमा पूर्णिमा […]
नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक(पढ्नुस् पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत् मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने उद्देश्यले विभिन्न रणनीतिहरु अघि सारिएको देखिन्छ । शुक्रबार राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा कोभिड पछिको अर्थतन्त्र उकास्न ब्याजदर करिडोरको अन्तराष्ट्रिय असल अभ्यास अवलम्बन गर्ने […]
प्रधानमन्त्री ओलीको अर्ती- तीस वर्षमा तीन सन्तान पाउनु,रमाउन चालिस नकुर्नु
काठमाडौँ, २७ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको समान विकास आवश्यक रहेको उल्लेख गर्दै समयमै विवाह गरी सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ सार्वजनिक कार्यक्रममा ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिए। जनसङ्ख्यालाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने धारणा व्यक्त […]
आश्रम पुगे प्रचण्ड, मानव सेवामा सहयोग पुर्याउन आग्रह
काठमाडौ । आफ्नी पत्नी एवं पार्टी सल्लाहकार सीता दाहालको दोश्रो स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानव सेवा आश्रम, रानीवन पुगेर त्यहाँ आश्रय लिइरहेकाहरुलाई मिस्ठान्न भोजन गराएका छन् । अध्यक्ष प्रचण्डले आश्रममा आश्रितहरु संग आत्मीय भेटघाट गर्दै आफैले भोजन गराउनुका साथै स्वयं पनि उनीहरूसँगै बसेर खाना […]
प्रधानमन्त्री भन्छन्- विद्यालयमा छात्रभन्दा छात्रा बढी, नतिजामा पनि छात्रा नै अगाडि
ललितपुर । महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर देशको समृद्धिका लागि काम गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीका अनुसार उद्यमशीलताको विकासमार्फत मात्र समृद्धि सम्भव छ। उनले सरकार महिला र युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गरे। “यस सम्मेलनबाट […]











