पर्यटकीय गन्तव्यस्थल फिक्कल (फोटो फिचर)

Fikkal
Fikkal

सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका नै समृद्ध पर्यटकीय गन्तव्यको रूपमा तीब्र गतिले अघि बढिरहेको छ। विगतमा ओझेलमा परेका प्राकृतिक, सांस्कृतिक र भौगोलिक विशेषता बोकेका स्थानहरूलाई स्थानीय सरकारको पहलमा प्रवर्द्धन गरिएसँगै फिक्कलले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न सफल भएको हो ।

Fikkal
Fikkal

महाभारत श्रृङ्खलामा अवस्थित २,३८६ मिटर उचाइमा रहेको फिक्कल चुचुरो सिन्धुलीको सबैभन्दा अग्लो शिखर हो। यो स्थानबाट मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ हजारौं स्थानीय तथा विदेशी पर्यटकको आगमन भइरहेको छ। दृश्यावलोकनलाई थप आकर्षक बनाउन यहाँ एउटा भ्यू टावरको निर्माण गरिएको छ, जुन चनौटे गाउँ हुँदै जान सकिन्छ। त्यस क्षेत्रमै स्थानीय समुदायले फिक्कल सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका छन्, जहाँ पर्यटकले जातीय संस्कृति, परम्परागत झाँकी र अर्गानिक परिकारको स्वाद लिन सक्छन्।

Fikkal
Fikkal

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने फिक्कल गाउँपालिका भौगोलिक हिसाबले राजधानीसँग नजिक रहेको हुँदा यहाँ पूर्व–पश्चिम यात्रा गर्ने यात्रु तथा पर्यटकको रोजाइमा पर्न थालेको छ। फिक्कल चुचुरोसँगै महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती क्षेत्रबाट हिमालको स्वच्छ र सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।

Fikkal
Fikkal

सुनकोशी नदीले रामेछाप, ओखलढुंगा र सिन्धुली जिल्लाको सिमाना छुट्याएको छ। यस नदीमा साहसिक जलक्रीडा ‘र्‍याफ्टिङ’ समेत गर्न सकिन्छ। साथै, स्थानीय बासिन्दाहरू माछा मारेर जीविकोपार्जन गर्ने गरेका छन्।

ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको फिक्कल चुचुरोको नामबाट स्थापित फिक्कल गाउँपालिकाले पर्यटन पूर्वाधारको विकास, प्रचारप्रसार र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर ब्रान्डिङ र बजार व्यवस्थापनमा जोड दिइरहेको छ। गाउँपालिका अध्यक्ष पार्वती सुनुवारका अनुसार, गाउँपालिकाले पर्यटनलाई समृद्धिको मुख्य आधार मानेर सडक, अस्पताल, विद्यालय भवनलगायत पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ।

Fikkal
Fikkal

अध्यक्ष सुनुवार र उपाध्यक्ष राजु बरालको अनुभवी तथा ऊर्जाशील नेतृत्वमा गाउँपालिकामा विविध मेला-महोत्सव, रोजगारमुखी तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन्, जसले स्थानीय युवालाई स्वरोजगारमा लाग्न प्रेरणा दिइरहेको छ।

Fikkal
Fikkal

यदि संघीय सरकार, प्रदेश सरकार तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायले फिक्कलको पर्यटन प्रवर्द्धन नीतिमा साथ र सहयोग पुर्‍याएमा, राजधानीसँग नजिकको उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा फिक्कलको पहिचान स्थापित हुने निश्चित छ। यसले सिन्धुलीको समृद्धिमा नयाँ युगको शुरुआत गर्नेछ।

Fikkal
Fikkal

तस्बिर: प्रदीपराज वन्त,

(वन्त राष्ट्रिय फोटोपत्रकार समूह (NFPJ) नेपालका अध्यक्ष हुन् ।)