झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन्।
नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाममा स्थापना भएको १० शैय्याको आधारभुत अस्पतालले दैनिक चार सय जनालाई सेवा दिनेछ।
प्रधानमन्त्री ओलीले जग्गा दान दिएर अस्पताल निर्माण सम्भव भएको उल्लेख गर्दै मृत्युपछि कसैले केही साथ लैजान नसक्ने भएकाले सामाजिक सेवामा लाग्नुपर्ने बताएका छन्। उनले अस्पतालको क्षमता विस्तारका लागि सरकारी सहयोग रहने बताए।
प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाममा विभिन्न कार्यक्रममा सहभागी हुँदै छन्।






