इतिहासमै पहिलो पटक नवदुर्गा दर्शनमा राष्ट्र प्रमुखको सट्टा कर्मचारी सरिक

भक्तपुर । इतिहासमै पहिलो पटक यस वर्षको कोजाग्रत पूर्णिमाको दिन भक्तपुर-९ स्थित नवदुर्गा मन्दिरमा राष्ट्र प्रमुख आएनन् । प्रत्येक दशैको कोज्राग्रत पूर्णिमामा राष्ट्र प्रमुख सवारी हुने प्रचलन यो वर्ष टुटेको हो । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार नवदुर्गा दर्शनका लागि आउने बिश्वाससहित नवदुर्गा मन्दिर व्यवस्थापन समितिले तयारी अघि बढाएको थियो । तर, अन्तिम समयमा उनी अनुपस्थित […]

भक्तपुर प्रमुखको जोड — वैदेशिक हस्तक्षेपविरुद्ध सशक्त आन्दोलन आवश्यक

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा बढ्दो अस्थिरता र विदेशी हस्तक्षेपका सम्भावनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वैदेशिक हस्तक्षेपविरुद्ध सशक्त राष्ट्रिय आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् । नेपालभाषा साहित्य तःमुंज्याको ४५औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख प्रजापतिले नेपालका प्रशासनिक संरचना— सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जलाइएका हालका […]

बजारमा तरलता बढेपछि ९० अर्ब तान्दै राष्ट्र बैंक

Governor Nepal Rastra Bank

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

दण्डहीनता अन्त्य गर्न निजी क्षेत्रको आग्रह

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको वताएका छन्  । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसंगको भेटमा अर्थमन्त्री खनालले उक्त प्रतिवद्दता जाहेर गरेका हुन्  । सरकारले पुर्ननिर्माणका लागि […]

मनसुनी वायुको प्रभाव कमजोर हुँदै, घट्यो प्रकोपको जोखिम

काठमाडौं । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का  अनुसार गण्डकी , लुम्बिनी , कर्णाली र सुदुरपश्चिम […]

अझै अस्पतालको शैयामा ३० आन्दोलनकारी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणले ‘जेन–जी आन्दोलन’ले देशभर गम्भीर मानवीय असर पारेको स्पष्ट गरेको छ। हालसम्म अस्पताल पुगेका ४९ जनाको ज्यान गइसकेको छ भने ३० जना अझै विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। मन्त्रालयका अनुसार, काठमाडौंका सिभिल अस्पतालमा एक, राष्ट्रिय ट्रमा सेन्टरमा १०, काठमाडौं मेडिकल कलेजमा तीन, त्रिवि शिक्षण अस्पतालमा पाँच, पाटन […]

एउटा अजङ्गको घडी !

एउटा अजङ्गकाे घडी यति ठूलाे हाेस् कि बरू घण्टाघर सानाे बनाेस् यति अग्लाे कि धरहराभन्दा थाेरै हाेचाे हाेस् जसलाई टुँडिखेलकाे बीचैमा झुण्ड्याइयाेस् सेकेन्ड र मीनेटका सुईँहरू भाेटाे जात्रा रथकाे लिङ्गाे जत्रै माेटा हुन् सुईँहरू घुम्दा टिकिटिकटिकटिक हाेइन डिङडङडिडङ आवाज आइरहाेस् ! मानिसलाई समय मात्र नजनाओस् ऊ बाँचिरहेकाे हैसियत नै चिनाओस् भ्रष्टाचार र सदाचारकाे ऐना देखाओस् […]

प्रधान न्यायाधीशमाथि जुत्ता प्रहार, वकिललाई निलम्बन

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतमा सोमबार घटेको एक घटनापछि बार काउन्सिल अफ इन्डियाले वकिल राकेश किशोरलाई कानुनी व्यवसाय (law practice) गर्नबाट निलम्बन गरेको छ। भारतका प्रधानन्यायाधीश (Chief Justice of India) बी. आर. गवईमाथि अदालतको कोर्ट नम्बर १ मा सुनुवाइ चलिरहेका बेला राकेश किशोरले जुत्ता प्रहार गरेको आरोप लागेको हो। घटनालगत्तै सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणमा लिएर […]

प्रकृतिले मुखौटा लगाउँदैन

दिउँसोको उज्यालो! रातिको निलो शान्त, शौम्य, मौनता! जसरी नियमित प्रकृति निरन्तर फुलिरहनेछ, चन्द्रमा चम्किरहन्छ, समय बदलिन्छ, तर नियम एउटै रहन्छ। प्रकृतिले मुखौटा लगाउँदैन,  न त आफ्नो रङ्ग फेर्छ! तर यहाँ! मान्छे स्वच्छ प्रकृति, यही धर्ति आकाशमा उभिएर; आफ्नै भित्री रौद्र, दानवी चरित्र देखाइरहन्छ। पूर्णचन्द्रको उज्यालो कसले चोर्ने? त्यो शीतलता, त्यो मौनता, त्यो अविभेद प्रेम! जसरी […]

धादिङमा छोराले लिए आमाको ज्यान, सिङ्गो गाउँ स्तब्ध

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकठेरीमा आइतबार साँझ एक हृदयविदारक घटना घटेको छ । करिब साढे ८ बजे आफ्नै छोराले आमाको ज्यान लिएपछि सिङ्गो गाउँ स्तब्ध बनेको छ । ३० वर्षीय यमबहादुर कडेंल (जिरे) ले आफ्नी ५४ वर्षीया आमा राममायाँ कडेंलको घाँटीमा धारिलो हतियार प्रहार गरी ज्यान लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि […]