कार्यकारी भूमिकापछि झन् सक्रिय, देशव्यापी अभियान थालिने: प्रचण्ड

काठमाडौं, २२ मंसिर । पार्टी एकीकरण भएको १९ महिनापछि नेपाल कम्युनिस्ट पार्टीले एकीकृतरूपमा देशव्यापी अभियान थाल्ने तयारी गरेको छ। एक वर्षअघि बसेको स्थायी समिति बैठकले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरे पनि आन्तरिक विवादका कारण उक्त निर्णय अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन। एकता भएसँगै शीर्ष नेताहरूले देशव्यापीरूपमा अभियान सञ्चालन गर्ने दर्जनौंपटक घोषणा गरे पनि कार्यान्वयनमा अहिलेसम्म […]

पार्टी क्रियासिल बनाउन उच्च तहका नेकपा नेताहरुसँग सघन छलफल: प्रचण्ड

काठमाडौं, २२ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी क्रियासिल बनाउन उच्च तहका नेकपा नेताहरुसँग सघन छलफल गरिरहेका छन् । सोमबार पार्टी सचिवालयको बैठक डाकेका प्रचण्डले नेताहरुसँग शनिवार र आइतवार विहानैदेखि छलफल शुरु गरेका छन् । आइतवार विहानै नेकपा बरिष्ठ नेता माधवकुमार नेपालसँग आफ्नै निवासमा २ घण्टा छलफल गरेका छन् भने शनिवार महासचिव बिष्णु […]

कोहलपुरमा ट्रकको ठक्करबाट बालिका गम्भिर घाइते,स्थिति तनावग्रस्त

कोहलपुर २२ मंसिर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिका गम्भिर घाइते भएपछि स्थिति तनावग्रस्त भएको छ । आइतबार बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडी ना २ ख ९४५९ नम्बरको बालिकालाई ठक्कर दिएको थियो । स्कुले बालिका ट्रक ठक्करबाट गम्भिर घाइते भएपछि विद्यार्थीहरुको समूहले उक्त ट्रकमा आगजनी गरेका छन् । त्यसपछि प्रहरीले बल […]

नयाँदिल्लीको खाद्यान्न मन्डीमा भीषण आगलागी, कम्तीमा ३२ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको झाँसी रोडमा रहेको एक अनाज मण्डीमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको छ। घटनापछि यस क्षेत्रमा हाहाकार मच्चिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मध्यदिल्लीको झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एक उद्योगमा आगो लाग्दा भित्र रहेका मानिसहरूको निसास्सिएर मृत्यु भएको हो। ३० वटा […]

महरा बलात्कारको अभियोगमा जेल परेपछि नयाँ सभामुखको खोजी सुरु

काठमाडौं, २२ मंसिर । नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ सभामुखका बिषयमा छलफल थालेका छन् । सभामुख कृष्णबहादुर महरा बलात्कारको अभियोगमा जेल परेपछि नयाँ सभामुखका बिषयमा दुई अध्यक्षले छलफल थालेको नेकपा नेता देवेन्द्र पौडेलले बताए । ‘दुई अध्यक्षबीच नयाँ सभामुखका बिषयमा अनौपचारिक छलफल भइरहेको छ’ नेता पौडेलले भने ‘दुई अध्यक्षबीच सहमति […]

सीमा विवादमा उच्चस्तरीय छलफल गर्न भारतद्धारा अस्वीकार

काठमाडौं २२ मंसिर । नेपालसँग सीमा विवादमा उच्चस्तरीय छलफल गर्न भारतले अस्वीकार गरेको छ । भारतले कालापानी क्षेत्र आफ्नो नयाँ नक्सामा राखेपछि नेपालले सीमा विवादका बिषयमा छलफल गर्न भारतलाई कुटनीतिक नोट पठाएको थियो । कुटनीतिक नोटको कुनै जवाफ नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष दूत बनाएर पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई दिल्ली […]

नयाँ भवन पाएपछि विद्यार्थी भन्छन्– अब त ठूलो हावा चल्दापनि स्कूल विदा हुँदैन !

भक्तपुर, २२ मङ्सिर । जीवनज्योति मावि पालुङटार–८ च्याङ्ली गोरखामा कक्षा १० मा अध्ययनरत् छात्रा विवेचना देवकोटाको आज खुसीले भूँईमा खुट्टा छैन । उनी फुरुङ्ग छिन् । उनको खुसीको कारण परीक्षामा नम्बर बढी आउनु होइन । नत शिक्षकको स्याब्बासी नै हो । उनी खुसी हुनुको कारण हो– उनको विद्यालयको भवन नयाँ बन्नु । २०७२ मा गएको […]

दुर्गम बिद्यालयको पीडा एउटा कोठामै तीन वटा कक्षा !

काभ्रे, २२ मङ्सिर । सुन्दा अचम्म लाग्न सक्छ । एउटै कोठामा तीन वटा फरक फरक कक्षा सञ्चालन भन्दा तर काभ्रेका दुर्गम भेगमा प्रर्याप्त बिद्यालय भवन नहुँदा एउटै कोठामा तीन वटा कक्षा सम्म सञ्चालन हुँदै आएका छन । भूकम्पका कारण भत्किएका बिद्यालयको पुनः निर्माणमा भएको ढिलाइका कारण जिल्लाका दुर्गम महाभारत र खानीखोला गाउँपालिकामा एउटै कोठामा तीन […]

बस दुर्घटनामा एकको मृत्यु, चार गम्भीर घाइते

लमजुङ, २२ मङ्सिर । लमजुङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका ७ पाउँदीमा आइतबार विहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । उक्त बस प्रहरी चेक पोष्ट नजिकैबाट करिव १०० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक […]

सूर्य कम्प्लेक्समा आगलागी क्षतिको विवरण आउन बाकी

सुनसरी, २२ मंसिर । सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा आगलागी भएको छ । शनिबार राति करिब १२ बजेबाट सुरु भएको आगलागी आइतबार बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाँच तले सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो । आगलागीको […]