व्यक्तिको नाममा बनाइएको करिब १९ विघा सरकारी जमिन फिर्ता

सर्लाही, ३० मंसिर । नेपाल सरकारले अनाधिकृत रुपमा व्यक्तिको नाममा दर्ता गरिएको करिब १९ बिघा जमिनको दर्ता खारेजी गरेको छ । मालपोत कार्यालय बरहथवा सर्लाहीमा अनधिकृत व्यक्तिहरूले आफ्नो नाममा दर्ता गरेका जमिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दर्ता खारेजी गरी नेपाल सरकारको नाममा फिर्ता लिएको हो । साविकमा नेपाल सरकारको नाममा दर्ता कायम […]

लोथरमा दुई ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु तीन घाइते

स्याङजा, ३० मंसिर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुई वटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक हेटौंडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना ५ख […]

निर्माण सुरु भएको आठ बर्ष बितिसक्दा पनि बनेन पुल

गोरखा, ३० मङ्सिर । सोती खोला पुल निर्माण सुरु भएको आठ वर्षदेखि अलपत्र अवस्थामा छ । उत्तरी गोरखा हुँदै छिमेकी राष्ट्र चिन जोड्ने बेनीघाट–आरुघाट लार्केभञ्ज्याङ सडकको आरुघाट–४ थुमी स्थित सोती खोलामा पुल निर्माण सुरु भएको वषौँ हुँदा पनि अलपत्र भएकोमा स्थानीय चिन्तित भएका छन् । ‘पुल बन्ने रे भन्ने, सुनेको पनि धेरै भयो तर अहिलेसम्म […]

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने

काठमाडौँ, ३० मङ्सिर । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी दिए । उनका अनुसार सो वायुको प्रभावले देशभर चिसो […]

बुटवलबाट पाल्पा तर्फ आउदै गर्दा झुम्साबाट २ जना युवक लागुऔषध सहित पक्राउ

पाल्पा ३० मंसिर । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानबाट लागुऔषध सहित २ जना युवक पक्राउ परेका छन् । प्रहरी चौकी दोभानले झुम्सामा चेकजाँच गर्ने क्रममा स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं ५ का स्थायी बासिन्दा हाल पोखरा महानगरपालिका १७ बस्ने २२ वर्षका विशाल नेपाली र कास्की मादी गाउँपालिका वडा नं ९ बस्ने ३१ वर्षका किरण गुरुङ् […]

जुम्लामा हिमपातबाट एकको मृत्यु, जडिबुटी संकलनमा गएका १२ जना सम्पर्कविहीन

जुम्ला ३० मंसिर । जडिबुटी खोज्न जाँदा बेपत्ता भएका १३ जनाको खोजी गर्न गृह मन्त्रालयले हेलिकोप्टर पठाउने तयारी गरेको छ। उनीहरुको खोजी र उद्दार गर्न सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर परिचालन गर्न लागिएको निमित्त प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठले जानकारी दिए। तर सुर्खेतको भिजिबिलिटी कम भएका कारण अहिलेसम्म हेलिकोप्टर उड्न सकेको छैन। बाक्लो हुस्सु लागेका कारण […]

कालापानीबारे बल्ल भयो यस्तो स’नसनीपूर्ण खुलासा, हेर्नुहोस गोप्य पत्रसहित

नेपाल । अङ्ग्रेज यु’द्ध समाप्तिपछि सुगौली सन्धि हुनुअघि नै तत्कालीन इस्ट इण्डिया कम्पनी महाकाली नदीलाई नेपालसँगको सिमाना मान्न तयार रहेको एउटा पुरानो दस्तावेजले देखाएको छ। सन् १८१५ मा तात्कालिन इस्ट इण्डिया कम्पनीको गभर्नर जनरल लर्ड मोइराले ब्रिटिश सरकारको एउटा कमिटीलाई लेखेको गोप्य पत्रमा काली नदीलाई उपनिवेशकालीन भारत र नेपालको सीमाका रूपमा स्वीकार गरेका थिए। कुमाउ यु’द्धमा […]

ओढारमा भैंसी पालेर दुई छोरालाई मास्टर डिग्री पढाउने यि महान आमा

केटरी बोहरा आफू निरक्षर हुन, तर छोराहरुलाई स्कूल पढाउन केटरीले २८ वर्षसम्म घनघस्याको जंगलको ओढारमा भैंसी पालेर छोरालाई मास्टरडिग्री पढाएका छन । बैतडीको पाटन नगरपालिका–७, कैलपालकी केटरी बोहराले २८ वर्षसम्म लेकको ओढारमा भैंसी पालेर घिउ बेचेर छोरालाई मास्टरडिग्री पढाएको कथा निकै मर्मस्पर्शी छ । निरक्षर केटरी बोहराको सानैमा विवाह भयो । श्रीमान रोजगारीका लागि देश […]

दुर्घटना अपडेट : ज्यान गुमाउनेमा सिन्धुपाल्चोकका सबैभन्दा बढी

भक्तपुर, ३० मङ्सिर । भक्तपुरको सूर्यविनायक र जगातीको बीचमा पर्ने आदर्श चोकबाट चालक सहित ३२ यात्रु बोकेर दोलखाको कालिञ्चोक तीर्थ यात्रामा निस्केको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस फर्कने क्रममा दुर्घटना हुँदा १५ यात्रुको ज्यान गएको छ । ज्यान जानेमा धेरैजसो भक्तपुरका अस्थायी वासिन्दा रहेका छन् । आइतवार विहान कालिञ्चोक दर्शन गरि फर्कने क्रममा […]

महाधिबेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र गुटगत टकाराव शुरु, घरघरमा गुट भेला सिटौलालाई पेलेरै जाने देउवाको तयारी

काठमाडौं ३० मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र गुटगत टकराव उत्कर्षमा पुगेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गुटले केन्द्रीय समितिको बैठक निरन्तर बहिष्कार गरिरहेको छ भने, सभापति शेरबहादुर देउवा पेलेरै जाने गरी बैठक सञ्चालन गरिरहेका छन् ।महाधिबेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र गुटगत टकाराव शुरु भएको छ । सभापति शेरबहादुर देउवा […]