काँग्रेसमा भागबन्डा विवाद कायमै महाधिवेशन अर्को वर्ष गर्ने सैद्धान्तिक सहमति

काठमाडौँ, १ पुस । नेपाली काँग्रेसभित्र १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा बढेको मतान्तर अब सहमतिमै टुङ्ग्याउने गरी अगाडि बढेको छ । तर पनि संस्थापन पक्ष पूर्वसहमतिअनुसार ६० र ४० को भागबन्डा गर्न तयार नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट देखिएको छ । संस्थापन पक्ष र अर्को पक्षबीच सोमबार भएको गहन छलफलपछि […]

पाकिस्तानी दुतावासद्धारा पुरस्कार वितरण समारोहको आयोजना

काठमाडौं । काठमाडौमा रहेको पाकिस्तानी दुतावासले वार्षिक एम्बेस्डर निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । दुतावासले काठमाडौंको बौद्धस्थित होटल हायातमा आठौ निबन्ध लेखन तथा चौथो वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई विशेष समारोहको आयोजना गरी पुरस्कार वितरण गरेको हो । समारोहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभयो । त्यसैगरी […]

Pakistani Embassy held Price distribution ceremony

Kathmandu:- Kathmandu based Pakistani Embassy has organized award-giving ceremonies to the winners of 8th Annual Ambassador of Pakistan Essay Writing Competition and 4th Annual Ambassador of Pakistan Speech Competition amidst a function on Monday in Kathmandu. On the occasion, Jagat Bahadur Sunar (Bishwakarma), Minister of Youth and Sports gave away awards to the winning students. […]

टुटल र पठाओको पक्षमा उच्च अदालतको फैसला

भक्तपुर, ३० मङ्सिर । पछिल्लो समय विशेषत: शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने भएका छन् । यसलाई रोक्नका लागि परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यसले निरन्तरता पाएको हो । ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक भएको भन्दै रोक्न माग गर्दै उच्च अदालत पुगेका थिए । […]

प्रदेश नम्बर ५ को राजधानी र नामाकरण सिफारिस समितिले प्रतिवेदन बुझायो

बुटवल, ३० मंसिर । प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले आफ्नो प्रतिवेदन आज प्रदेशसभा सचिवालयमा बुझाएको छ । पटक–पटक आलोचित हुुँदै आएको समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम ठाउँ सिफारिस गरेर आज सभामुख पूर्णबहादुर घर्तीलाई बुझाउने तयारी गरेको थियो । सभामुख घर्ती बुटवल बाहिर रहेकोले उपसभामुख कृष्णी थारु र प्रदेश सभाका […]

अत्याधिक हिमपातका कारण दर्जन बढी विद्यालयको रोकियो परीक्षा

दार्चुला, ३० मंसिर । दार्चुलामा अत्याधिक हिमपातका कारण अपि हिमाल गाउँपालिकाभित्रका विद्यालयमा सञ्चालन भएको अर्धवार्षिक परीक्षा रोकिएको छ । शुक्रबार र शनिबार आएको हिमपातका कारण आइतबारदेखि शुरु भएको परीक्षा रोकिएको हो । गाउँपालिकाभरीका २३ विद्यालयमध्ये आधा दर्जन विद्यालयको परीक्षा रोकिएको हो । गाउँपालिकाभरी एकै समयमा परीक्षा सञ्चालन गर्ने भनिएकोमा हिमपातका कारण आधा विद्यालयले परीक्षा सञ्चालन […]

पौडेल समूहले बोलायो गुटको बैठक केन्द्रीय समितिको बैठक बहिस्कार

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार पनि केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको छ । संस्थापन पक्षसँग वार्तापछि शीर्ष नेताहरुबीच भएको छलफलले बैठकमा नजाने निर्णय गरेको छ । पौडेल पक्षले दिउँसो तीन बजे आफ्नो पक्षको बैठक बोलाएको छ । त्यसपछि सोमबार विहान दुई पक्षको वार्ता समितिबीच कुराकानी भएको थियो । […]

सरकारले हालै सङ्घीय संसद्मा दर्ता गराएको विशेष सेवा विधेयक स्वीकार्य छैन:कांग्रेस

काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हालै सङ्घीय संसद्मा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस संसदीय दलको कार्यालयले आज एक विज्ञप्तिमार्फत उक्त विधेयकमा भएका व्यवस्थाले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रतालाई कुण्ठित गर्ने […]

भूकम्पमा परी कम्तीमा, सातको मृत्यु

फिलिपिन्स, ३० मंसिर । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६।८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । यस भूकम्पबाट ज्यान गुमाउन व्यक्तिहरुमा […]

नेताले गुण्डा पालेर देशमा समृद्धि आउँदैन:एसपी राठौर

चितवन, ३० मंसिर । केन्द्रीय राजधानी नजिकै रहेको चितवन जिल्लामा तीव्र शहरीकरण भइ रहेको छ । जति छिटो पूर्वाधारको विकास भइरहेको छ, त्यति नै बिकृतिहरु पनि भित्रिइरहेको छ । मेडिकल सिटीको रुपमा विकास भइ रहेको चितवनलाई मिर्गौला र सुन तस्करहरुले ट्रान्जिट बनाएको तथ्य पनि पत्ता लागेको छ ।त्यति मात्रै होइन, चितवनमा थरिथरिका बिकृति पनि छन् […]