पाकिस्तानका पूर्वराष्ट्रपतिलाई मृत्युदण्ड फैसला

भक्तपुर, १ पुस । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ । देशद्रोहको आरोपमा उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।लाहौर हाइकोर्टले मृत्युदण्डको फैसला सुनाएपछि सनसनी फैलिएको छ । उनले तत्कालीन सरकार लाई अपदस्त गरि शैनिक शासन चलाएका थिए । उनी हाल पाकिस्तान बाहिर छन् ।

इतिहासमै पहिलोपल्ट ठूलो संख्यामा शिक्षकको सरुवा कुन शिक्षक कुन पालिका जाँदै? सूचीसहित

काठमाडौं, १ पुस । घर पायक र सुगम ठाउँमा मात्र शिक्षकहरु बस्ने गरेको आरोप लागिरहेका बेला सरकारले इतिहासमै पहिलोपल्ट ठूलो संख्यामा शिक्षकको सरुवा गर्ने भएको छ । शिक्षक सरुवाका लागि दरबन्दी मिलान र पुनर्वितरणका लागि किटान गरिएको पालिकागत दरबन्दी विवरण सार्वजनिक गरिएको छ । सोही अनुसार शिक्षक सरुवाका लागि सरकारले तयारी थालेको छ । सरकारले […]

विद्या भट्टराईले लिइन् सांसदको सपथ

काठमाडौँ, १ पुस। गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले सांसद पदको सपथ लिएकी छिन् । सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मपद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन भएपनि यतिखेर सभामुख नभएकाले भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराइएको हो । संविधानको धारा ९१ […]

मालपोत कार्यालय भक्तपुरका सुब्वा मिश्र र कास गौतम उपर अख्तियारद्वारा आरोप पत्र दायर

भक्तपुर, १ पुस । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम उपर भ्रष्टाचार अभियोगमा अख्तियारले आरोप पत्र दायर गरेको छ । मंगलवार विशेष अदालतमा उनीहरु उपर आरोप पत्र दायर गरिएको हो । सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी करार भाईकाजी गौतम […]

सडक दुर्घटना तीव्र गतिकै कारण १९ जनाको ज्यान गयो

अर्घाखाँची २९ मङ्सिर । नेपालमा सडक दुर्घटनापछि कमैमात्रै छानविन समिति बन्ने र समिति बनेपनि त्यसले समयमै प्रतिवेदन बुझाउने गरेका थिएनन् । २० दिनअघि मङ्सिर ११ गते, अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटनामा परि १९ जनाको ज्यान गएपछि बनेको छानविन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । अर्घाखाँचीमा भएको बस दुर्घटनाको प्रमुख कारण नै तीव्र गती भएको छानविन […]

एसईई परीक्षा तालिका सार्वजनिक

  काठमाडौं, १ पुस । २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते […]

कक्षा ११ ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

भक्तपुर, १ पुस राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । सोमबार उक्त परीक्षाफल प्रकाशन गरिएको हो । कात्तिक ३० र मङ्सिर १ गते लिइएको उक्त परीक्षामा १ लाख ४ हजार ३ सय ४६ परीक्षार्थी सहभागी भएका थिए । परीक्षा लिएको १ माहिनामै बोर्डले नतिजा प्रकाशन गरेको हो । […]

पछिल्लो पटक दिन प्रतिदिन सडक दुर्घटनामा भएका मानवीय क्षतिले निद्रा परेको छैन: प्रधानमन्त्री ओली

काठमाण्डौ, १ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाएर सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाइ तत्काल लागू गर्न निर्देशन दिएका छन । पछिल्लो समय सडक दुर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई सोमबार बोलाएका हुन । […]

शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने, टुटल र पठाओबारे बुझौं

काठमाडौं, १ पुस । पछिल्लो समय विशेषत शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने भएको छ । यसलाई रोक्नका लागि परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यसले निरन्तरता पाएको हो । ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक भएको भन्दै रोक्न माग गर्दै उच्च अदालत पुगेका थिए । […]

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको शपथ आज

काठमाडौं, १ पुस । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ । १४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई […]