काठमाडौं २ पुस। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल समुहलाई पेलेरै जाने तयारी गरेको छ । महाधिबेशनको कार्यतालिका बैठकको एजेण्डा बनाउँदा पनि पौडेल पक्ष केन्द्रीय समितिमा नआएपछि धमाधम बहुमतका आधारमा निर्णय लिने तयारी गरिएको छ । स्थगित कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि पुन शुरु हुँदैछ । पौडेल पक्षलाई ल्याउन दुई दिन बैठक […]
Author: Nonstop Khabar
लिलामि काठ बिक्रीबाट ७४ लाख राजश्व
झापा, २ पुस । एक दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका तथा बेवारिसे अवस्थामा बरामद गरिएका काठ लिलाम बिक्री गरिएको छ । वन मुद्दामा बरामद गरिएका र पुराना काठ बिक्रीबाट कार्यालयले रु ७४ लाख राजश्व प्राप्त गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । उनका अनुसार साल जातको काठ […]
रौतहटबाट हतियारसहित तीन जना पक्राउ
रौतहट २ पुस । रौतहटबाट तीन जना हतियारसहित पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमार आजात चोकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्षीय दामोदर साह र रौतहटको पर्रोहा […]
आज पुस २ गते बुधबार, तपाईंको राशिफलमा छ विशेष
वि.सं. २०७६ पुस २ गते बुधबार । इ.स. २०१९ डिसेम्बर १८ । नेपाल संवत ११४० थिंलागा । पौष कृष्णपक्ष । सप्तमी, २४:३० उप्रान्त अष्टमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा अलि कमजोर देखिनेछ। तापनि […]
सरकारको निर्देशन बमोजिम लिम्पियाधुरा समेटेर नयाँ नक्सा तयार गर्ने प्रक्रिया अगाडि बढ्दै
काठमाडौं १ पुस । नापी विभागले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा तयार पार्न थालेको छ । सरकारको निर्देशनबमोजिम भारतबाट अतिक्रमित नेपाली भूभागलाई समेटेर नयाँ नक्सा तयार गर्ने प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ । ‘नयाँ नक्सा तयार गर्ने गरी प्रक्रिया अगाडि बढेको छ’ विभागका सूचना अधिकारी दामोदर ढकालले भने । संघीय संसदका राज्य व्यवस्था समिति र […]
बहाव घट्दै जानाले ७० मेगावाटको मध्यममर्स्याङ्दीआयोजनाको उत्पादन ४५ मेगावाटमा झर्यो
लमजुङ, १ मंसिर । मर्स्याङ्दी नदीमा पानीको बहाव घट्दै जाँदा मध्यममर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ । बेंसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ । आयोजनामा ३५–३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन् । आयोजनाका प्रमुख शिवकुमार शाहले भने, ‘पानी कम भएकाले […]
‘पार्टी कमजोर भएका बेला सामानान्तर बनाउनु कांग्रेसभित्र घात हो’ देउवा पक्ष भन्छ–पार्टी फुटाएर गए भैगो नि!
काठमाडौं, १ मंसिर। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्रको दुई समुहको विवाद उत्कर्षमा पुगेको छ । महाधिबेशनको कार्यतालिकालाई लिएर उत्पन्न विवाद भात्रृ संगठनको भागबन्डासम्म पुगेको छ । सभापति शेरबहादुर देउवा समुहलाई अप्ठेरो पार्न वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले भात्रृ संगठनमा भागबन्डा खोजेको कांग्रेस नेताहरुले बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले तरुण दल वा नेपाल बिद्यार्थी […]
केही सञ्चारमाध्यमले तथ्यलाई स्वीकार गर्न नसक्दा जनतामा भ्रम सिर्जना भइरहेको छ: सञ्चारमन्त्री
काठमाडौँ, १ पुस । अङ्ग्रेजी भाषाका माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा जोड्दै आएको ‘द राइजिङ नेपाल’ आजदेखि ५५ वर्षमा प्रवेश गरेको छ । विसं २०२२ पुस १ गतेदेखि अङ्ग्रेजी भाषाको अखबारका रुपमा यसको प्रकाशन शुरु भएको थियो । गोरखापत्र संस्थानद्वारा प्रकाशित सो अखबारको संस्थापक सम्पादकका रुपमा वरुणशम्शेर राणा थिए । ‘द राइजिङ नेपाल’ ५४ वर्ष पूरा […]
राष्ट्र बैंकले २० करोड बराबरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै
काठमाडौं १ पुस। नेपाल राष्ट्र बैंकले २० करोड बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दैै बैंकले वैदेशिक रोजगारीमा रहेका र हालसालै रोजगारीबाट स्वदेश फर्किएकाहरुका लागि पाँच वर्षे बचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्र आगामी पुस २७ गते निष्काशन हुँदैछ । पाँच वर्षका लागि निष्काशन गरिएको उक्त बचतपत्रमा […]
पाल्पामा प्राथमिक तहमा ४४० शिक्षक दरबन्दी बढी, विद्यार्थी सङ्ख्यामा कमी
पाल्पा १ पुस। पाल्पाका प्राथमिक तहका विद्यालयमा शिक्षक संख्या पर्यात छन् । तर निम्न माध्यमिक तथा माध्यमिक तहमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमेशराज पौडेलले पाल्पाको प्राथमिक विद्यालय तहमा ४४० शिक्षकको दरबन्दी बढी भएको बताए । शिक्षक सेवा आयोगबाट पास गरी प्रावि तहका २६३ शिक्षक जिल्लामा आएपछि दरबन्दी […]










