त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्तमा १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित

 

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहमा ७० हजार ७७ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।

बिहीबार पुल्चोक इन्जिनीयरिङ क्याम्पस प्राङ्गण ललितपुरमा सम्पन्न भएको दीक्षान्त समारोहमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, विभिन्न संकायका डिन, उपकुलपतिहरु र ढाका विश्वविद्यालयका उपकुलपति डा.मोहम्मद अख्तरुज्जमान पनि उपस्थित भई विद्यार्थीहरुलाई दीक्षित प्रमाणपत्र प्रदान गरेका थिए ।

७० हजार ७७ जना विद्यार्थीहरु बिहीबार दीक्षित भएपनि दीक्षन्त समारोहमा  १० हजार १८३ जना विद्यार्थीमात्र सहभागी रहेका थिए । समारोहमा विभिन्न ३१ विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई शिक्षा मन्त्री पोखरेलले मेडल सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

दीक्षान्त समारोहमा विद्यावारिधि (पीएचडी) गरेका ८५ र एमफिल गरेका ४० दीक्षित भएका थिए ।  त्यस्तै स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, मानविकीमा २ हजार ९१, इन्जिनियरिङमा १ हजार १ सय ८६, वन विज्ञानमा ३३, कानुनमा १ सय ८०, चिकित्सामा ८ सय ६४, व्यवस्थापनमा ३ हजार ७ सय तिन र विज्ञानमा १ हजार ९८ विद्यार्थी दीक्षित भएका थिए ।

यस समारोहमा कालो गाउन र कालो टोपी लगाउने विद्यार्थीका साथै उनीहरुका अभिभावक पनि देखिन्थे । गत बर्ष ६ हजार ३१९ अभिभावकले दीक्षान्त समारोहमा सहभागी थिए भने अहिले भने त्यो संख्या बढेर लगभग सात हजार पुगेको छ ।

Loading...