नेपाल आइडल सिजन–३ को थालनी आजबाट

भक्तपुर, ३ पुस । ‘नेपाल आइडल’ सिजन–३ विहिवार यानी आजबाट सुरू हुने भएको छ । आयोजकले अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेर आजबाट प्रशारण थाल्न लागेको हो । नेपाल आइडल’ सिजन–३ मा पहिलेकै निर्णायकहरु रहेका छन् न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी ।

यसपटक ‘सो’ को होस्ट रिमा विश्वकर्माको ठाउँमा माम्तीले प्रवेश पाएको स्रोतले बताएको छ । कार्यक्रम राति ८ः३० बजे एपी वान टेलिभिजनबाट प्रशारण हुने छ । नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजेता बनेका थिए ।

Loading...