उदयपुरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ जना गम्भिर घाइते

उदयपुर ३ पुस । उदयपुरगढी गाउँपालिका–३ जरुवामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ छन् ।

ज्यान गुमाउने मध्ये टिकारामको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा भारतको सिक्किम बस्ने ४५ वर्षीय भुपाल राई लगायत ४ जना गम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको गाडी बिहीबार अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

Loading...