नेपालमा सहयोग गर्न शक्ति राष्ट्रबीच प्रतिस्पर्धा: चीनले बाइक दिंदा अमेरिकाले दियो हेलिकप्टर

भक्तपुर, ३ पुस । नेपालका सुरक्षा निकायलाई सहयोग गर्ने विषयमा शक्ति राष्ट्रहरुबीच प्रतिस्पर्धा नै चलेको छ । चीनले मंगलबार मात्र मोटरसाइकल हस्तान्तरण गरेको समाचार सार्वजनिक भैरहदा शक्ति राष्ट्र अमेरिकाले स्काई ट्रक हेलिकप्टर नै सहयोग गरेको छ । चीनले महानगरीय प्रहरी कार्यालयलाई २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको थियो । गजबको कुरा त के भने ती सबै मोटरसाइकल भारतीय कम्पनीका थिए । चीनको नेपालस्थित दुतावासले उक्त सहयोग गरेको थियो । चीनले मोटरसाइकल सहयोग गरे लगत्तै अमेरिकाले नेपाली सेनालाई स्काई ट्रक हेलिकप्टर सहयोग गरेको छ । यद्यपी यो सहयोग पहिले नै घोषित भएको अमेरीकी दुतावासको भनाइ छ ।

अमेरिकाले नेपाली सेनालाई दुई थान नयाँ एम २८ स्काई ट्रक हस्तान्तरण गरेको तस्विर काठमाडौं स्थित अमेरिकि दुतावासको आधिकारिक फेसबुक पेजमा पोष्ट गरिएको छ । पोस्टमा नेपाली सेनालाई दुई थान नयाँ एम २८ स्काईट्रक सफलतापूर्वक हस्तान्तरण गरेको घोषणा गर्न पाउँदा आफूहरु अत्यन्तै हर्षित भएको भनिएको छ ।

यो नेपालकै इतिहासमा सुरक्षा क्षेत्रको सबैभन्दा ठूलो झन्डै १ करोड ५० लाख डलर अनुदानमध्येको पहिलो भाग हो भएको र छोटो समयमा उड्न र अवतरण गर्नसक्ने क्षमता सहितको विमान स्काईट्रक नेपालको भूगोलका निम्ति सबैभन्दा उपयुक्त हवाईजहाजमध्ये एक भएको अमेरिकी दुतावासको भनाइ छ । यसले नेपाली सेनाका लागि विमानलाई प्रिपोजिसनमा राख्‍ने महत्त्वपूर्ण क्षमतालाई सहज बनाउँदै नेपालको मानवीय सहायता तथा विपद् प्रतिकार्य सञ्‍चालन क्षमतामा व्यापक रूपान्तरण ल्याउने र नेपालको दीर्घकालीन दिगोपन, सुरक्षा र उत्थानशीलतालाई सशक्त बनाउनका लागि दुई देशबिचको सहकार्य र निकट साझेदारी अझै बलियो बनाउने अमेरिकाले विश्वास लिएको बताइएको छ।

Loading...