काठमाडौं, ३० मंसिर। काठमाडौंको कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका ८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए । अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले […]
Author: Nonstop Khabar
प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव
बुटवल, ३० मंसिर, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना बुटवल पश्चिम कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ लमही क्षेत्रलाई प्रस्ताव गरेको छ । प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको […]
एकतापछि पार्टीमा घात प्रतिघात झनै बढेकाे प्रचण्ड प्रतिवेदन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा घात प्रतिघात बढेकाे बताएका छन । आइतबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा प्रचण्डले साे कुरा बताएका हुन् । उनले प्रतिवेदनमा एकता प्रक्रियामा भइरहेको ढिलाइको ‘आलोचना’ समेत गरेका छन् । प्रतिवेदनमा प्रचण्डले एकता प्रक्रियामा गरिएको ढिलाइका कारण पार्टी संगठन नै अन्योलग्रस्त […]
चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन, दुबै अभिनेताको एकैसाथ दाहसंस्कार गरिने
काठमाडौं, ३० मंंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको हृदयघातका कारण निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ । भट्टराईलाई राति १० : २० बजे ओम अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । चिकित्सकले उनकाे हृदयघातका कारण निधन भएकाे जानकारी […]
आज मंसिर ३० गते सोमबार, तपाईंको राशिफलमा के छ हेर्नुहोस्
वि.सं. २०७६ मंसिर ३० गते सोमबार । इ.स. २०१९ डिसेम्बर १६ । नेपाल संवत ११४० थिंलागा । पौष कृष्णपक्ष । चतुर्थी, ६:५३ बजेदेखि पञ्चमी, २८:५७ उप्रान्त षष्ठी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा […]
विद्युत प्राधिकरणका कारण बैंकहरुको खर्ब बढी लगानी जोखिममा
काठमाडौँ २९ मंसिर । नेपाल विद्युत प्राधिकरणका कारण बैंकहरुले हाइड्रोपावर क्षेत्रमा गरेको ठुलो लगानी जोखिममा परेको छ । बैंकहरु स्वयं नै ठुलो लगानी जोखिममा पर्ने अवास्था आएको भन्दै राष्ट्र बैंकमा गुनासो गर्न थालेका छन् । बाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्र भएकोले उर्जा तथा पर्यटनमा १५ प्रतिशत अनिवार्य लगानी गर्नु पर्ने राष्ट्र बैंकको नीतिको कारण पछिल्लो […]
नेपाल मानव अधिकार संगठन भक्तपुर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न
भक्तपुर, २९ मङ्सिर । ७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाल मानवअधिकार संगठन जिल्ला शाखा भक्तपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार रक्तदान कार्यक्रम गरिएको हो ।कमलविनायक स्थित सरस्वती बिद्यागृह माविको प्राङ्गणमा सम्पन्न भएको खुला रक्तदान कार्यक्रममा छब्बीस जनाले रक्तदान गरेका नेपाल मानवअधिकार संगठन जिल्ला शाखा भक्तपुरका सभापति रामकृष्ण मानन्धरले बताए । उनले […]
मिस वर्ल्डको उपाधि जमैकाकी सुन्दरी टोनी आना सिंहलाई
भक्तपुर, २९ मङ्सिर । मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी २३ वर्षीया सुन्दरी टोनी आना सिहले जितेकी छिन् । बेलायतमा सम्पन्न भएको मिस वर्ल्ड सुन्दरी टोनी आना सिहलाई गत वर्षकी मेक्सिकोकी भानेस्सा पोन्सले क्राउन लगाइदिएकी थिइन् । फस्ट रनर अपमा फ्रान्सकी सुन्दरी ओफले मेजिनो आएकी छिन् भने सेकेन्ड रनर अपमा भारतकी सुन्दरी सुमन राव रहेका […]
राष्ट्रिय शिक्षा नीति २०७६ सार्वजनिक
भक्तपुर, २९ मङ्सिर राष्ट्रिय शिक्षा नीति २०७६ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ। यो नीति सार्वजनिक भए लगतै पुरानो नीति खारेज भएको छ । नीतिले सरकारलाई राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार गर्न सहज बनाई दिएको छ। सार्वजनिक गरेको नयाँ नीतिमा बाल विकास केन्द्रदेखि विश्वविद्यालय तहसम्मको शिक्षाको सुदृढीकरणका लागि विभिन्न योजना तथा रणनीतिहरु […]
राष्ट्र बैंकले दिएको निर्देशन तत्काल फिर्ता नलिए आन्दोलनको चेतावनी
काठमाडौं २९ मंसिर । नेपाल राष्ट्र बैंकले सामाजिक सुरक्षा कोषमा दर्ता हुन दिएको निर्देशनप्रति वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन्। नेपाल वित्तीय संस्था कर्मचारी संघले आइतबार विज्ञप्ति जारी गरी राष्ट्र बैंकले दिएको निर्देशन तत्काल फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । संघले भनेको छ,‘ यदि नेपाल राष्ट्र बैंकले […]










