पाल्पा,४ पौष । पाल्पा जिल्लामा गाउँपालिकाले कृषिमा आधुनिकिरण गर्ने उद्धेश्य बोकेर आधुनिक हाते ट्रयाक्टरहरु बितरण गरिरहकै बेला । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाले पनि गाउँपालिका भित्र रहेका कृषकहरुलाई कृषिबाट समृद्ध बनाउने उदेश्य लिएर ५० प्रतिशट अनुदानमा कम्बाइन्ड मिल र हाते ट्याक्टर बितरण गरेको थियो । यसै बिच रिब्दीकोट गाउँपालिकाले बिहीबार एक कार्यक्रमका बिच ६० जना कृषकहरु […]
Author: Nonstop Khabar
सिन्धुपाल्चोक ६ किलो दुर्घटनामा बाँच्न सफल बालिकालाई प्रधानमन्त्रीले पाल्ने !
काठमाडौं । सिन्धुपाल्चोक ६ किलो दुर्घटनामा बाँच्न सफल अन्दाजी ६र७ महिनाकी यी नानीको कोहि आफन्त हालसम्म सम्पर्कमा आउनु भएको छैन। बुधबार मात्र सिन्धुपाल्चोक सुनकोशी गाउपालिकाका स्थानीय सरकारलाई प्रधानमन्त्रि कार्यलयबाट फोन गरी ति नानीको राम्रो हेरविचार गर्न सुझाब दिएको जनाएको छ । उपचार देखि सबै खर्च सरकारले गर्ने समेत भएको बताइएको छ । आइतबार बिहान ८ः३० […]
संसदीय दलको बैठकअघि ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता
काठमाडौँ ४ मंसिर। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसदमा प्रस्तुत गर्ने एजेण्डाका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको उक्त भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए । झण्डै आधा घण्टा भएको तीन नेताबीचको भेटवार्तामा संसदको हिउँदे अधिवेसनबारे कुराकानी […]
झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा विर्तामोड नगरपालिका–१ स्थित पश्चिम स्टेनमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । वीरगञ्जबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ४ ख ६११६ नंको बसले बाटो काट्दै गरेका इलाम नगरपालिका–२ का ५६ वर्षीय होमनाथ ढुङ्गेललाई आज विहान ठक्कर दिँदा उहाँको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने […]
कांग्रेस बैठक पुस १० गते, उपस्थित होलान् त नेता पौडेल ?
काठमाडौ, ४ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि निर्धारित बैठक यही पुस ९ गतेसम्मका लागि स्थगन गरिएको छ । पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य साङ्गठनिक विषयमा आन्तरिक सहमति गरी अर्को बैठक पुस १० गते बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उक्त विषयमा पार्टी सभापति शेरबहादुर देउवा […]
मोटरसाइकल चोरीमा सक्रिय, ११ जना पक्राउ
काठमाडौ, ४ पुस । काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने पेशेवर समूह नै सक्रिय रहेको पाइएको छ । उपत्यकाका विभिन्न स्थानबाट चोरीमा संलग्न समातिएपछि यस्तो समूह सक्रिय रहेको पाइएको हो । प्रहरीका अनुसार, चन्द्रागिरि, नागार्जुनन, कीर्तिपुरलगायतका क्षेत्रबाट पछिल्ला केही दिनयता मात्रै ९ मोटरसाइकल हराएका छन् । प्रहरीले हराएका मोटरसाइकलसहित ११ जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय […]
आजबाट संसद्को हिउँदे अधिवेशन, सभामुख चयनदेखि महत्वपूर्ण विधेयकका कार्यभार
काठमाडौँ, ४ पुस । विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसद्को हिउँदे अधिवेशन आज शुक्रबार देखि सुरू हुँदै छ । सभामुखको रिक्तताका कारण अधिवेशन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा को पाँचौ अधिवेशन यही पुस ४ गते शुक्रबार अपरान्ह ४ बजे प्रारम्भ […]
नेपाली इन्जिनियरले बनाए विद्युतीय मोटरसाइकल
काठमाडौँ, ४ पुस । नेपाली युवा इन्जिनियर टोलीले नेपालमै बनाएको विद्युतीय मोटरसाइकल ‘यात्री’ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उक्त मोटरसाइकल सार्वजनिक गरिएको हो । ४ जना इन्जिनियर सहितको ७ जनाको टोलीले ‘यात्री डिजाइन स्टुडियो’को स्थापना गरी दुई वर्षसम्मको निरन्तर प्रयासमा उक्त सोटरसाइकल निर्माण गरेको हो । बाइक निर्माणका लागि कम्पनीले २०१७ […]
बालविवाह अन्त्य गर्न छोरीलाई मासिक ५०० भत्ता
काठमाडौं, ४ पुस । हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ । जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा समुदाय बसोबास गर्दछन् । ती समुदायका युवायुवतीले […]
५ हजार ७ सय वर्ष पुरानो चुइङ्गमले ढुङ्गे युगकी महिलाको डिएनए खोजियो
एजेन्सी, डेनमार्कको सिलथोलममा उत्खननको क्रममा ५ हजार ७ सय वर्ष पुरानो ‘चुइङ्गम’ भेटियो । अनुसन्धानकर्ता यसको मद्दतले ढुङ्गे युगकी एक महिलाको डिएनए पत्ता लगाउन सफल भएका छन् । मानव हड्डीबाहेक अन्य नमुनाबाट एउटा युगको व्यक्तिको डिएनए पत्ता लगाइएको यो पहिलो घटना हो । जुन महिलाले चुइङ्गम चपाएकी थिइन्, उनको कालो कपाल र कालो वर्ण भएको […]











