भक्तपुर । भक्तपुर नगरपालिकाले कमलविनायक क्षेत्रमा गरेको औषधि (फार्मेसी) पसलको अनुगमनमा अधिकांश औषधि पसलहरु अवैधरूपमा सञ्चालन भएको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज कमलविनायक र च्याम्हासिंह क्षेत्रमा भएको औषधि पसलहरुको अनुगमनमा अधिकांश औषधि पसलहरु दर्ता तथा नवीकरण नगरी अवैधरूपमा सञ्चालन भएको पाइएको हो । अनुगमनमा हेलो जनस्वास्थ्य फर्मा, विनायक फार्मेसी, […]
Author: Nonstop Khabar
आज २०७६ पुस ५ गते शनिबार, हेर्नुहोस तपाईंको आजको राशिफल
आज वि. सं. २०७६ पुस ५ गते शनिबार । इ.स. २०१९ डिसेम्बर २१ । ने.सं. ११४० थिंलागा । पौष कृष्णपक्ष । दशमी, १७:३४ उप्रान्त एकादशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। […]
सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने
काठमाडौँ । प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने भएको छ । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते एक बजे बस्ने दलहरुबीच सहमति बनेको छ । बीचमा क्रिसमस पर्ने र सभामुख चयन प्रक्रिया सुरु गर्न निर्वाचन समिति बनाउनु पर्ने भएकाले ११ गतेसम्म बैठक सारिएकाे हाे। त्यही बैठकबाट सभामुख […]
काठमाडौंका ६ ठाउँमा अत्याधुनिक शौचालय निर्माण गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकामा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिने भएको छ । यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)ले अध्ययन गरेको छ । पहिलो चरणमा कलङ्की, बालाजु, राष्ट्रपति कार्यालय अगाडि, जयवागेश्वरी सिफल चौर, कोटेश्वर र स्वयम्भू परिक्रमा मार्गको अध्ययन सकिएको छ । स्थानको पहिचान र आवश्यकता हेरी अन्यत्र पनि अध्ययन गर्ने बताइएको छ । विगत ५ […]
त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्तमा १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहमा ७० हजार ७७ जना विद्यार्थीहरु दीक्षित भएका छन् । बिहीबार पुल्चोक इन्जिनीयरिङ क्याम्पस प्राङ्गण ललितपुरमा सम्पन्न भएको दीक्षान्त समारोहमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, विभिन्न संकायका डिन, उपकुलपतिहरु र ढाका विश्वविद्यालयका उपकुलपति डा.मोहम्मद अख्तरुज्जमान पनि उपस्थित भई विद्यार्थीहरुलाई दीक्षित प्रमाणपत्र प्रदान गरेका थिए । ७० हजार ७७ जना विद्यार्थीहरु बिहीबार […]
एसइइ परीक्षा चैत ६ गतेदेखि, हेर्नुहोस् परीक्षा तालिका
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले एसइइको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, […]
रोकिएको करारमा शिक्षक नियुक्ति र सरुवा फुकुवा
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रोकिएको करारमा शिक्षक नियुक्ति र सरुवा फुकुवा गरेको छ ।कार्तिक २४ गते केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्मका लागि भन्दै करारमा नियुक्ति र सरुवामा रोक लगाएको थियो । सरकारले दरबन्दी पुनर्वितरण तथा मिलान प्रक्रिया शुरु गरेकाले यस अघि लगाइएको रोक फुकुवा गरिएको हो । जिल्लाभित्रको सरुवा […]
मुलुककै नमूना विद्यालय बन्ने लक्ष्यमा भीमोदय मावि, बहुवर्षे गुरुयोजना बनाउँदै
चितवन । भीमोदय नमूना माविले बहुवर्षे गुरुयोजना निर्माणको लागि सरोकारहरू बीच बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । कालिका नगरपालिका– ५ चितवनस्थित विद्यालयलाई सरकारले यसैवर्ष नमुना विद्यालयको रुपमा छनोट गरेको थियो । शैक्षिक र भौतिक दुबै क्षेत्रमा अब्बल विद्यालयले प्रदेशसभा सदस्य घनश्याम दाहालको प्रमुख अतिथ्यता र कालिका नगरपालिकाका प्रमूख खुम नारायण श्रेष्ठको विशिष्ट अतिथ्यतामा अन्तरक्रिया सम्पन्न […]
गृह मन्त्रालयबाट चार महिनामै १०० भन्दा बढी विदेश भ्रमण स्वीकृत
काठमाडौं । देशको शान्ति सुरक्षा हेर्ने गृह मन्त्रालयले यस आर्थिक वर्षको पहिलो चार महिनामा आफ्ना १०३ कर्मचारीहरूको विदेश भ्रमण स्वीकृत गरेको छ। गृह मन्त्रालयका अनुसार यो आर्थिक वर्षको सुरु श्रावण १ गतेदेखि कार्तिक मसान्तसम्म गृहमन्त्रीका सुरक्षाविज्ञदेखि मन्त्रालय एवम् जिल्ला तहका उच्च र कनिष्ठ अधिकृतले भ्रमणको अनुमति पाएको उसको अभिलेखमा देखिन्छ। गत आर्थिक वर्ष कुल १०६ […]
बलात्कार मुद्दामा जापानी पत्रकारलाई ३०,००० डलर क्षतिपूर्ति दिन अदालतको आदेश
जापानको एउटा अदालतले बलात्कारको आरोप लागेका एक प्रभावशाली टीभी संवाददातालाई आरोप लगाउने अर्की पत्रकारलाई ३०,००० डलर बराबरको रकम क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ।शिओरी इटोले सन् २०१५ मा आफू अचेत भएको बेला नोरियुकी यामागुचीले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। अभियोजनकर्ताले भने उक्त आरोपलाई फौजदारी मुद्दा बनाउनका लागि पर्याप्त प्रमाण नभएको बताएका थिए। त्यसैले इटोले […]











