मुसर्रफको शवलाई ३ दिनसम्म झुन्ड्याउन अदालतको आदेश

पाकिस्तानका पूर्व सैनिक शासक जनरल परवेज मुसर्रफलाई अदालतले कडा मृत्युदण्डको आदेश दिएको कुरा सार्वजनिक भएको छ । अदालतले आफ्नो आदेशमा यादि मृत्युदण्डको फैसला कार्यान्वयन हुनुअघि मुसर्रफको मृत्यु भएमा उनको शवलाई ३ दिनसम्म झुन्ड्याउन भनेको छ । त्यतिमात्र होइन, मृत्युदण्डको फैसला कार्यान्वयन हुनुअघि मुसर्रफको मृत्यु भएमा उनको शवलाई घिसार्दै ल्याउन आदेश गरिएको छ । मंगलबार उनलाई […]

नेकपा संसदीय दलको बैठक बस्दै

काठमाडौं ४ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक बोलाएको छ । शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गर्न दलको बैठक बोलाइएको हो । अपराह्न २ बजे संसद् भवनमै हुने दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीको सहभागिता भने निश्चित भएको […]

गृह मन्त्री नै फेर्न सक्ने यतीको शक्ति कति ?

काठमाडौं, ४ पुस । गोकर्णको २७ सय ९३ रोपनी जग्गा यती समूहलाई दिन गत वर्ष कात्तिकमा नेपाल ट्रस्टमा प्रस्ताव आएको थियो, तर ट्रस्टका तत्कालीन अध्यक्ष गृहमन्त्री रामबहादुर थापा बादलसहित बहुमतले निर्णय गर्न मानेन, लगत्तै गृहमन्त्री पदेन अध्यक्ष हुने कानुन संशोधन गरेर रक्षामन्त्रीलाई बोर्डमा ल्याइयो र यती समूहको स्वार्थसिद्ध गरिएको खबर पुष्प ढुंगानाले नयाँ पत्रिकामा लेखेका […]

आज पुस ४ गते शुक्रबार, हेर्नुहोस तपाईको आजको राशिफलमा के छ

वि.सं. २०७६ पुस ४ गते शुक्रबार । इ.स. २०१९ डिसेम्बर २० । नेपाल संवत ११४० थिंलागा। पौष कृष्णपक्ष। नवमी, १९:४८ उप्रान्त दशमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर […]

आलमलाई पक्रिनु कांग्रेस र लोकतन्त्रमाथिकै योजनाबद्ध आक्रमण

काठमाडौं, ३ मंसिर। रौतहट बमकाण्डबारे कांग्रेस बोलेको छ  । सभापति शेरबहादुर देउवाले १२ वर्ष पूरानो मुद्दामा आफ्ना नेता तथा सांसद मोहम्मद अफ्ताव आलमलाई पक्रिनु कांग्रेस र लोकतन्त्रमाथिकै योजनाबद्ध आक्रमण भएको बताएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन भक्तपुरको बोडेमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै देउवाले भने, ‘सरकारले सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरी लगाएर पक्राउ गरी […]

मधेश अलग ‘देश’ हुनसक्ने महन्थ ठाकुरको चेतावनी

जनकपुर ३ मंसिर । राजपा नेपालका पूर्व संयोजक महन्थ ठाकुरले अब पनि संविधान संशोधन नगरे मधेश अलग देश हुनसक्ने चेतावनी दिएका छन् । शुक्रवार जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा नेता ठाकुरले मधेशको हक अधिकारका लागि राज्यले बेवास्ता गर्दै आएकाले सरकारलाई सचेत र गम्भिर हुन आग्रह पनि गरे । ‘मधेशी, थारु, आदिवासी जनजातिका अधिकार […]

महराको पुनरावेदन रिटमाथि उच्च अदालतमा सुनुवाई हुँदै के थुनामुक्त होलान्?

काठमाडौ, ३ पुस । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा दिएको पुनरावेदनको आज सुनुवाइ हुँदैछ । जर्वजस्ती बलात्कार प्रयास आरोपमा आफूलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौँको निर्णयविरूद्ध महराले पुनरावेदन गरेका थिए उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदन निवेदनमा बिहीबार सुनुवाइ गर्न लागेका हुन् । महराले आफूलाई […]

धुर्मुसले बेच्न थाले ठेलामा मःम, चाउमिन र फलफूल

चितवन ३ मंसिर । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पुर्‍याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तरी फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदै छ । रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल सञ्चालनमा ल्याइएको फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिए । उनका अनुसार ठेलामा फलफूल, बदाम, पानी लगायतका वस्तु विक्री गरिएको छ । […]

क्षमता भन्दा बढी यात्रु चढाए कारवाही

दमौली, ३ पुस । दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जीपमा २१ जना राखी चलाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ । धादिङबाट पोखरा जाँदै गरेको बा ६ च ५१७५ नम्बरको टाटा जीपको पछाडि २१ जना यात्रु भेटिएपछि प्रहरीले कारवाही गरेको हो । सामान ढुवानी गर्ने उद्देश्यले दर्ता भएको उक्त […]

नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन मोबाइल र इन्टरनेट काटियो, १७ वटा रेलवे स्टेशन बन्द

काठमाडौं, ३ पुस । भारतको राजधानी नयाँ दिल्लीको केही स्थानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन तिब्र भएपछि दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको हो । नागरिकता संशोधन कानूनको विरोधमा पछिल्लो दुई सातादेखि भारतको विभिन्न प्रान्तमा विरोध प्रदर्शन हुँदै आएको छ । दिल्ली पुलिसले मोबाइल र इन्टरनेट […]