नेपाल–भारत सीमा जोडिएका सर्लाही जिल्लाका सीमावर्ती दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण तथा अनुगमन गरिएको छ । पछिल्लो समय सीमा अतिक्रमणको विषयले चर्चा पाउन थालेपछि परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयसहितको प्रतिनिधिमण्डलको टोलीले छिमेकी मुलुक भारतसँग जोडिएका सीमा क्षेत्रको संयुक्त निरीक्षण तथा अनुगमन गरेको हो । परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, रक्षा […]
Author: Nonstop Khabar
सुन अहिले सम्मकै महँगो तोलाको कति हेर्नुहोस !
काठमाण्डौ, १८ पुस । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ शुक्रबार एकै दिन तोलामा एक हजार रुपैयाँ बढेर अहिले सम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । अमेरिका र इरानबीच तनाव […]
काठमाडौँसहित देशैभर तिन दिन वर्षा र हिमपातको सम्भावना
काठमाडौ,१८ पुस । शुक्रबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातकोे सम्भावना छ। महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो । हाल देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाले मौसम बदलीसंगै वर्षारहिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन सबैलाई अनुरोध छ । केही […]
स्कूल बन्यो अब पढाइ बनाउनुस्– पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौं । भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् । भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले पुनर्निर्माण गरिदिएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा ४ करोड १२ लाख लागतमा […]
कर्णाली नदीमा जीप खस्दा ४ जनाको मृत्यु
बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । बेपत्ताको खोजी भइरहेको उनले बताए । जिप हिमाली […]
क्षयरोग र क्यान्सरका कारण निकुञ्जका हात्तीहरु धमाधम मर्न थाले
चितवन, १७ पुस, चितवन । गत पुस ८ गते सौराहाको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा पूजाकली नामको हात्तीको मृत्यु भयो । एक बर्षदेखि बिरामी रहेकी पूजाकलीको उमेर ३८ बर्षको मात्रै थियो । पूजाकलीले अहिलेसम्म झण्डै आधा दर्जन छावालाई जन्म दिएकी थिई । एशियन हात्तीको औसत आयु ६० बर्षसम्मको हुन्छ । तर, गिनिज बुक अफ […]
गोली हानाहान हुँदा गोरखाका अर्जुन थापा मगरको मृत्यु
काठमाडौं, १७ पुस, काठमाडौं । भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् । जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारतीय […]
पर्वत सेवा समाज यूएईको बनभोज कार्यक्रम सम्पन्न
यूएई, दुबई । पर्बत सेवा समाज यूएई ले अंग्रेजी नया बर्ष २०२० को अवसर पारेर शुक्रवार दुबई स्थित मुशरिफ पार्क मा भब्यताका साथ बनभोज तथा सास्कृतिक कार्यक्रम सम्पन्न गर्यो। एक आपसमा समझदारी, भाईचारा साथै बसन्त ऋतुको आगमनमा हर्ष उल्लास सदैब कायम रहोस् ,नया बर्षको शुभकामना साटासाट ,वन्धुत्व भावना कायम प्रगाढ होस् भन्ने उद्देश्यका साथ पारिवारिक […]
प्रधानमन्त्रीद्वारा सन् २०२० को शुभकामना व्यक्त
काठमाडौं १६ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० को शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा ओलीले २०१९ स्थिर राजनीतिक उपलब्धिको वर्ष पनि भएको बताएका छन्। सन्देशमा उनले २०१९ मा अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाएको दाबी गरेका छन्। सन्देशमा ओलीले भनेका छन् ‘यसै वर्ष अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौं […]
भ्रमण वर्षको अवसरमा मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्षको अवसरमा आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनमार्फत नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन अगावै आज बुधबार बिहानै मोदीलाई फोन गरी प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएका हुन् । फोन संवादमा नयाँ वर्ष सन् २०२० को अवसरमा शुभकामना आदानप्रदान […]











