मेयरले गरे पत्रकारहरुलाई कोठामा थुनी गुण्डा लगाएर कुटपिट

जनकपुर, २२ पुस । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ । जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन गएका पत्रकार र मेयर साहबीच भनाभन भएको हो । मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको बताइएको […]

ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन जना घाइते

काठमाडौँ, २० पुस। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको दमकमा शनिबार राति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । दमक नगरपालिका ९ को क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नम्बरको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर ७ जीएच ७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको […]

त्रिपोलीको शैक्षिक संस्थामा हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिए

त्रिपोली, २० पुस । लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् ।शनिबार अबेर यहाँस्थित सैनिक विद्यालयमा भएको उक्त आक्रमणमा परी ती विद्यार्थी मारिएका बताइएको छ । सो आक्रमणबाट अरु १८ जना घाइते भएका पनि सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । ‘प्रारम्भीक विवरणअनुसार घटनामा परी २८ विद्यार्थी मारिएका […]

जापानले फेरि माग्यो २३ सय नेपाली कामदार

काठमाडौं, २० पुस । जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ ।जापान फाउण्डेसनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । जनवरी ७, […]

विद्युत् उपभोग बढाउन महशुल घटाउने तयारी

काठमाडौं, २० पुस । विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ । शुक्रबार सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् । देशमा बिजुली पर्याप्त भएको भन्दै उपभोक्ताहरुलाई विद्युतीय चुल्होको प्रयोग बढाउन प्रोत्साहन मिल्ने गरी […]

कृषि विकास बैङ्क ह्याकिङ प्रकरण: एक करोड रुपैयाँसहित फरार दीपक नेपाल पक्राउ

काठमाडौं, २० पुस । कृषि विकास बैङ्कको क्रिडेन्सियल ह्याकिङ गरी एक करोड रकमसहित फरार रहेका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ । ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसारका अनुसार उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ […]

नेकपा केन्द्रीय कमिटी बैठक तीन साता पछि सर्‍यो

काठमाडौं, २० पुस । नेकपाको केन्द्रीय समिति बैठक मिति परिवर्तन भएको छ । यसअघि पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैठक माघ १५ गतेबाट बस्ने गरी मिति परिवर्तन भएको हो ।आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै २२ दिन पर सारेर बैठकको मिति परिवर्तन गरेको हो । यसअघि पुस ६ गते […]

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुने

काठमाडौँ, २० पुस । राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र […]

गृहकार्य नगरेको भन्दै कुट्दा विद्यार्थीको आँखामा गम्भीर चोट

बुटवल, २० पुस । रूपन्देहीको एक बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी शिक्षकबाट निर्घात कुटिएका छन् । कुटाइबाट उनको आँखामा चोट लागेको छ । सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् । कुटाइबाट १० वर्षिय बालक धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ […]

देश बनाउन युवाहरुको नयाँ संकल्प आबश्यकः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश बनाउन युवाहरुको नयाँ संकल्प खाँचो रहेको बताएका छन् । गुडलिंक मिडियाद्वारा सञ्चालित कुसेन्यूज डटकम अनलाइन पत्रिकाको तेस्रो वार्षिक उत्सवका अवसरमा शुक्रबार सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् । प्रमुख अतिथिका रुपमा रहेका मुख्यमन्त्री शाहीले कर्णालीलाई साँच्चिकै समृद्धितिर लाग्ने हो भने सबैको निस्वार्थ […]