ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन जना घाइते

काठमाडौँ, २० पुस। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको दमकमा शनिबार राति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । दमक नगरपालिका ९ को क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नम्बरको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर ७ जीएच ७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा दमक नगरपालिका ९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल रहेका छन् भने अर्का मृतकको पहिचान खुल्न सकेको छैन । त्यस्तै, दुर्घटनामा अटोरिक्सामा सवार तीनै जना घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक डीएसपी विजयराज पण्डितले जानकारी दिए । दुर्घटनामा संलग्न ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

Loading...