प्रधानमन्त्री बन्न नपाउने भएपछि बामदेवद्वारा राष्ट्रियसभा उम्मेद्वार अस्वीकार

काठमाडौं, १८ पुस । प्रधानमन्त्री बन्नका लागि मार्ग प्रशस्त गर्ने गरी संविधान संशोधन गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नदेखिपछि नेकपा सचिवालय सदस्य बामदेव गौतमले राष्ट्रियसभा उम्मेद्वारको प्रस्ताव अस्वीकार गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल […]

चट्याङ लागेर एकै परिवारका पाँच घाइते

बाँके, १८ पुस । चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच घाइते भएका […]

पाल्पाको पूर्वखोलामा किवीको व्यवसायिक खेती

पाल्पा १८ पुस। जिल्लाको पूर्वखोला गाउँपालिका २ जल्पामा किवीको व्यवसायी खेती सुरु गरिएको छ । जल्पाको ढोलिमारा साठिकोल र मैदानलाइ किविको पकेट क्षेत्र नै बनाएर गाउँपालिकाले खेतीको लागि प्रोत्साहन समेत गरेको छ । यहाँका किसानलाई आवश्क तालिम सहित किबी खेतीको सुरुवात गरिएइको गाउँपालिकका प्रमुख नुनबहादुर थापाले बताए । उनले कम मेहनतमामा किबीबाट प्रशस्त आम्दानी गर्न […]

प्रतिनिधिमण्डलको टोलीद्वारा दशगजा अतिक्रमित क्षेत्रको स्थलगत निरीक्षण

नेपाल–भारत सीमा जोडिएका सर्लाही जिल्लाका सीमावर्ती दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण तथा अनुगमन गरिएको छ । पछिल्लो समय सीमा अतिक्रमणको विषयले चर्चा पाउन थालेपछि परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयसहितको प्रतिनिधिमण्डलको टोलीले छिमेकी मुलुक भारतसँग जोडिएका सीमा क्षेत्रको संयुक्त निरीक्षण तथा अनुगमन गरेको हो । परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, रक्षा […]

सुन अहिले सम्मकै महँगो तोलाको कति हेर्नुहोस !

काठमाण्डौ, १८ पुस । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ शुक्रबार एकै दिन तोलामा एक हजार रुपैयाँ बढेर अहिले सम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । अमेरिका र इरानबीच तनाव […]

काठमाडौँसहित देशैभर तिन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौ,१८ पुस । शुक्रबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातकोे सम्भावना छ। महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो । हाल देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाले मौसम बदलीसंगै वर्षारहिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन सबैलाई अनुरोध छ । केही […]

स्कूल बन्यो अब पढाइ बनाउनुस्– पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् । भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले पुनर्निर्माण गरिदिएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा ४ करोड १२ लाख लागतमा […]

कर्णाली नदीमा जीप खस्दा ४ जनाको मृत्यु

बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । बेपत्ताको खोजी भइरहेको उनले बताए । जिप हिमाली […]

क्षयरोग र क्यान्सरका कारण निकुञ्जका हात्तीहरु धमाधम मर्न थाले

चितवन, १७ पुस, चितवन । गत पुस ८ गते सौराहाको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा पूजाकली नामको हात्तीको मृत्यु भयो । एक बर्षदेखि बिरामी रहेकी पूजाकलीको उमेर ३८ बर्षको मात्रै थियो । पूजाकलीले अहिलेसम्म झण्डै आधा दर्जन छावालाई जन्म दिएकी थिई । एशियन हात्तीको औसत आयु ६० बर्षसम्मको हुन्छ । तर, गिनिज बुक अफ […]

गोली हानाहान हुँदा गोरखाका अर्जुन थापा मगरको मृत्यु

काठमाडौं, १७ पुस, काठमाडौं । भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् । जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारतीय […]