दुबईको विमानस्थल पूरै जलमग्न

दुवई, २७ पुस । युएईको दुबईस्थित अल मकतूम इन्टरनेशनल विमानस्थल डुबानमा परेको छ । दुबईमा भारी वर्षाका कारण सो विमानस्थलमा त्यो अवस्था आएको हो । गएको १२ घण्टादेखि त्यो अवस्था रहेको र कैयौं मानिस त्यहाँ फसेकोमा करिब ३०० भारतीय नागरिक मात्रै भएको जनाइएको छ । दुबई विमानस्थल विश्वकै व्यस्त विमानस्थलमा पर्छ । शनिबार भारी वर्षा […]

दुई तिहाइ मतका साथ प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव स्वीकृत

हेटौंडा, २७ पुस । प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान प्रदेश नं। ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो । आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले भने हेटौंडा […]

दरबारमार्गमा यति समूहकाे निर्माणाधिन भवनको काम रोक्न अदालतको अन्तरिम आदेश

काठमाडाैं, २५ पुस । यति समूहले दरबारमार्गमा बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले ट्रष्टले यति समूहसंग गरेको सम्झौतामा त्रुटीपूर्ण देखिएको भन्दै यस्तो आदेश दिएको हो । अधिवक्ता परिवर्तन राईले पुस २३ मा दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै उच्च अदालत पाटनले […]

मनिषको आवाजमा ‘मेरो हरेक स्वासमा बास छ तिम्रो’

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक मनिष लोप्चनको आवाजमा रहेको आधुनिक गीत ” मेरो हरेक स्वासमा बास छ तिम्रो ” को भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा निकै भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । निकै आकर्षक रुपमा तयार पारिएको भिडियोमा जिवनका रमाइलो पललाई समेटिएको गायक मनिषले बताए । मनिष […]

निःशुल्क वितरण गर्दै आएको औषधि नै खान अयोग्य

सरकारले निःशुल्क वितरण गर्दै आएका केही औषधि खान अयोग्य रहेको पाइएको छ । बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरू खान अयोग्य रहेको फेला परेको हो । नयाँ पत्रिकाले प्राप्त गरेको दस्ताबेजमा आठ प्रकारका निःशुल्क औषधिको ४१ ब्याच पटक–पटक फेल भएको उल्लेख छ । तर, यिनै औषधिहरू अहिले सरकारी स्वास्थ्य संस्थाहरूबाट नियमित रूपमा वितरण भइरहेका छन् । […]

कीर्तिपुर रंगमञ्चमा ‘क्याभास एट थियटर’ प्रदर्शनी

काठमाडौं, २५ पुस । कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालिन कलाका युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो । नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा इचिङ र पेन्टिङगरी दुई विधाका ३० चित्रहरु प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा रहेका चित्रहरुले समकालिन […]

ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका दुई जनाको मृत्यु

चितवन, २५ पुस । पूर्वी चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार गोरखाको भिमसेन थापा गाँउपालिका ४ का ३५ वर्षीय इन्द्रबहादुर तामाङ र सोही ठाँउका २५ वर्षीय सुगम तामाङ रहेका छन् । राप्ती नगरपालिका ६ हर्दीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नम्बरको ३–०२–००५ प ४३४७ नम्बरको मोटरसाइकललाई […]

नेपालको नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह

काठमाडौँ, २५ पुस । संयुक्त अरब इमिरेट्स युएईको भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका बारेमा छलफल भएको छ । भेटमा मन्त्री पुनले नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई धन्यवाद दिँदै भविष्यमा नवीकरणीय ऊर्जाको विकासमा सहकार्यको प्रस्ताव गरेको […]

पाल्पाबाट पोखरा आउँदै गरेको बस दुर्घटना

दमौली, २५ पुस । तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा आज बिहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा […]

अदालतबाट दोषी ठहर हजारौँ व्यक्ति फरार, १४ अर्ब जरिवाना उठ्न बाँकी

काठमाडौं, २४ पुस । सर्वोच्च अदालतको अन्तिम फैसलाबाट दोषी ठहरिएर पनि वर्षौंदेखि फरार रहेका व्यक्तिहरूलाई सरकारी सेवा लिनबाट वञ्चित गरिने अधिकारीहरूले बताएका छन् । उनीहरूको कैद सजाय भुक्तान र जरिबाना तिराउने उद्देश्यले फैसला कार्यान्वयन निर्देशनालयले सरकारी निकायहरूमा पत्राचार सुरु गरेको छ। निर्देशनालयका अनुसार फरार दोषीहरूबाट १४ अर्ब पाँच करोडभन्दा बढी रुपैयाँ जरिबाना उठ्न बाँकी छ। […]