घट्यो सुनको मूल्य

  काठमाडौँ, २४ पुस । बिहिबार सुनको मूल्य एक हजारले घटेको छ। बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुन ७२ हजर २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, बुधबार प्रतितोला ९२० रुपैयाँमा कारोबार […]

हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना

काठमाडौँ, २४ पुस । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताए […]

तीन किलो नक्कली सुनसहित नयाँ बसपार्कबाट भारतीय नागरिक पक्राउ

काठमाडौं, २५ पुस । नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज बिहान गोंगबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए […]

खाडीमा ११ लाख नेपाली जोखिममा, विमान चार्टर्ड गरेर उद्धार गर्ने तयारी

इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष सरकारले निकालेको छ । मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको जहाज तयारी अवस्थामा राख्ने निर्णय परराष्ट्र मन्त्रालयमा बिहीबार […]

नदीजन्य वस्तु तस्करी रोक्न गएका धनुषाका युवकको टिपरले किचेर ‘हत्या’

जनकपुरधाम, २५ पुस । अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करी गरिएको भन्दै रोक्न गएका धनुषाका एक युवकको टिपरले किचेर ‘हत्या’ गरिएको छ । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा सोही स्थानका दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरिएको हो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार […]

आजदेखि श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं, २५ पुस। नेपाली समाजमा आजदेखि घरघरमा परम्परागत श्रीस्वस्थानी व्रत शुरु भएको छ । निष्ठा र भक्तिपूर्वक श्री स्वस्थानीको व्रत गरेमा दुःखकष्ट नाश भई परिवारमा सुखसमृद्धि आरोग्य र सुसन्तान प्राप्त हुने विश्वास छ । हरेक वर्षको पौष शुक्लपूर्णिमादेखि शुरु गरेर माघ शुक्ल पूर्णिमासम्मको अवधिमा श्रीस्वस्थानी माताको व्रत बस्ने गरिन्छ । पौष शुक्लपूर्णिमाका दिन नुहाइधुवाई गरी […]

युद्धको सन्निकट आएर अन्ततः यसरी रोकियो इरान अमेरिकाको लडाई

काठमाडौं । अमेरिका र इरान दुबै तनावबाट पछि हट्दा संभाव्य मध्यपूर्वको युद्ध तत्कालका लागि टरेको छ । अमेरिका र इरानबीचको तिखा टिप्पणी र आक्रमण–प्रत्याक्रमणको एक चक्र पूरा भएजस्तो देखिएको छ । अमेरिकाले इरानी शक्तिशाली जनरल कासिम सुलेमानीको इराकी राजधानी बग्दादमा हत्या गरेसँगै मध्यपूर्वमा युद्धको त्रास छाएको थियो । इरानले अमेरिकाविरुद्ध कठोर बदला लिने धम्की दिएको […]

सपनाको राष्ट्रभक्तिपूर्ण गीत ‘हाम्रो नेपाल प्यारो नेपाल’

काठमाडाैं । एसविआर म्युजिक प्रा.लि.को प्रस्तुतीमा गायक लालबहादुर थापा र गायिका सपना बिसीको आवाजमा सजिएको राष्ट्रभक्ति गीत ”हाम्रो नेपाल प्यारो नेपाल”गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा देशप्रतिको माया र ममता निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विदेशी हस्तक्षेपलाई पछाडि पार्नको लागि गीत मार्फत आग्रह गरिएको छ । गीतमा अर्जुन विरहीको शब्द तथा […]

लाइसेन्सका लागि कम्प्युटर सिस्टमबाट लिखित परीक्षा

काठमाडौँ, २४ पुस । सवारीचालक अनुमतिपत्र लाइसेन्सका लागि अब परीक्षार्थीले कम्प्युटराइज्ड प्रणालीमार्फत परीक्षा दिनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्ससम्बन्धी नयाँ प्रावधान ल्याउँदै लिखित परीक्षालाई कम्प्युटराइज प्रणालीमा अद्यावधिक गरेको हो । अब परीक्षार्थीले पहिले जस्तो हातले नै लेखेर परीक्षा दिनुपर्ने छैन । कम्प्युटर प्रणालीबाट परीक्षा दिनुपर्नेछ । हाल हुँदै आएको लिखित परीक्षामा अनियमितता हुनेगरेको […]

अत्यधिक चिसो बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द

घोराही, २४ पुस  । अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ।चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार आज र शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेको हो। उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकूद महाशाखाले बुधबार एक सूचना जारी गर्दै वर्षे बिदा कट्टी हुने गरी बिहीवार […]