अत्यधिक चिसो बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द

घोराही, २४ पुस  । अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ।चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार आज र शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकूद महाशाखाले बुधबार एक सूचना जारी गर्दै वर्षे बिदा कट्टी हुने गरी बिहीवार र शुक्रवार बिदा दिएको जनाएको छ। महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गरेको सूचनामा चिसो बढेका कारण नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गरिएको उल्लेख छ।

Loading...