ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका दुई जनाको मृत्यु

चितवन, २५ पुस । पूर्वी चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार गोरखाको भिमसेन थापा गाँउपालिका ४ का ३५ वर्षीय इन्द्रबहादुर तामाङ र सोही ठाँउका २५ वर्षीय सुगम तामाङ रहेका छन् ।

राप्ती नगरपालिका ६ हर्दीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नम्बरको ३–०२–००५ प ४३४७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्याङकरले बिहीबार राति ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...